अस्पतालबाट डिस्चार्ज भए पूर्व युवराज पारस



हाम्रो इकोनोमि

 

पूर्व युवराज पारस शाहको स्वास्थ्यमा सुधार भएपछि शुक्रबार अस्पतालबाट डिस्चार्ज भएका छन् ।  गत माग १४ गते हृदयाघात भई नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचाररत शाहको स्वास्थ्यमा क्रमिक सुधार देखिएपछि आज डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ । करिब ३ बजेर १० मिनेट जाँदा उनी अस्पतालबाट डिस्चार्ज भएका हुन् ।

 

यसअघि, शाहको उपचारमा संलग्न प्राध्यापक डा. यादवदेव भट्टले पूर्वयुवराज शाह मुटुको मुख्य नसानै पूर्णरुपमा बन्द रहेको अवस्थामा अस्पताल आइपुगेको र २० मिनेटमा सफल उपचार गर्न सकिएको जानकारी दिएका थिए ।

 

बन्द रहेको मुटुको अवरोध खुलाउन कोरोनरी एन्जियोप्लाष्टी तथा स्टेन्ट प्रत्यारोपण कार्य सफलतापूर्वक सम्पन्न गरिएको उनको भनाई छ ।   पूर्वयुवराज शाहलाई हृदयघात हुनुको मुख्य कारण वंशाणुगत भएको भट्टले बताए ।  पूर्वराजा ज्ञानेद्रद्रलाई पनि हृखयघातको समस्या भएको हुँदा पारसलाई पनि बंशाणुगत हृदयघात भएको र कालेस्ट्रोल बढी भएको जनाइएको छ ।

 

यसअघि पनि २ पटक हृदयघात भइसकेको हुँदा पारसको मुटु एकदमै कमजोर रहेको र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने चिकित्सकहरुले बताएका छन् ।  पारसको उपचारमा प्रा. डा. यादवदेव भट्टको नेतृत्वमा डा। जेपि अग्रवाल, डा. नग्मा श्रेष्ठ  लगायत १४ जना स्वास्थ्यकर्मीको टिम खटाइएको थियो ।

अस्पताल भर्ना भएपछि छोरा पारसको स्वास्थ्य स्थितिबारे जानकारी लिन पूर्वरानी कोमल शाह सिमराबाट काठमाडौँ आएकी थिइन् । अध्ययनको सिलसिलामा थाइल्याण्ड बस्दै आएकी दुई छोरी पूर्णिका र कीर्तिकाका साथमा रहेकी पारस पत्नी हिमानी भने नेपाल फर्किनन् ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...