विधेयक पास भएपछि योगेशले दिए काँग्रेस सांसदलाई धन्यवाद



हाम्रो इकोनोमि

 

बहुचर्चित चिकित्सा शिक्षा विधेयक २०७५ बिहीबार राष्ट्रिय सभाबाट पारित भएलगत्तै नेकपाका नेता योगेश भट्टराइले राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने प्रमुख प्रतिपक्ष दलका सांसदहरुलाई धन्यवाद दिएका छन् ।

 

बिहीबार विधेयक पास भएलगत्तै नेता तथा प्रतिनिधि सभाका सांसद समेत रहेका भट्राइले प्रतिनिधि सभामा उक्त विधेयक पारित गर्ने बेलामा असंसदीय व्यवहार प्रदर्शन गरेको काँग्रेसले आज राष्ट्रिय सभामा विधेयक पारित गर्ने बेलामा भाग लिएको र संशोधन प्रस्ताव समेत राखेको भन्दै धन्यवाद दिएका हुन् ।

 

‘यसबाट पुष्टि हुन्छ चिकित्सा शिक्षा विधेयकको विरोध काँग्रेसका केही माननीयहरुको नियोजित स्वार्थका लागि मात्र थियो । राष्ट्रिय सभाका काँग्रेसका माननीयहरुले सुझबुझ देखाउनुभयो । राष्ट्रिय सभाका सवै माननीय र काँग्रेसका मित्रहरुलाई हार्दिक धनयवाद’ भट्टराईले सामाजिक सञ्जाल फेसबुक वालमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...