पशुपति नाथको दर्शन गर्दे आज माघ १६ गते बुधबारको राशिफल पढौ, भेटी स्वरुप एक सेयर गरौं



हाम्रो इकोनोमि

 

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ 

सामान्य काममा धन र श्रम खर्चनुपर्ला। समस्याप्रति गम्भीर नबन्दा दुस्ख पाइनेछ। कामको चाप बढ्नेछ भने शरीरमा कमजोरी तथा आलस्य अनुभूति हुनेछ। स्वास्थ्यका लागि व्यायाम तथा आहारविहारमा ध्यान पुर्याउनुहोला। गोपनीयता बाहिरिनाले अप्ठ्यारो पर्ला। सहयोगीहरू पछि हट्नेछन् भने आफ्ना कमजोरीको फाइदा अरूले उठाउन सक्छन्।

 

बृष ( इ, उ, ए, ओ, बा, बि, बु, बे, बो 

माइलो यात्रा गर्ने अवसर जुर्नेछ। मन मिल्ने साथी भेटिनुका साथै प्रेम र मित्रताको बन्धन कसिन सक्छ। कामको चापबाट फुर्सद पाइनेछ। व्यवसायले मनग्गे आम्दानी दिलाउनेछ। विभिन्न सहयोग र उपहार प्राप्त होला। तारिफयोग्य काम सम्पादन हुनेछ। परिवारजनको साथले नयाँ आशा जगाउनेछ। अतिथिका रूपमा मानसम्मान समेत प्राप्त हुनेछ।

 

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, ह 

शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। व्यापारलगायत आर्थिक लाभ हुने काममा मनग्गे फाइदा हुनेछ। रोकिएका काम बन्नाले नयाँ कामतर्फ अग्रसर भइनेछ। मिहिनेतले राम्रै प्रतिफल दिलाउनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। पहिले ईर्ष्या गर्नेहरूले नै सहयोग गर्न थाल्नेछन्। थोरै भए पनि दिगो लाभ हुने काम प्रारम्भ हुनेछ।

 

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो 
ऋबलअभचप्रयत्न गर्दा चिताएका काम सम्पादन हुनेछन्। सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन तथा कृषि क्षेत्रबाट राम्रो लाभ मिल्नेछ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे 

हिस्सेदारसँग असमझदारी बढे पनि नयाँ सम्झौता हुन सक्छ। स्थायी सम्पत्तिमा देखिएको विवाद सुल्झाउन सकिनेछ। शुभचिन्तकहरूको साथ जुट्नाले चिताएका काम सम्पादन हुनेछन्। प्रक्रिया दोहोर्याउनुपरे पनि अन्ततस् आफैंलाई फाइदा हुनेछ। भौतिक साधन जुट्नाले जीवनशैलीमा पनि परिवर्तन आउनेछ। अनावश्यक साइनो गाँस्नेहरूबाट भने सावधान रहनुहोला।

 

कन्या ( टो, प, पि, पु, ष, ण, ठ, पे, पो 

काममा मिहिनेतको फल प्राप्त हुनेछ। प्रयत्न गर्दा राम्रै अवसर जुट्नेछ। साथीभाइले राम्रै सहयोग जुटाउनेछन्। पछिसम्म लाभ हुने काम प्रारम्भ गर्ने समय छ। भौतिक साधन जुट्नाले दिगो योजना प्रारम्भ होला। व्यापारमा पनि मनग्गे धनलाभ हुनेछ। सेवामूलक कामबाट प्रतिष्ठा पाइनेछ। तर मनोरञ्जनमा अलमलिनाले महत्त्वाकांक्षी काममा बाधा हुन सक्छ।

 

तुला ( र, रि, रु, रे, रो, ता, ति, तु, ते

अवसर प्राप्त भए पनि अरूको भरपर्दा प्रभावकारी काम नहुन सक्छ। आत्मविश्वासको कमीले काममा पछि परिनेछ। शुभचिन्तकहरूको भावनालाई बेवास्ता गर्दा दुस्ख पाइनेछ। खर्च हुने डरले सताउन सक्छ। आफ्ना सूचनासम्बन्धी गोपनीयतामा ध्यान पुर्याउनुहोला। बुद्धिको उपयोगले केही काम सम्पादन हुनेछन्। मिहिनेतले विद्या तथा धन आर्जन गर्न सकिनेछ।

 

बृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु 

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला।

धनु ( ये, यो, भ, भि, भु, ध, फा, ढ, भे 

समयमा होस नपुग्नाले आफ्नाबाटै टाढिनुपर्ने स्थिति आउन सक्छ। घरखर्च बढ्नुका साथै अर्थ अभाव देखा पर्नेछ। तापनि विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। अवसरको खोजीमा केही दौडधुप गर्नुपरे पनि मिहिनेतको प्रतिफल प्राप्त हुनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको कामसमेत सम्पादन हुन सक्छ। पहिले प्रतिस्पर्धा गर्नेहरूले पनि साथ दिनेछन्।

 

मकर ( भो, ज, जि, खि, खु, खे, खो, गा, गि 

आयआर्जनका स्रोत बढ्नेछन् भने उठ्नुपर्ने रकम हातलागी हुनेछ। कृषि, पशुपालन तथा व्यापारमा मनग्गे लाभ हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुन सक्छ। अध्ययनमा राम्रै प्रगति हुनेछ। नयाँ ज्ञान सिक्ने समय छ। सञ्चित धनको उपयोगबाट विशेष फाइदा हुनेछ। श्रमको उचित मूल्यांकन होला। मिहिनेतले आम्दानी बढाउनेछ। दिन उत्साहवर्द्धक रहनेछ।

 

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, द

तारिफयोग्य कामले धेरैको मन जित्न सकिनेछ। गुमेको स्थान प्राप्त हुनुका साथै समाजमा आफ्नो वर्चस्व बढ्नेछ। विशेष भेटघाटले काममा उत्साह बढाउला। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। आँटले कीर्तिमानी दिलाउनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। व्यवसायमा फाइदा हुनेछ।

 

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, च, चि 

आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइए पनि काम सम्पादन गर्न सकिनेछ। प्रयत्न गर्दा जिम्मेवारी पाइनेछ र काम बन्नेछन्। तारिफयोग्य कामको चर्चा हुनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। मिहिनेतले विशेष स्थान दिलाउन सक्छ। दिगो काममा जग बसाउने अवसर जुट्नेछ। विशिष्ट व्यक्तिहरूसँग मित्रता बढ्न सक्छ।

 

नेपाली पात्रो

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...