योगेश मोर्चामा नारायणकाजी गुमनाम



हाम्रो इकोनोमि

 

पाटी एकीकरणको विवादमा फसेको नेकपा नेतृत्वभित्र पार्टीले लिने नीतिका बारेमा पनि विमति देखिएको छ । विशेष गरी डा. गोविन्द केसीले चिकित्साक्षेत्र धारको जलपभित्र द्वन्द्व कालिन मुद्दा उचाल्ने समेत शुत्र हालेर शुरु गरेको अनसनलाई लिएर नेकपा नेतृत्व विभाजित छ ।

 

केसीलाई अनसन तोड्न सुझाव दिदै हालै सांसदबाट पास भएको चिकित्सा शिक्षा विधेयकको पक्षमा स्थायी कमिटी सदस्य योगेश भट्टराईले खरो प्रतिवाद गरिरहदा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने गुमनाम भएका जस्तै भएका छन् । डा. केसीले उघिल्लो पटक गरेको अनसन प्रति पार्टीले लिएको धारणमा असहमति जनाउदै प्रवक्ताबाट राजिनामा दिएका श्रेष्ठ केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउन भूमिका खेलेको भनेदेखी गुमनाम जस्तै छन् ।

 

पूर्व एमालेका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराई गोविन्द केसीको अनसन यसकारण बेठीक भन्दै कडा प्रतिवादको आन्दोलन उठाइरहदा प्रवक्ताको मौनतालाई अर्थपूर्ण ढंगले हेरिएको छ । यसले अहिले सरकारले गरेका कामको समर्थन गर्न भट्टराई मात्र देखिएका छन् ।

 

प्रवक्ता नारायणकाजीकै कोटावाट मन्त्री बनेका शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयकको पक्षमा अडिग भइरहेको अवस्थामा प्रवक्ताको हैसियतबाट श्रेष्ठले सरकारलाई सहयोग नगरेपछि उनी मन्त्री पदमा बसिरहन नैतिक प्रश्न उठ्दै गएको छ ।

पार्टी नेतृत्व डा. केसीको अनसन र चिकित्सा शिक्षा विधेयकको पक्षमा र सोही नीति बमोजिम संसदीय दलमा ह्वीप जारी भइरहेको छ । आफूलाई चित्त नबुझे पनि प्रवक्ताको हैसियतमा श्रेष्ठले जसरी आफूलाई प्रस्तुत गर्नुपर्ने थियो । त्यसो नगर्दा उनी पार्टीमा कमजोर बन्दै जाने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...