अस्पताल बन्द गराउने चिकित्सकको लाइसेन्स खारेज गरी फाैजदारी अभियोगमा मुद्दा चलाउन माग



हाम्रो इकोनोमि

 

अस्पताल बन्द गरेर आन्दोलनमा उत्रिएका चिकित्सको लाइसेन्स खारेज गरी  फौजदारी अभियोगमा मुद्दा चलाउन माग भएको छ । सामाजिक सञ्जाल फेसबुकमा पूर्व महान्यायाधीवक्ता प्रा डा युवराज संग्रौलाले अस्पताल बन्द गरी हड्तालमा उत्रने चिकित्सकहरू माथि फौजदारी अभियोगममा मुद्दा चलाउन माग गरेका छन । उनले महान्यायाधीवक्ताको कार्यालयले अत्यावश्यक चिकित्सा सेवामा हड्ताल गर्ने चिकित्सकको विरूद्धमा मुद्दा चलाउन किन आँट नगरेको भनेर प्रश्न समेत गरेका छन ।

 

प्रा डा सांग्रौलाले आफ्नो फेसबुकमा लेखेका छन

तस्बीरमा प्रा डा संग्राैला र अखिलका महासचिव महर ।

 

यस्तै अनेरास्ववियुका महासचिव ऐन महरले अस्पताल जस्तो अति संबेदनसिल क्षेत्रमा सेवा ठप्प पारेर आफुलाई बहादुर सम्झने डाक्टरको तुरुन्त लाइसेन्स खारेज गर्न माग गरेका छन । उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै यस्तो माग गरेका हुन । महरले फेसबुकमा यस्तो लेखेका छन ।

 

सामाजिक सञ्जालमा हजाराैँले चिकित्सक संघको अस्पताल बन्द गराउने निर्णयको बिरोध गरेका छन । शुक्रबार चिकित्सक संघमा रहेका नेपाली कांग्रेस निकटका चिकित्सकहरूले अस्पतालको ओपिडी सेवा बन्द गराएका छन । उनीहरूले देशैभरको अस्पतालमा आकस्मिक बाहेकको सेवा बन्द गराउने भन्दै बिहीबार नै निर्णय गरी सबै अस्पतालमा रहेका संघका इकाइहरूमा परिपत्र गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...