योगेश मोर्चामा नारायणकाजी गुमनाम



हाम्रो इकोनोमि

 

पाटी एकीकरणको विवादमा फसेको नेकपा नेतृत्वभित्र पार्टीले लिने नीतिका बारेमा पनि विमति देखिएको छ । विशेष गरी डा. गोविन्द केसीले चिकित्साक्षेत्र धारको जलपभित्र द्वन्द्व कालिन मुद्दा उचाल्ने समेत शुत्र हालेर शुरु गरेको अनसनलाई लिएर नेकपा नेतृत्व विभाजित छ ।

 

केसीलाई अनसन तोड्न सुझाव दिदै हालै सांसदबाट पास भएको चिकित्सा शिक्षा विधेयकको पक्षमा स्थायी कमिटी सदस्य योगेश भट्टराईले खरो प्रतिवाद गरिरहदा पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ भने गुमनाम भएका जस्तै भएका छन् । डा. केसीले उघिल्लो पटक गरेको अनसन प्रति पार्टीले लिएको धारणमा असहमति जनाउदै प्रवक्ताबाट राजिनामा दिएका श्रेष्ठ केसीलाई हेलिकोप्टरबाट काठमाडौं ल्याउन भूमिका खेलेको भनेदेखी गुमनाम जस्तै छन् ।

 

पूर्व एमालेका प्रचार विभाग प्रमुख समेत रहेका भट्टराई गोविन्द केसीको अनसन यसकारण बेठीक भन्दै कडा प्रतिवादको आन्दोलन उठाइरहदा प्रवक्ताको मौनतालाई अर्थपूर्ण ढंगले हेरिएको छ । यसले अहिले सरकारले गरेका कामको समर्थन गर्न भट्टराई मात्र देखिएका छन् ।

 

प्रवक्ता नारायणकाजीकै कोटावाट मन्त्री बनेका शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयकको पक्षमा अडिग भइरहेको अवस्थामा प्रवक्ताको हैसियतबाट श्रेष्ठले सरकारलाई सहयोग नगरेपछि उनी मन्त्री पदमा बसिरहन नैतिक प्रश्न उठ्दै गएको छ ।

पार्टी नेतृत्व डा. केसीको अनसन र चिकित्सा शिक्षा विधेयकको पक्षमा र सोही नीति बमोजिम संसदीय दलमा ह्वीप जारी भइरहेको छ । आफूलाई चित्त नबुझे पनि प्रवक्ताको हैसियतमा श्रेष्ठले जसरी आफूलाई प्रस्तुत गर्नुपर्ने थियो । त्यसो नगर्दा उनी पार्टीमा कमजोर बन्दै जाने खतरा बढेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...