आगामी निर्वाचनमा कांग्रेस पहिलो पार्टी : महामन्त्री कोइराला



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले आगामी निर्वाचनमा नेपाली कांग्रेस पहिलो पार्टी हुने बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा कुरा गर्दै महामन्त्री कोइरालाले चार वर्षपछि हुने निर्वाचनमा पहिलो पार्टी हुने गरी कांग्रेसले काम गर्ने बताए । पार्टीको क्रियाशील सदस्यता वितरण गर्न कांग्रेस गाउँगाउँमा जाने महामन्त्री कोइरालाले बताए ।

 

 “आगामी महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवाको नेतृत्व चाहिने कि नचाहिने भन्ने बहस शुरु भएको छ”, उनले भने– “पार्टी सभापतिको क्रियाकलापले उनको कार्यक्षमतामै प्रश्नचिह्न खडा भएको छ ।” जिल्लाका नेता कार्यकर्ताको सल्लाह र सुझावअनुसार आगामी महाधिवेशनमा अघि बढ्ने उनले बताए ।

 

महामन्त्री कोइरालाले सरकारले हरेक काममा हस्तक्षेप गरेर एकलौटी ढङ्गले अघि बढ्न खोजेका कारण सरकारविरुद्ध विरोधका कार्यक्रम आयोजना गरिएको बताए । उनले सरकारका गतिविधि जनतालाई सुसूचित गराउन माघ २१ गते जनखबरदारी कार्यक्रम आयोजना गरिएको जानकारी दिए। सरकारले एक वर्षको अवधिमा कुनै ठोस योजना दिन नसकेको भन्दै कोइरालाले सरकारले रेल र पानीजहाजका कुरा गरे पनि जनताको जीविकामा परिवर्तन हुन नसकेको बताए ।

 

भोलि पनि संसद अवरुद्ध गर्ने कांग्रेसको निर्णय

प्रमुख विपक्षी नेपाली कांग्रेसले संसदको अवरोध कायमै राख्ने भएको छ । संसदको बैठक भोलि बोलाइएको छ । त्यसको अघिल्लो दिन बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा कांग्रेसले संसद अवरोध कायमै रहने बताएको हो ।

 

आफ्ना नेताहरु गिरिजाप्रसाद र सुशील कोइरालाको नाममा स्थापना भएको अस्पताल विघटन गर्न खोजेको भन्दै कांग्रेसले लगातार संसद अवरुद्ध गर्दै आएको छ । कांग्रेसको नाराबाजीका बीच प्रतिनिधिसभाले चिकित्सा शिक्षा विधेयक पास गर्‍यो । त्यसपछि सरकारले अस्पतालबारे कांग्रेसको माग सम्बोधन गर्दै दुबै अस्पतालाई केन्द्र सरकार मातहत राख्ने निर्णय गरेको छ ।

 

तर, कांग्रेसले चिकित्सा शिक्षा विधेयक पास गर्ने क्रममा सरकार र सभामुखले अधिकतम शक्ति प्रयोग गरेको भन्दै संसद सञ्चालन हुन नसक्ने बताएको छ । ‘११ गतेको बैठक जुन ढंगले बसालियो, त्यसमा हाम्रो गम्भीर आपत्ति छ’ कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँडले  भने, ‘आफ्नो गल्ती सच्याउनु पर्ने रहेछ तर, संसदमा चिकित्सा शिक्षाबारे छलफल भयो भने अगाडि बढ्न सक्दैन भन्ने लागेर होला, छलफल नगरी अगाडि बढाइयो ।’ डा. गोविन्द केसीसँग भएको सम्झौताका कतिपय विषय उल्टाइएको भएको भन्दै उनले यसले सरकारमाथि नै अविश्वासको अवस्था आएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...