रामचन्द्र पौडेलका छोरा चिन्तन दलाली काममा लागेपछि



हाम्रो इकोनोमि

 

रामचन्द्र पौडेलका छोरा चिन्तन पौडेलको गतिविधिलाई लिएर नेपाली कांग्रेसभित्र खैलाबैला शुरु भएको छ । रामचन्द्रले छोरा चिन्तनलाई आफूमार्फत हुने हरेक क्रियाकलापमा सहभागी गराउने गरेका छन् ।

 

चिन्तनलाई नेता बनाउने ध्यानमा लागेका पौडेलको केही दिन अगाडि नेविसंघका नेताहरूले सिधै आलोचना गरेर आक्रोश देखाएका थिए । चिन्तन पौडेलले नेविसंघभित्र खेल्न खोजेको आरोप आफ्नै समूहका नेताहरूको छ । रामचन्द्रले चिन्तनलाई कांग्रेसको नेताका रुपमा अगाडि बढाउन खोजेका छन् । तर, चिन्तनले केटाकेटी पारा देखाउँदा आफ्नै गुटका नेताहरू दिक्क भएका छन् ।

 

बैदेशिक दलालका रुपमा चिनिएका व्यक्तिहरूसँग पछिल्लो समय चिन्तन पौडेलको घुलमिल र उठबस हुने गरेको छ । ती बैदेशिक दलालले चिन्तनलाई ठमलेका दोहोरी साँझ, डिस्को, रेष्टुरेन्टदेखि घुम्ने बेला आर्थिक सहयोग गर्ने गरेका छन् ।

 

उनै दलालसँग चिन्तनलाई नेविसंघका नेताहरूले रातिको समयमा ठमेलका रेष्टुरेन्टहरूमा देखेपछि रामचन्द्र पौडेलसँग गुनासो पनि गरेका थिए । तर, रामचन्द्रले आफ्ना छोरा चिन्तनलाई सम्झाउनुको साटो नेविसंघका नेताहरूलाई हप्काएपछि विवाद भएको स्रोतले जनाएको छ ।

 

चिन्तन पौडेलले आफ्नो बुबाको नाममा फेसबुक र ट्वीटर एकाउन्ट खोलेर स्टाटस लेख्ने गरेका छन् । रामचन्द्र पौडेललाई विवादमा ल्याउने गरेर चिन्तनले अल्लारेपाराका स्टाटस लेखेको भनेर आलोचना पनि भएको छ ।

आलोचना हुँदा पनि चिन्तनमा सुधार हुने कुनै संकेत देखिएको छैन । पछिल्लो समय चिन्तनको गतिविधिबाट दिक्क भएका नेपाली कांग्रेस र नेविसंघका नेता तथा कार्यकर्ताहरूले अर्को पारसको जन्म भएको भनेर आलोचना गर्न थालेका छन् । चिन्तनमा पलाएको अराजकताबाट नेपाली कांग्रेसका नेताहरू पनि चिन्नित बन्न थालेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...