आफ्नो थर छोडी पराइ को थर सग आफ्नो नाम जोडेको दिन तिमी सन्सार कै राम्री बनिथेउ दिदी….



 

आफ्नो थर छोडी पराइ को थर सग आफ्नो नाम जोडेको दिन
तिमी सन्सार कै राम्री बनिथेउ दिदी….

सायद आँखा मा लगाएका ती गाजल ले होला..तिम्रा आँसु झरे झै
लाग्दै थियो…
मैले नै रोजि दिएको त्यो रातो रुमाल ले कसैले नदेख्ने गरि पुछी हालेउ…

आफ्नो दैलो छोडी पराइ घर को दैलो टेक्न पुग्दा…
बिहानै चार बजे उठेर रातो माटो ले पोति दिने हाम्रो घर को दैलो
आजकल फिक्का भएको छ !

चार्ड पर्व मा घर अगाडि को मन्दिर जादा…तिमी ले टिपि रहने त्यो रातो फुल आजकल फुल्न छोडेको छ !! मलाइ टिप्ने त्यो फुल कता गयो आजकल भनी….

पल्ला घर कि काकी ले आगन लिपि रहदा…तिम्रो झझल्को ले बा एकोहोरो हेर्दै हुनु हुन्थ्यो…
सायद सम्झे होलान ती दिन…जुन दिन तिमी ” अब एक छिन नहिड्नु है बा भर्खर लिपेको छु ” भन्दै सम्झाउथ्येउ…

कहिले काहीँ साझ मा ढोका बाट पल्ला घर कि काकी भित्र छिर्दा
तिम्रै झल्को ले सताइ रहन्थ्यो…
तिमी ले धोइ दिने मेरो त्यो पुरानो सर्ट र बा को त्यो मैलो टोपी मैले
आफै धोएर डोरि मा झुन्डाइ दिदा…
छोरी आएकी हो र भन्दै भित्र बाहिर हेर्नू हुन्छ बुबा…

तिमी सजिलै चड्ने त्यो खस्रु को रुख आजकल सेउला ???टन्नै भरिएको छ…
जसरी तिमी पराइ घर मा गएर पराइ घर भरी खुसी भरी दिएउ…

तिम्रै हात ले काटी दिएर मुठ्ठा बनाइ दिएको त्यो सेउला को भारी
आजकल म एक्लै बोक्ने गर्छु !! गरुङो भएको दिन मर्छु कि जस्तो हुन्छ !!
पछाडी बाट ” भाइ खै एक मुठो ले यता म बोकि दिन्छु भन्छौ कि जस्तो लाग्छ”

एक्कासि यी भ्रम सबै यथार्थ मा बलदिन्छ्न…अनि मन भारी हुन्छ…

घर उज्यालो हुन बत्ती नै आउनु पर्ने कहाँ हो र
चार्ड पर्व मा भाइ मलाइ लिन अलि तल सम्म आइज है भन्दा..
घन्टौ को बाटो म एकै छिन मा पार गर्थ्ये.. र तिम्रो आगमन सगै
हाम्रो घर झिलिमिली हुन्थ्यो…

दुनियाँ ले छोरा पाउनु भाग्य हो भनी रहदा…
साझ को बत्ती बाली दिने छोरी पराइ भै दिदा….
भाइ का गल्ती लाई सुल्झाइ दिने दिदी पराइ भै दिदा…
आमा को चोली लगाइ दिने छोरी पराइ भै दिदा….

घर को कुना मा बुबा एक्लै बसेर भन्दै हुनु हुन्थ्यो…
” छोरा भाग्य ले हो भने छोरी शौभाग्य ले हो”

आफ्नो थर , आफ्नो जन्म घर , छोडी जादा…
शौभाग्य भित्र र बाहिर गर्ने हाम्रो घर को दैलो…

तिम्रो पाइला को प्रतीक्षा मा कुरि बसि रहेछ दिदी..
ती पाइला जस्ले जन्म घर लाई माइती बनाइ
कर्म थलो प्रवेश गरे….

एलिसा राई भन्छिन् : “आर्मी स्टाइलमा छोटो कपाल काटेको पुरुष एकदमै मन पर्छ”

पछिल्लो समय नेपाली चलचित्र नगरीमा लोकप्रिय नाम हो नायिका तथा मोडेल एलिसा राई। चलचित्र लुट २ को ठमेल बजारबाट एकाएक चर्चित बन्न पुगेको यि सुन्दरीको छविलाई नाई मलाई थाहा छैन नामक गितले चर्चाको शिखरमा पुर्‍याएको थियो। सुन्दर तथा चञ्चले स्वभावकी एलिसा राईलाई आज हामीले कस्तो किसिमको पुरुष मन पर्छ भनेर प्रश्न सोधेका थियौ ।

हेरौ उनको जबाफः

हेर्दा साधारण देखिने पुरुष नै मलाई सुन्दर लाग्छ । ज्यान पनि ठिक्कको होस्, न मोटो न पातलो । लुगा लगाउँदा पनि चट्ट मिलेको देखियोस् । आर्मी स्टाइलमा छोटो कपाल काटेको पुरुष एकदमै ह्यान्डसम लाग्छ । पुरुषले नाना थरीका हेयर कलर गरेको चाहिँ मन पर्दैन ।

धेरै झुसे पाराले दाह्रीजुँगा पालेको पनि मन पर्दैन । दाह्री भए पनि अनुहारलाई सुहाउने खालको होस् भन्ने लाग्छ । गोलो अनुहार, गहुँगोरो वर्ण भएको पुरुषलाई म सुन्दर पुरुष मान्दछु ।

चिम्से अथवा ठूला नभई आँखाको आकार ठिक्कको होस् । आँखीभौँ धेरै बाक्लो नहोस् र जोडिएको पनि नहोस् । आँखाको रङ हलुका नहोस् । खैरो, कालो जुन रङ भए पनि गाढा होस् । नाक न थेप्चो होस् न चुच्चो ठिक्कको नै राम्रो लाग्छ । पुरुषले धेरै फेसनेबल लुगा लगाएको पनि त्यति मन पर्दैन ।

साधारण सर्ट, प्यान्ट लगाएर हिँड्ने तर हेर्दा जेन्टल देखिने होस् । राम्रो र सफा लुगामा ठाँटिएर हिँड्ने पुरुषमा मेरा आँखा अडिन्छन् । कानमा सानो टप लगाएको पुरुष पनि खूब मन पर्छ । धेरै अग्लो वा होचोभन्दा सामान्य उचाइको पुरुष सुन्दर लाग्छ ।

प्रतिक्रिया दिनुहोस
माओवादीले आज काठमाडौंमा खबरदारी सभा गर्दै

    नेकपा माओवादी केन्द्रले आज काठङ्गाडौंमा मा खबरदारी सभा गर्दैछ । सरकारका

दाङमा जिप दुर्घटना,२ जनाको मृत्यु, ३ घाइते

    दाङमा जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने ३

माइतीघरमा राष्ट्रिय स्वतन्त्र पार्टीको प्रदर्शन

    पूर्वगृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने पक्राउविरुद्ध कार्यकर्ताले काठमाडौं

ओली जी दुई, म डेढ वर्ष प्रधानमन्त्री : देउवा

    सत्ता गठबन्धन घटक नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको