राजदूत लक्की शेर्पाले राजीनामा दिइन्



हाम्रो इकोनोमि

 

अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पाले राजीनामा दिएकी छन् । आफूमाथि लागेको गम्भीर आरोपहरु झुटो भएको उनको दाबी छ तर, नैतिकताका आधारमा राजीनामा दिएको बताएकी छन् ।

 

मानव तस्करीको गम्भीर आरोप लागेपछि सरकारले राजदूत शेर्पालाई राजीनामा दिन सुझाएको थियो । त्यसपछि अष्ट्रेलिया पुगेर बन्दोबस्तीमा सामान लिएर आएकी उनले परराष्ट्र मन्त्रालयमा राजीनामा बुझाएकी हुन् ।

 

आफ्नै गाडीचालकले वाङ्छु शेर्पाले मानव बेचबिखनको आरोप लगाएपछि राजदूत शेर्पा विवादमा परेकी थिइन् । त्यसपछि सरकारले उनलाई काठमाडौं बोलाएर स्पष्टीकरण सोधेको थियो ।

 

के भनिन् विज्ञप्तिमा ?

शेर्पाले विज्ञप्ति जारी गर्दै आफूमाथि लागेको आरोपको खण्डन गरेकी छन् । ‘घटनाको वास्तविकता र यथार्थलाई थाती राखेर एकाध मिडियाको पछाडि लागेर आफ्नो देशको डिप्लोम्याट जो रातदिन देश र जनताको हितार्थ समर्पित छ त्यस्ता व्यक्तिहरुलाई मानमर्दान गर्ने परम्पराको थालनी हुनु दुखद छ’ उनले भनेकी छन् ।

 

शरणार्थी माध्यमबाट पी.आर. पाउने कुचेष्टाले शेर्पालाई प्रयोग गरिएको उनको दाबी छ । आफू मानव तस्करीविरुद्ध लड्दै आएको स्मरण गराउँदै उनले भनेकी छन्, मेरो जीवन खुला किताब जस्तै छ । मेरो सर्बस्व भनेकै इमान्दारिता हो ।’

 

निजी सहयोगी कार्यगत र भाषिक परीक्षण लिए पनि नियत र इमान्दारिताको परीक्षण लिन चुकेको उनले बताएकी छन् । ‘विदेशमै बस्ने लालशाले जसरी पनि पीआर पाउन यसैको सौदाबाजी गर्ने ब्यक्तिको चंगुलमा पुगें’ उनले भनेकी छन् ।

 

केही सञ्चार माध्यमले वास्तविकता नबुझेर एकपक्षीय प्रचार गरेको उनको गुनासो छ । आफूविरुद्ध आरोप लागेपछि अनुसन्धानमा सहयोग गर्न ‘कूटनीतिक उन्मुक्ति खुला’ अष्ट्रेलियन सरकारसमक्ष पेश गरेको र आरोप झुठा साबित गर्दै ससम्मान कूटनीतिक रुपमा काम गर्ने हौसला प्रदान गरेको उनको दाबी छ ।

प्रतिक्रिया दिनुहोस
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...