विधेयक पास भएपछि योगेशले दिए काँग्रेस सांसदलाई धन्यवाद



हाम्रो इकोनोमि

 

बहुचर्चित चिकित्सा शिक्षा विधेयक २०७५ बिहीबार राष्ट्रिय सभाबाट पारित भएलगत्तै नेकपाका नेता योगेश भट्टराइले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्ष दलका सांसदहरुलाई धन्यवाद दिएका छन् ।

 

बिहीबार विधेयक पास भएलगत्तै नेता तथा प्रतिनिधि सभाका सांसद समेत रहेका भट्राइले प्रतिनिधि सभामा उक्त विधेयक पारित गर्ने बेलामा असंसदीय व्यवहार प्रदर्शन गरेको काँग्रेसले आज राष्ट्रिय सभामा विधेयक पारित गर्ने बेलामा भाग लिएको र संशोधन प्रस्ताव समेत राखेको भन्दै धन्यवाद दिएका हुन् ।

 

‘यसबाट पुष्टि हुन्छ चिकित्सा शिक्षा विधेयकको विरोध काँग्रेसका केही माननीयहरुको नियोजित स्वार्थका लागि मात्र थियो । राष्ट्रिय सभाका काँग्रेसका माननीयहरुले सुझबुझ देखाउनुभयो । राष्ट्रिय सभाका सवै माननीय र काँग्रेसका मित्रहरुलाई हार्दिक धनयवाद’ भट्टराईले सामाजिक सञ्जाल फेसबुक वालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...