बेहुलो बनेर बुहारी लिन गएको कान्छो छोरो लाश बनेर आगनमा आईपुग्यो
सानु अधिकारीको घरमा भोजका लागि सबै सामग्री तयार थिए ।
उनको छोराको विवाहको अवसरमा करिब हजार जनालाई निम्ता बाँडिएको थियो । दुलही लिन गएका ६ जन्ती चढेको बसमा करेन्ट लागेर मृत्यु भएपछि सायद अब त्यो भोज हुने छैन ।
कान्छो छोराको विवाहले ६० वर्षीया सानु औधि खुसी थिइन् । शुक्रबार बिहानै घरभरि निम्तालुको भीड थियो । भीडभाडमै सानुले छोरा रामवरणलाई शृंगारपटार गरेर बेहुलो बनाई पठाइकी थिइन् ।
झन्डै दुई सयको संख्यामा जन्तीलाई धनुषा बेहुली लिनका लागि बिदा गरिन् । छोरा बेहुली लिएर घर आउने प्रतीक्षामा थिइन् । घरमा नाचगान चल्दै थियो ।
तर सानुको दिनभरिको खुसी साँझ बिजुलीको तार टुटेजस्तै टुट्यो । बेहुली लिएर घर फर्कंदै गर्दा जन्ती लिएर आउने छोरा घर आउनुभन्दा अगाडि जन्तीबस करेन्ट लागेर ६ जनाको मृत्युको खबरले सानुको खुसी क्षणभरमै पीडामा फेरियो ।
अधिकारी परिवारले विधिवत् रूपमा बेहुली भित्र्याउने काम अहिलेसम्म भएको छैन । गाउँका ६ जनाको मृत्यु भएपछि अहिले जितपुर गाउँ शोकमा डुबेको छ । झन्डै हजार जनालाई खुवाउने भोजका लागि तयार गरिएको ७ वटा खसी, चामल, चिउरा, तरकारी र अन्य सामग्री भण्डारमै छ ।
कान्छो छोराको बिहे भएकाले धुमधामसाथ भोज गर्ने सपना भए पनि दु:खद् घटनाका कारण गर्न नसकेको रामप्रसादले बताए ।
‘धुमधामसँग छोराको विवाह गर्ने काम पूरा हुन सकेन । आफन्त गुमाउनुको पीडा खपिनसक्नु छ,’ उनले भने, ‘६ बहिनी छोरी र जेठो छोराको विवाहमा गर्न नसकेको रमाइलो कान्छो छोराको बिहेमा गर्ने कुरा थियो ।’
सिन्धुली फर्कंदै गरेको बेला धनुषाको सबैलामा लत्रिएको तारमा जन्ती चढेको बसले छोएपछि करेन्ट लागेको थियो । घटनास्थलमा ६ जनाको मृत्यु र दर्जन बढी घाइते भए । घटना भएको चार दिनपछि पनि गाउँ शोकमा छ ।
‘घटना भएपछि गाउँमा उज्यालो नै भएको छैन,’ स्थानीय भरत अधिकारीको भनाइ छ ।ब्रह्मलाल अधिकारीका नाति सुरज र नातिनी लीलाको मृत्यु भएको छ । गाउँका अगुवा रामबाबु अधिकारीको मृत्युले सबैलाई पिरोलेको छ । जितपुरका बासिन्दाका लागि उनी अभिभावक थिए । बिजुलीको लत्रिएको तारले बस छोएपछि एक्कासि करेन्ट लाग्यो ।
‘पहिले झड्का लाग्दा नै पूरै भूकम्प गएजस्तो भयो । त्यसपछि कोही बेहोस भए, कोही चिच्याउन थाले,’ भरतले भने, ‘धनुषा जाने बेला बिहान जाँदा पनि बिजुलीको तार उचाल्दै बेहुलीको घर पुगेका थियौं ।’ रातिमा बिजुलीको तार नदेखिएकाले बसमा करेन्ट लागेको उनको भनाइ छ ।
धनुषाको सबैला नगरपालिकाको केठिया बल्टियाका रामभरोस कुँवरकी २२ वर्षीया छोरी सरस्वती कुँवरसँग रामवरणको विवाह गर्ने तय भएको थियो । दिनभरि दनुवार परम्परा, संस्कार र संस्कृतिअनुसार रामवरण र सरस्वतीको विवाह कार्यक्रम भयो ।
विभिन्न विधिअनुसार विवाह भइरहेको थियो । अझै दुईवटा विधि बाँकी थियो । त्यसका लागि ढिला हुने भएकाले जन्तीलाई विवाह कार्यक्रम नसकिँदै बिदा गरी पठाइएको थियो । दुईमध्ये एक बसमा फर्कंदै गरेका जन्तीमध्ये एउटा बसमा करेन्ट लाग्यो ।
‘पहिलो झटका लाग्दै बसका चालक टेकबहादुर खत्री गाडी छोडेर भागे’ दुलहाका भाइ भरतले भने, ‘पहिलो झड्का लागेपछि बिजुली बन्द भयो, ड्राइभर भागे र कोही चिच्याउँदै बसबाट ओर्लिए । केही भित्रै ढले ।’
बेहुलीको घरबाट बिदा भएर केही पर नपुग्दै जन्ती चढेको ना५प १७५२ नम्बरको बसमा करेन्ट लाग्यो । घटनामा मृत्यु हुनेहरूमा ४५ वर्षीय रामबाबु अधिकारी, १९ वर्षीया लीलाकुमारी अधिकारी, २१ वर्षीया पूजा अधिकारी, १० वर्षीय सुरज अधिकारी, ८ वर्षीय आक्रोश अधिकारी र धनुषा सबैलाकी ६५ वर्षीया केशमदेवी कुँवर रहेका छन् । हाल उनीहरूको काजकिरिया चलिरहेकाले विवाहको सबै काम बन्द छ ।
‘चालकले लापरबाही गर्दा बसमा करेन्ट लाग्यो,’ बेहुलाका ६४ वर्षीय बुवा रामप्रसाद अधिकारीले भने, ‘बिहान बिजुलीको तार लत्रिएको देखेका थियौं, बेलुका चालकले ख्याल गरेनन् ।
चालकले मादक पदार्थ सेवन गरेकाले जबरजस्ती गर्यो,’ उनले भने, ‘जथाभावी नांगो तार छोडेर विद्युत् प्राधिकरणको लापरबाहीले गर्दा दु:खद् घटना भयो ।’
दिमाग तेज बनाउन देखि आँखाको रोशनी बढाउनसम्म अमलाका ७ फाइदाहरू

अमला प्रकृतिले निःशुल्क उपहार दिएको बहुगुणी फल हो । अमलामा प्रसस्त मात्रामा भिटामिन सी पाईन्छ । अमला खानाले आँखाको रोशनी बढ्नुका साथै बच्चाको झाडापखाला समेत निको पार्छ । आयुर्वेदिक दृष्टिकोणले पनि अमलाको अति नै महत्व छ । अमलामा रहेको तत्वले दिमाग तेज बनाउँछ । त्यसैगरी छालाको समस्याबाट दूर राख्छ । यसका अलावा अमलाको अन्य धेरै फाइदाहरु छन् ।
आउनुहोस् हामी अमलाको फाइदाबारे जानकारी गराउँदैछौ ।
१. कपाल टुक्रनबाट रोक्छ:
अमला कपालको लागि अति नै फाईदाजनक छ । अमलाले कपाल बाक्लो, कालो र चम्किलो बनाउँछ भने टुक्रनबाट पनि रोक्छ । अमला खानुका साथै कपालमा कुटेर लगाउनाले अति नै राम्रो गर्छ । यसले ९० प्रतिशत कपाल टुक्रनबाट रोक्छ ।
२. आँखाको ज्योति बढाउँछ:
अमलाले आँखाको ज्योति बढाउन सहयोग गर्छ । अमलाको नियमित सेवनले रतन्धो हुन दिँदैन । अमलाको जुसमा थोरै मह मिसाएर पिउनाले आँखालाई एकदमै फाईदा गर्छ ।
३. रोग प्रतिरक्षात्मक प्रणाली मजबुत बनाउँछ
अमलामा क्याल्सियम, प्रोटिन भिटामिन, मिनरल्स लगायतका विभिन्न पोषक तत्वहरु हुन्छ । यसले शरिरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यसको नियमित सेवनले शरिरको सेल बढाउँछ र स्फुर्त राख्छ । अझ महिलामा देखा पर्ने विभिन्न शारिरीक समस्याबाट मुक्त राख्न अमलाले विषेश भूमिका खेल्छ । यसले विभिन्न इन्फेक्सनबाट पनि टाढा राख्छ । रक्त सञ्चालन गराउँछ र मुटु सम्वन्धी रोग लाग्नबाट पनि बचाउँछ ।
४. डायविटिज रोगीको लागि अति उपयोगी
अमलाले ब्लड सुगर नियन्त्रण गर्छ । डाक्टरले समेत डायविटिजको विरामीलाई अमला खान सल्लाह दिन्छन् । अमलालाई मुर्रबा, जुस, अचार जे बनाएर पनि खान सक्नुहुन्छ । यसले मेटाबोलिज्म बढाएर शरिरमा तागत दिन्छ । यसमा फाईबर हुन्छ जसले पाचन प्रणालीलाई मजबुत बनाउँछ । अमला खाँदा कब्जीयत, अपच डाइरिया जस्ता समस्याहरु हटेर जान्छ ।
५. शरिरको विषालु पदार्थ निकाल्छ
अमलामा पानीको मात्रा पनि हुन्छ यसले पिसाव सम्वन्धी समस्या हटाएर जान्छ । त्यसैगरी अमलाले अनावश्यक नुन, एसिडलाई पनि पिसावको माध्यमबाट बाहिर निकाल्छ । जसको कारण युरिक एसिड, किड्नीको समस्या हटेर जान्छ ।
६. अनावश्यक बुढोपना हटाउँछ
कोही कोही मानिस उमेरै नपुगी बुढो देखिन्छ । यदि यस्तो हो भने अमलाको सेवन गर्दा राम्रो हुन्छ । अमलाको नियमित सेवनले चाउरिएको अनुहार फुकाउँछ र बुढ्यौलीपना देखाउँदैन ।
७. अनिद्रा हटाउँछ
अमलाको सेवनले निद्रा नलाग्ने समस्या हटेर जान्छ


