श्रृङ्खला खतिवडाले गर्दा संसारकै सुन्दर महिला भएको देशको सूचीमा पर्याे नेपाल



हाम्रो इकोनोमि

 

कुन देशका महिला कति राम्रा छन् भनेर छुट्याउने मानक के हो ? यसको उत्तर Missosology.com ले दिएको छ । उनीहरुले सन् २०१८ मा आयोजित ठूला सुन्दरी प्रतियोगिताको विश्लेषण गर्यो र त्यसमा कुन देशका महिलाले कस्तो प्रभाव पारे भनेर पहिचान गर्यो ।

गत वर्ष आयोजित सुन्दरी प्रतियोगीतामा सुन्दरीहरुलाई केही पोइन्ट दिइयो । सबैभन्दा धेरै पोइन्ट पाएर भेनेजुएलाले फिलिपिन्सलाई पछि पार्दै ‘पर्फमर अफ द इयर फर २०१८’ को उपाधि हात पार्यो । भेनेजुएलाले यो उपाधि जितेको यो १८ औं पटक हो । सन् २०११ पछि गत वर्ष उनीहरुले पुनः यो उपाधि पाएका हुन् ।

६४७ पोइन्ट पाएको भेनेजुएलाले आफ्नो प्रतिस्पर्धी फिलिपिन्सलाई मिस वर्ल्ड २०१८ को उपाधि दिलायो । यो सूचीमा नेपाल पहिलो पटक भित्रिएको छ । नेपालले समग्रमा २९० पोइन्टका साथ ११ औं स्थान ओगट्न सफल भएको छ ।

नेपालले मिस अर्थमा ५० पोइन्ट, मिस इन्टरनेशनलमा १०, सुप्रानेशनलमा १०, मिस वर्ल्डमा १२० र मिस युनिभर्समा १०० पोइन्ट पाएको हो ।सूचीको २० औं स्थानमा परेको भियतनामले भने १९० पोइन्ट बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस
पर्सा जिल्ला अदालत पुगेर रवि लामिछानेले तारेख बुझे

     राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पर्सा जिल्ला अदालत...

७४ अंक घट्यो सेयर बजार

    बुधबार सेयर बजारको परिसूचक नेप्से ७४.७३ अंक घटेको छ । सो...

मार्चमा भित्रिए एक लाख २० हजारभन्दा बढी पर्यटक

    सन् २०२६ को मार्चमा १ लाख २० हजार ५१६ जना विदेशी...

सभामुखको निर्वाचन यही चैत २२ गते

     प्रतिनिधिसभाको सभामुखको निर्वाचन यही चैत २२ गते हुने भएको छ ।...