कांग्रेसद्वारा आजपनि संसद अवरुद्ध



हाम्रो इकोनोमि

 

अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै प्रमुख विपक्षी नेपाली कांग्रेसले संसद अवरुद्ध गरेको छ । बैठक सुरु भए लगतै कांग्रेस सांसदहरु उभिएपछि सभामुखले कांग्रेस सांसद डा. मिनेन्द्र रिजाललाई बोल्न समय दिएका थिए । उनले   लगतै सांसदहरु उठेका छन् ।

 

सांसद रिजालले संसदबाट चिकित्सा शिक्षा गलत प्रक्रियाले पारित भएको भन्दै त्यसलाई परिमार्जन गरेर डा. गोविन्द केसीको जीवन रक्षा गर्नुपर्ने बताए । ‘गोविन्द केसीको ज्यान रक्षा गर्नुपर्छ, चिकित्सा जसरी यहाँबाट पारित भयो, त्यो गलत भयो, अब त्यसलाई परिमार्जन गरेर गोविन्द केसीको जीवन रक्षा हुने, चिकित्सा शिक्षा सुधार हुने बाटो बन्द नगरौं । राष्ट्रिय सभाले त्यो बाटोले लेओस् भन्ने सत्ताको आग्रह रहनुपर्छ’ उनले भने ।

 

उनले अब संवादबाट यो काम गर्न सकिने भन्दै त्यसको लागि वातावरण बनाउन सभामुखलाई आग्रह गरे । अब संवादको बाटोमा अगाडि बढौं, चिकित्सा शिक्षा परिमार्जन गर्ने बाटोमा सरकार अघि बढोस्’ रिजालले भने ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...