राजदूत लक्की शेर्पाले राजीनामा दिइन्



हाम्रो इकोनोमि

 

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आफूमाथि लागेको गम्भीर आरोपहरु झुटो भएको उनको दाबी छ तर, नैतिकताका आधारमा राजीनामा दिएको बताएकी छन् ।

 

मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारले राजदूत शेर्पालाई राजीनामा दिन सुझाएको थियो । त्यसपछि अष्ट्रेलिया पुगेर बन्दोबस्तीमा सामान लिएर आएकी उनले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।

 

आफ्नै गाडीचालकले वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा परेकी थिइन् । त्यसपछि सरकारले उनलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेको थियो ।

 

के भनिन् विज्ञप्तिमा ?

शेर्पाले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपको खण्डन गरेकी छन् । ‘घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर आफ्नो देशको डिप्लोम्याट जो रातदिन देश र जनताको हितार्थ समर्पित छ त्यस्ता व्यक्तिहरुलाई मानमर्दान गर्ने परम्पराको थालनी हुनु दुखद छ’ उनले भनेकी छन् ।

 

शरणार्थी माध्यमबाट पी.आर. पाउने कुचेष्टाले शेर्पालाई प्रयोग गरिएको उनको दाबी छ । आफू मानव तस्करीविरुद्ध लड्दै आएको स्मरण गराउँदै उनले भनेकी छन्, मेरो जीवन खुला किताब जस्तै छ । मेरो सर्बस्व भनेकै इमान्दारिता हो ।’

 

निजी सहयोगी कार्यगत र भाषिक परीक्षण लिए पनि नियत र इमान्दारिताको परीक्षण लिन चुकेको उनले बताएकी छन् । ‘विदेशमै बस्ने लालशाले जसरी पनि पीआर पाउन यसैको सौदाबाजी गर्ने ब्यक्तिको चंगुलमा पुगें’ उनले भनेकी छन् ।

 

केही सञ्चार माध्यमले वास्तविकता नबुझेर एकपक्षीय प्रचार गरेको उनको गुनासो छ । आफूविरुद्ध आरोप लागेपछि अनुसन्धानमा सहयोग गर्न ‘कूटनीतिक उन्मुक्ति खुला’ अष्ट्रेलियन सरकारसमक्ष पेश गरेको र आरोप झुठा साबित गर्दै ससम्मान कूटनीतिक रुपमा काम गर्ने हौसला प्रदान गरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...