बन्ने भो चितवनमा अन्तराष्ट्रिय क्रिकेट रंगशाला, आज प्रधानमन्त्रीले औपचारिक घोषणा गर्दै



हाम्रो इकोनोमि

 

चितवनमा बन्ने गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माणको आज औपचारिक घोषणा हुदैछ । काठमाडौंको राष्ट्रिय सभा गृहमा एक विशेष कार्यक्रमका विच प्रधानमन्त्री केपी शर्मा ओलीले सो रंगशालाको घोषणा गर्नलाग्नु भएको हो ।

 

धुर्मुस सुन्तली फाउण्डेसनको नेतृत्वमा चितवनको भरतपुर महानगरपालिका रामपुरमा रहेको रामपुर कृषि तथा वन विश्वविद्यालयको २० बिघा जमिनमा ३० हजार दर्शक क्षमताको अत्याधुनिक सुविधासम्पन्न रंगशाला निर्माण हुन लागेको हो । प्रधानमन्त्री ओली, नेकपा अध्यक्ष तथा चितवनका सांसद पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतले अभियानमा ऐक्यबद्धता जनाउँदै रंगशाला निर्माणको घोषणा गर्नुहुनेछ ।

 

रंगशाला निर्माणको घोषणा भएसँगै देश विदेशबाट सहयोग संकलन सुरु गरिने फाउण्डेसनका अध्यक्ष सिताराम कट्टेल धुर्मुसले जानकारी दिनुभयो । रंगशाला निर्माणका लागि २० बिघा आठ कठ्ठा जग्गा धुर्मुस—सुन्तली फाउन्डेसनलाई उपलब्ध गराइएको छ। रंगशाला निर्माणको लागि करिब तीन अर्ब रुपैयाँ खर्च हुने अनुमान गरिएको छ। सहमतिपत्रमा हस्ताक्षर भएपछि ६ महिनाभित्र निर्माणकार्य अगाडि बढाई त्यसको दुई वर्षभित्र काम सम्पन्न गरेर महानगरपालिकालाई हस्तान्तरण गरिने योजना छ।

रंगशाला निर्माण हुने स्थल

 

भरतपुर महानगरपालिकाकी मेयर रेणुदेवी दाहालको सक्रियतामा वन विश्वविद्यालयको जग्गा उपलब्ध गराएर पहिलो सुविधासम्पन्न रंगशाला चितवनले पाउन लागेको हो । रंगशाला निर्माणको लागि धुर्मुस–सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल र भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले बुधबार रंगशाला निर्माणसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गर्दै हुनुहुन्छ । धुर्मुसले नेपाली मौलिकता झल्कने रंगशाला बनाइने जानकारी दिनुभयो । रंगशाला बनेपछि यसलाई न्युट्रल भेन्यूको रुपमा पनि विकास गर्न सहज हुनेछ ।

प्रतिक्रिया दिनुहोस
संसदको दुवै सदनको चालू अधिवेशन अन्त्य

     राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको चालू अधिवेशन अन्त्य गरेका छन् ।...

अडियोमा बोल्ने मान्छेहरूसँग मेरो चिनजान छैन : कृषि मन्त्री

    कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको...

वडा अधिवेशनमा सहभागी हुन देउवाको आह्वान

    नेपाली कांग्रेसका निवर्तमान सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १५औँ...

सरकारले सामाजिक सञ्जालका सामग्रीहरूको तथ्य जाँच गर्छ : सञ्चारमन्त्री

    सरकारले सामाजिक सञ्जालमा सम्प्रेषित सामग्रीहरूको तथ्य जाँच गर्ने भएको छ ।...