राष्ट्रियसभामा बहुमतले चिकित्सा शिक्षा विधेयक पारित



हाम्रो इकोनोमि

 

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सांसदहरुको विरोधका बाबजुद राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रियसभाबाट पनि पारित भएको छ । अब राष्ट्रपतिले प्रमाणित गरेपछि ऐन बनेर लागू हुनेछ । प्रतिनिधिसभाबाट सन्देससहित राष्ट्रियसभामा पठाइएको विधेयक बहुमतले पारित भएको हो ।

 

चिकित्सा शिक्षा विधेयकमाथि राष्ट्रियसभामा दुईवटा संशोधन प्रस्तावसमेत दर्ता भएको थियो । राजपा सांसद वृषेशचन्द्र लाल र नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीसहितका सांसदहरुले छुट्टाछुट्टै संशोधन प्रस्ताव दर्ता गराएका थिए ।

संशोधन प्रस्तावमाथि छलफल गर्दै राजपा सांसद लालले उक्त विधेयक थप छलफलका लागि विधायन समितिमा पठाउन माग गरे । अर्का संशोधनकर्ता सांसद अधिकारीले भने छलफलमा भाग लिएनन् । दुबै संशोधन प्रस्तावलाई अध्यक्ष गणेश तिमिल्सिनाले निर्णयार्थ पेश गरेका थिए । दुबै संशोधन प्रस्ताव बहुमतले अस्वीकृत भएको थियो ।

 

संशोधन प्रस्तावमाथि जवाफ दिँदै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले चिकित्सा शिक्षा विधेयक पारित गराउन ढिला भइसकेको भन्दै थप छलफल गर्न समय नभएको बताए । उनले प्रतिनिधिसभाको शिक्षा स्वास्थ्य समितिमा पर्याप्त छलफल भएको भन्दै पारित गर्नुपर्ने धारणा राखे ।

 

कांग्रेसको विरोध 

राष्ट्रियसभा बैठक सुरु हुनेवित्तिकै नेपाली कांग्रेसका सांसद जीतेन्द्र देवले समय लिएर बोल्दै केसीसँग वार्ता गर्न आग्रह गरेका थिए । उनले आजैका दिनदेखि वार्ता टोली गठन गरेर केसीसँग वार्ता गर्न आग्रह गरे ।

उनले प्रतिनिधिसभाभन्दा राष्ट्रियसभा परिपक्व भएकाले चिकित्सा शिक्षा विधेयकलाई परिमार्जन गर्नुपर्ने बताए । सांसद देवले विधेयकलाई विधायन समितिमा पठाउन माग गरे ।

उनले आफ्नो भनाइ टुंग्याएपछि कांग्रेस सांसदहरु सिटबाट उठेर विरोध जनाएका थिए । तर अध्यक्ष गणेश तिमिल्सिनाले सभाको कारबाही अगाडि बढाए । कांग्रेस सांसद अधिकारीले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गराएको भए पनि छलफलमा भाग लिएनन् ।

बिहीबार राष्ट्रियसभाको बैठकभरी नेपाली कांग्रेसका सांसदहरु भने उभिएरै विरोध जनाइरहेका थिए ।

प्रतिक्रिया दिनुहोस
एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...

ओली पक्राउको सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय

    नेकपा एमलेले पुर्व प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल...