प्रधानमन्त्री र मेरो पनि ‘सोर्स’ नचल्ने गरी रोजगार संयोजकको छनाैट गर्नुस्ः मन्त्री विष्ट



हाम्रो इकोनोमि

 

धन भनेपछि महादेवको पनि तीन नेत्र भनेझैँ जागिर भनेपछि नेपालका नेताहरूले आफन्त र पार्टी कर्यकर्ताको भर्ती गराउछन भन्ने आम बुझाइ बनिसकेको छ । तर अब यो बुझाइ र धारणा आम रूपमा परिवर्तन हुँदैछ ।

 

काम गर्ने सबै मान्छेले र नेताले बदमासी गर्दैनन भन्ने देखिदै आएको छ । कतिपय कामै नगरी हल्ला गरिरहेका हुन्छन भने कतिपय काम गरेर पनि हल्ला गर्न रूचाउदैनन् । वर्तमान सरकारमा पनि एकजना त्यस्तै मन्त्री छन जो काम गर्छन तर प्रचार त्यति रूचाउँदैनन् ।

 

नीतिगत सुधारमा क्रान्तिकारी छलाङ मारिसकेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले असम्भव जस्तै मानिने एउटा काम सम्भव बनाउन निर्देशन दिएका छन । प्रधानन्त्री रोजगार कार्कक्रमका लागि बेरोजगारको सूची संकलनका लागि भर्ना गर्न लागिएको रोजगार संयोजकको भर्नामा प्रधानमन्त्री र मेरो पनि ‘सोर्स’ नचल्ने गरी काम गर्नु भन्दै मन्त्री विष्टले सम्बन्धितलाइ निर्देशन दिएका छन ।

 

श्रम मन्त्रालयका उपसचिव डा। लोकनाथ भुसालले संयोजकको छनोट प्रक्रियालाई निष्पक्ष र परदर्शी बनाउन लागिएको बताए । उनले भने ,“मन्त्रीज्यूले यसमा प्रधानमन्त्री र मेरो पनि ‘सोर्स’ नचल्ने गरी काम गर्नु भनेर आदेश दिनुभएको छ।” उनै मन्त्री विष्टको निर्देशनमा सरकारले कर्मचारी भर्ना गर्दा नेपालमै पहिलोपटक कम्प्युटरबाट परीक्षा दिने व्यवस्था गर्न लागिएको छ। मन्त्रीको निर्देशन अनुसार सरकारले हरेक स्थानीय तहका लागि ल्याएको प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रोजगार संयोजकको छनोटमा यस्तो प्रणालीको प्रयोग हुँदैछ ।

 

करारमा नियुक्त गर्न लागिएका संयोजकहरूको परीक्षा प्रणालीलाई निष्पक्ष र विश्वसनीय बनाउन कम्प्युटरबाटै परीक्षा दिनुपर्ने व्यवस्था गर्न लागिएको हो । रोजगार संयोजकका लागि दिइने आवेदन अनलाइनमार्फत् नै भर्ने व्यवस्था यसअघि नै मिलाइएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...