३ अर्ब लागतमा चितवनमा बन्ने भयो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला, पहिलो म्याच भारत र पाकिस्तानको



 

धुर्मुस सुन्तली फाउन्डेसनले चितवनमा अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा गरेको छ । फाउन्डेसन र भरतपुर महानगरबीच रंगशाला निर्माणका लागि जग्गा प्राप्तिसम्वन्धी सम्झौता भएको छ ।

 

त्रिभुवन विश्वविद्यालयको स्वामित्वमा रहेको भरतपुर– १६ को यो जग्गा कृषि तथा वन विश्वविद्यालयले भोगचलन गरिरहेको थियो । क्रिकेट रंगशाला बनाउने भएपछि भरपुर महानगर हुँदै फाउन्डेसनलाई उपलब्ध गराएको हो ।

 

२० विगाह ८ कठ्ठा क्षेत्रफलमा बन्ने रंगशालाको नाम गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला हुनेछ । गुरुयोजना तयार भएको २ वर्षभित्र रंगशाला निर्माण गरी महानगरलाई हस्तान्तरण गरिने फाउन्डेसनका प्रमुख सीताराम कट्टेल धुर्मुसले बताएका छन् ।

 

रंगशाला निर्माणको लागत ३ अर्ब अनुमान गरिएको छ । देश–विदेशका नेपालीहरुबाट प्राप्त हुने स्वैच्छिक सहयोगबाट आर्थिक स्रोत जुटाइने फाउन्डेसनका अध्यक्ष धुर्मुसले बताएका छन् । उनले यसअघि चारवटा वस्ती निर्माण गर्दाको अनुभव रंगशालामा खन्याउने उल्लेख गरे । धुर्मुसले जनसहयोगबाटै भूकम्पपीडित, बाढी पिडित र मुसहरहरुका लागि नमूना वस्ती बनाएका थिए ।

 

रंगशाला करिब ३० हजार दर्शक क्षमताको हुनेछ । ‘यो रंगशाला नेपाली मौलिकताले भरिपूर्ण र विश्वमै नमूना हुनेछ,’ फाउण्डेसनका प्रमुख धुर्मुसले अनलाइनखबरसँग भने, ‘साथै हामी आईसीसीका सम्पूर्ण मापदण्डहरु पूरा गर्नेछौं ।’

 

रंगशालाको थ्रीडी डिजाइन तयार भएको छ । अब गुरुयोजना तयार पारिनेछ, जसका लागि ६ महिना लाग्नेछ । त्यसपछि रंगशालाको शिलान्यास गरिने छ । रंगशालाको आर्थिक दायित्व फाउन्डेसनको काँधमा रहेको र जनसहयोगबाटै सम्पूर्ण रकम जुट्ने अपेक्षा गरिएको धुर्मुस बताउँछन् ।

 

अपेक्षा बमोजिम रकम संकलन नभए निर्माण अलपत्र पर्दैन ? भन्ने प्रश्नमा उनले भने, ‘यो रंगशालाप्रति सम्पूर्ण नेपालीहरुमा ठूलो उत्साह र चासो रहेको पाएका छौं । यसले नेपालको क्रिकेटलाई माथि उठाउन मद्दत गर्नेमा दुई मत छैन ।’

 

‘यस्तो पवित्र कार्यमा सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीले दिल खोलेर सहयोग गर्नुहुनेछ भन्ने मैले अपेक्षा लिएको छु । कथंकदाचित रकम अपूग भयो भने सरकारले पनि सहयोग गर्ला’ कलाकार समेत रहेका धुर्मुसले भनेका छन् ।

 

नेपालले एक दिवसीय क्रिकेटको मान्यता पाएपछि गत चैतमा नै धुर्मुसले फेसबुकमार्फत अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्ने तयारी थालेका थिए । उनको टिमले उपयुक्त स्थानको खोजीमा देशका विभिन्न स्थानमा स्थलगत भ्रमण गरेको थियो ।

 

यसक्रममा भरतपुर महानगरले धुर्मुसलाई जग्गा उपलब्ध गराउने प्रस्ताव गरेको थियो । पटक–पटक अवलोकन र विश्लेषणपछि चितवनमा रंगशाला बनाउन धुर्मुस तयार भएका थिए ।

 

तर, जग्गा उपलब्ध गराउने कार्य निकै झण्झटिलो र लामो बन्यो । यसले लामो समय दिएपनि अब रंगशालाका लागि आवश्यक जग्गा प्राप्ति भएको छ । रंगलाशा निर्माणका लागि जनस्तरबाट यति ठूलो रकम संकलन गर्ने कार्य भने चुनौतीपूर्ण छ ।

 

चितवनमा बन्ने क्रिकेट रंगशाला कमलको फुल आकारको हुनेछ । यसमा २५ हजार दर्शक अट्नेछन् । बहुउपयोगी हुने यो रंगशालाभित्र फुटबल, भलिबल बास्केटबल, ब्याडमिन्टन, फिटनेस सेन्टरदेखि डन्डिबियोसम्म खेल्न सकिने छ ।

 

थ्री डी भिडियोमा रंगशालाको बाहिरी भाग पनि निकै आकर्षक देखिन्छ । बाहिरी भागमा नेपाल चिनाउने सम्पदाहरु समावेश गरिनेछ । जसमा एक सिंगे गैंडा, हात्ती, पाटेबाघ लगायत जनावरहरुको धातुको मुर्ति रहनेछन् । त्यस्तै नेपालका पर्यटकीय स्थलहरुलाई चिनाउने सामग्रीहरु पनि राखिनेछन् ।

 

खेल अभ्यासका लागि दुई वटा खेलमैदान रहनेछन् । क्रिकेट खेलाडीहरु उत्पादन गर्न एकेडेमी पनि रंगशालाभित्र रहनेछ । समग्रमा रंगशालालाई स्पोट्र्स हबका रुपमा विकास गर्ने बताइएको छ ।

क्रिकेट रंगशालामा पहिलो म्याच भारत र पाकिस्तानको : रेणु दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले चितवनमा बन्ने अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पहिलो म्याच नै भारत र पाकिस्तानबीच खेलाउने योजना प्रस्तुत गरेकी छन् । रंगशाला घोषणा कार्यक्रममा बोल्दै उनले यस्तो योजना सुनाएकी हुन् ।

मेयर दाहालले भनिन्, ‘भारत र पाकिस्तानबीच राम्रो सम्वन्ध छैन । त्यसैले उनीहरु एक-अर्को देशमा गएर क्रिकेट खेल्दैनन् । कहिले यूएई कहिले दुबईमा गएर खेल्नुपर्ने अवस्था छ । त्यसका लागि लामो दूरी पार गर्नुपर्छ । यदि छिमेकी देश नेपालमा हामीले अन्तर्राष्ट्रिय रंगशाला निर्माण गरेको खन्डमा हामी दुई ढुंगाबीचको तरुल बन्न सक्छौं ।’

 

फाउन्डेसनले रंगशाला बनाएर हस्तान्तरण गरेपछि महानगरपालिकाले यसलाई सञ्चालन गर्ने उनले बताइन् ।साथै रंगशाला निर्माणमा महानगरपालिका दिनरात जुट्ने उनको भनाइ थियो । रंगशालाका लागि महानगरपालिकाले जग्गा उपलब्ध गराएको हो । यस विषयमा आजै फाउन्डेसन र महानगरपालिकाबीच सहमतिपत्र आदानप्रदान भएको थियो ।

 

अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि साढे तीन करोड सहयोग जुट्यो

 

धुर्मुस–सुन्तली फाउन्डेसनले चितवनको भरतपुरमा निर्माण गर्न लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशालाको घोषणा कार्यक्रममै साढे तीन करोड सहयोग जुटेको छ।

बुधबार राजधानीमा आयोजित गौतमबुद्ध अन्तराष्ट्रिय रंगशाला निर्माणका लागि जग्गा प्राप्तीसम्बन्धी सम्झौता कार्यक्रममा यो सहयोग रकम जुटेको हो।  बुधबारको कार्यक्रममै एस ट्राभल्सले तीन करोड रुपैयाँ दिने घोषणा गरेको छ। साथमा अन्य संघसंस्था र व्यक्तिले समेत सहयोग घोषणा गरेका हुन्।

अहिलेसम्म अल्का अस्पतालले २५ लाख, आर एम ग्रुपले पाँच लाख , मुक्तिनाथ विकास बैंकले पाँच लाख, रविराज सिंहले ११ लाख, बद्री पंगेनीले एक लाख, मह सञ्चार र भद्रगोल टिमले एकएक लाख सहयोग गर्ने घोषणा गरिसकेका छन्।  अझै सहयोग रकम जुट्नेक्रम जारी छ। फाउन्डेसनले रंगशालाको लागत तीन खर्ब अनुमान गरेको छ।

प्रतिक्रिया दिनुहोस
पत्रकार महासंघका कार्यबाहक अध्यक्ष विष्टले दिए राजीनामा

     नेपाल पत्रकार महासंघका कार्यबाहक अध्यक्ष रमेश विष्टले राजीनामा दिएका छन् ।

उपनिर्वाचनको नतिजाले पार्टीको भविष्य निर्धारण गर्छ : राजेन्द्र पाण्डे

    नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष राजेन्द्र पाण्डेले मंसिरमा हुने स्थानीय तहको

कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी प्रकाशमानलाई

    उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्

प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान

    प्रधानमन्त्री केपी शर्मा ओली अमेरिकाको न्यूयोर्क प्रस्थान गरेका छन् । संयुक्त