प्रचण्डको भेनेजुएला बिज्ञप्तीमा माधव नेपालको ड्राफ्ट ! प्रधानमन्त्री ओली धर्म संकटमा



हाम्रो इकोनोमि

 

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरो पक्ष र अमेरिकाका विपक्षमा विज्ञप्ती निकाल्दा नेकपाका शिर्ष नेताहरुसँग छलफल गरेको तथ्य खुलेको छ । भेनेजुएलाका बिषयमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली मौन छन् भने पार्टीभित्र र कुटनीतिक क्षेत्रमा बिज्ञप्तीको बहस भइरहेको छ ।

 

पार्टी अध्यक्ष प्रचण्डले हतारमा बिज्ञप्ती निकालेको भन्दै पार्टीभित्र एकथरीले आलोचना पनि गरिरहेका छन् । ‘पार्टी अध्यक्ष एवं प्रधानमन्त्री बाहिर भएको बेला हतारमा बिज्ञप्ती निकाल्न हुँदैन्थ्यो’ नेकपा स्थायी कमिटी सदस्य रघुजी पन्तले भने ।

 

तर अध्यक्ष प्रचण्डले वरिष्ठ नेता माधव नेपाल, झलनाथ खनाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठसँग छलफल गरेर बिज्ञप्ती निकालेको तथ्य खुलेको छ । १० माघमा ललितपुरमा बसेको पाँच नेताको बैठकले भेनेजुएलाका कम्यूनिष्ट राष्ट्रपति र त्यहाँको आन्तरिक मामिलामा अमेरिकाले हस्तक्षेप गरी दादागिरी गरेको निस्कर्ष निकालेका थिए । नेपालले पनि आफ्नो धारणा सार्वजनिक गर्नुपर्ने सुझावपछि प्रचण्डले ११ माघमा बिज्ञप्ती निकालेका थिए ।

 

‘बिज्ञप्ती नै त्यही तयार भएको हो’ नेकपाका एक नेताले भने ‘तयार भएको विज्ञप्ती माधव नेपाल र नारायणकाजीले हेर्नुभएको थियो ।’ बिज्ञप्ती निकालेर नेकपाका नेताहरुले चीन र रुसको पक्षमा आफुहरुलाई उभ्याए भने प्रधामन्त्री केपी शर्मा ओलीलाई अप्ठेरोमा पारिदिए । पाँच नेताको सल्लाहमा निस्केको बिज्ञप्तीले प्रधानमन्त्री केपी शर्मा ओली अप्ठेरामा पारिदिएको छ । अमेरिकी दूतावासले सरकारको औपचारिक धारणा मागेपछि सरकारले पनि भेनेजुएलाका बिषयमा आफ्नो धारणा सार्वजनिक गर्न बाध्य भएको छ ।

 

‘सरकारले यो बिषयमा आफ्नो धारणा सार्वजनिक गर्दैछ’ परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली निकट स्रोतले भन्यो ‘पार्टीका तर्फबाट निकालेको बिज्ञप्ती र सरकारको बिज्ञप्ती एकै नहुँन पनि सक्छ ।’ अमेरिकी दूतावासले सरकारको धारणा मागेपछि प्रधानमन्त्री ओलीले पार्टीका नेताहरुसँग छलफल गरिरहेका छन् । नेताहरुसँगको छलफलपछि सरकारले आफ्नो धारणा बाहिर ल्याउने तयारी गरेको छ ।

 

प्रचण्डले निकालेको बिज्ञप्तीलाई लिएर कुटनीतिक क्षेत्रका ब्यक्तिहरुले पनि असन्तुष्टी जनाएका छन् । बिज्ञप्तीमा उल्लेखित भाषा कुटनीतिक मर्यादाभन्दा बाहिर र विद्राही नेताको अभिब्यक्ति जस्तो भएको टिप्पनी गरेका छन् । आइतवार सार्वजनिक विदाकै दिन अमेरिकी दूतावासले पत्र लेखि धारणा मागेको छ । दूतावासको धारणाले प्रधानमन्त्रीलाई धर्मसंकटमा फसाएको छ भने नेपाल र अमेरिकाबीचको सम्बन्धमा पनि तुसारापात भएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...