खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’का छोरा नरेन्द्र गोलीसहित पक्राउ



हाम्रो इकोनोमि

 

नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ का छोरा गोलीसहित पक्राउ परेका छन् । बिहीवार साँझ विराटनगरबाट काठमाडौं जाने क्रममा प्रकाण्डका छोरा नरेन्द्र विश्वकर्मालाई गोलीसहित प्रहरीले पक्रेको हो ।

कालीकोट स्थायी ठेगाना भएका २७ वर्षीय विश्वकर्माको साथबाट नाइन एमएम पेस्तोलमा लोड हुने तीनवटा गोली फेला परेको प्रहरीले जनाएको छ । विश्वकर्माको साथमा रहेको झोला चेकजाच गर्ने क्रममा गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।

विश्वकर्मा विराटनगर विमानस्थल हुँदै यती एयरलायन्सको जहाजबाट साँझ ५ः५५ को फ्लाइटमा काठमाडौं जाने तयारीमा थिए । विमानस्थल भित्र हुने चेकजाँचका क्रममा गोलीसहित पक्राउ परेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका विश्वर्मालाई मुद्दा चलाउने तयारी भएको श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...