श्रृङ्खला खतिवडाले गर्दा संसारकै सुन्दर महिला भएको देशको सूचीमा पर्याे नेपाल



हाम्रो इकोनोमि

 

कुन देशका महिला कति राम्रा छन् भनेर छुट्याउने मानक के हो ? यसको उत्तर Missosology.com ले दिएको छ । उनीहरुले सन् २०१८ मा आयोजित ठूला सुन्दरी प्रतियोगिताको विश्लेषण गर्यो र त्यसमा कुन देशका महिलाले कस्तो प्रभाव पारे भनेर पहिचान गर्यो ।

गत वर्ष आयोजित सुन्दरी प्रतियोगीतामा सुन्दरीहरुलाई केही पोइन्ट दिइयो । सबैभन्दा धेरै पोइन्ट पाएर भेनेजुएलाले फिलिपिन्सलाई पछि पार्दै ‘पर्फमर अफ द इयर फर २०१८’ को उपाधि हात पार्यो । भेनेजुएलाले यो उपाधि जितेको यो १८ औं पटक हो । सन् २०११ पछि गत वर्ष उनीहरुले पुनः यो उपाधि पाएका हुन् ।

६४७ पोइन्ट पाएको भेनेजुएलाले आफ्नो प्रतिस्पर्धी फिलिपिन्सलाई मिस वर्ल्ड २०१८ को उपाधि दिलायो । यो सूचीमा नेपाल पहिलो पटक भित्रिएको छ । नेपालले समग्रमा २९० पोइन्टका साथ ११ औं स्थान ओगट्न सफल भएको छ ।

नेपालले मिस अर्थमा ५० पोइन्ट, मिस इन्टरनेशनलमा १०, सुप्रानेशनलमा १०, मिस वर्ल्डमा १२० र मिस युनिभर्समा १०० पोइन्ट पाएको हो ।सूचीको २० औं स्थानमा परेको भियतनामले भने १९० पोइन्ट बटुलेको छ ।

प्रतिक्रिया दिनुहोस
जेल मुक्त भए रवि लामिछाने

  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत...

केन्द्रीय सदस्य मनोनीत नगरियोस् : सुरेन्द्र पाण्डे

    एमालेको ११औँ महाधिवेशनमा महासचिवका प्रत्यासी रहेका सुरेन्द्र पाण्डेले केन्द्रीय सदस्यमा पनि...

२४ बुँदे प्रस्ताव पारित गर्दै एमालेको ११ औं महाधिवेशनम सम्पन्न

  नेकपा (एमाले)को हिजो सकिएको ११ औं राष्ट्रिय महाधिवेशनले विभिन्न विषयमा २४ बुँदे...

रवि लामिछाने आज रिहा हुँदै

    रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछाने रिहाइ प्रक्रियाका लागि रुपन्देही जान...