गोविन्द केसीको अनशनसँगै सकियो कांग्रेसको आन्दोलन, आजदेखि संसदको अबरोध हट्ने



हाम्रो इकोनोमि

 

नेपाल विद्यार्थी संघका पूर्व नेता समेत रहेका त्रिवि शिक्षण अस्पतालका चिकित्सक डा गोविन्द केसीको अनशनसँगै कांग्रेसको आन्दोलन पनि सकिएको छ । केसीको माग पूरा गर्नुपर्ने नाममा संसद बैठकमा अबरोध गर्दै आएको कांग्रेसले अाफ्नै पहलमा केसीको अनशन तोडाएपछि संसदको अबरोध हटाउने निर्णय लिएको हो ।

 

आइतबार  दिउँसो ३ बजे बस्ने संसदको बैठकमा कांग्रेस सभापति समेत रहेका प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले सम्बाेधन गर्ने र बैठकमा गरिएको अबरोध अन्त्य गर्ने निर्णय भएको कांग्रेसका मुख्य सचेतक बालकृष्ण खाँडले जानकारी दिए । कांग्रेसले सरकारविरूद्धको रणनीति तय गर्न आजै संसदीय दलको बैठक पनि बोलाएको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...