अनशन तोड्ने डा. गोविन्द केसीको तयारी



हाम्रो इकोनोमि

 

चिकित्सा शिक्षा विधेयक प्रति असन्तुष्टी राख्दै अनशनमा बसेका डा. गोविन्द केसीले अन्तत: अनशन तोड्ने भएका छन् । गत पुस २५ गतेदेखि अनशनरत डा. केसीले आज साँझ अनशन तोड्न लागेका हुन् ।

डा. केसीको मागप्रति सरकारले कुनै चासो नदिएपछि उनले बाध्य भएर अनशन तोड्न लागेका हुन् । सरकारले डा‍. केसीसँग वार्ता गर्नुकाे कुनै तुक नरहेकाे बताएपछि केसी निरिह जस्तै बनेका थिए ।

स्रोतकाअनुसार सरकारले वार्ता गर्न कुनै चासो नदिएपछि डा. केसीले आफ्नो जीवनरक्षाका लागि अनशन तोड्ने भएका हुन् ।

डा. केसीलाई अनशन तोडेर खुसीयाली मनाउन सरकारले आग्रह गरेको थियो । प्रतिनिधिसभा र राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पास भइसकेको छ ।

२४ दिनदेखि अनशनरत डाक्टर केसीले त्रिवि शिक्षण अस्पतालमा अनशन तोड्ने भएका हुन् । हिजो मात्र कांग्रेस सभापति शेरबहादुर देउवाले अनशन तोड्न आग्रह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...