अनशन तोड्ने डा. गोविन्द केसीको तयारी



हाम्रो इकोनोमि

 

चिकित्सा शिक्षा विधेयक प्रति असन्तुष्टी राख्दै अनशनमा बसेका डा. गोविन्द केसीले अन्तत: अनशन तोड्ने भएका छन् । गत पुस २५ गतेदेखि अनशनरत डा. केसीले आज साँझ अनशन तोड्न लागेका हुन् ।

डा. केसीको मागप्रति सरकारले कुनै चासो नदिएपछि उनले बाध्य भएर अनशन तोड्न लागेका हुन् । सरकारले डा‍. केसीसँग वार्ता गर्नुकाे कुनै तुक नरहेकाे बताएपछि केसी निरिह जस्तै बनेका थिए ।

स्रोतकाअनुसार सरकारले वार्ता गर्न कुनै चासो नदिएपछि डा. केसीले आफ्नो जीवनरक्षाका लागि अनशन तोड्ने भएका हुन् ।

डा. केसीलाई अनशन तोडेर खुसीयाली मनाउन सरकारले आग्रह गरेको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भइसकेको छ ।

२४ दिनदेखि अनशनरत डाक्टर केसीले त्रिवि शिक्षण अस्पतालमा अनशन तोड्ने भएका हुन् । हिजो मात्र कांग्रेस सभापति शेरबहादुर देउवाले अनशन तोड्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...