अनुहारमा क्रिमको प्रयोग गर्दा ध्यान दिनुस् यी कुरा



हाम्रो इकोनोमि

 

सुन्दर छालाको लागि दाग, धब्बा हटाउन जरुरी हुन्छ। यसका लागि दैनिक क्रिमको प्रयोग गरिन्छ ।

महिला होस् वा पुरुष, सबैले क्रिमको प्रयोग गर्छन्।

अनुहारका हरेक समस्या समाधानका लागि बजारमा कैयौँ क्रिम उपलब्ध छन् ।

क्रिमले छालालाई मोस्चराइज मात्र गर्दैन, रङमा समेत परिवर्तन ल्याउँछ ।

तर, कैयौँ यस्ता क्रिम हुन्छन् जसले छालाको समस्या समाधान गर्नुको साटो झन् बल्झाउँछन् ।

त्यसैले क्रिम छनोटमा सजग हुन आवश्यक हुन्छ।

स्टेराइड

छालामा प्रयोग गरिएको क्रिमले तत्काल प्रभाव जमाओस् भन्ने उद्देश्यले प्रायः सबै क्रिममा स्टेराइडको प्रयोग गरिएको हुन्छ ।

तर, यस्तो पदार्थले अनुहारमा स्कार्स, पिम्पल्स, एलर्जी, दाग, धब्बा बनाउने काम गर्छ । यसका अरू पनि थुप्रै साइड इफेक्ट हुन्छन् ।

यसले स्किनभन्दा माथि लेयर बनाउनेसमेत काम गर्छ । यस्तो पदार्थ फेयरनेस क्रिममा बढी प्रयोग गरिन्छ । त्यसैले स्टेराइड कम प्रयोग भएका क्रिम खरिद गर्न आवश्यक हुन्छ।

प्रेजर्भेटिभ

क्रिममा भएको प्रेजर्भेटिभका कारण छालामा खतरनाक रियाक्सन हुन्छ । किनकि, यसमा पेराबेन हुन्छ । जसले स्किनमा रातो धब्बा, एलर्जीलगायतका समस्या निम्त्याउने गर्छ । त्यसैले सधैँ पेराबेन फ्री क्रिम प्रयोग गर्न आवश्यक हुन्छ ।

फ्रेगरेन्स

क्रिममा मिश्रण गरिएको फ्रेगरेन्सले एट्र्याक्टिभ देखाउने गर्छ । तर, यसबाट बच्न जरुरी छ । त्यसका लागि हाइपो एलर्जिक लेखिएको क्रिम प्रयोग गर्नुपर्छ । यसका साथै फ्रेगरेन्स फ्री क्रिम या प्रडक्ट प्रयोग गर्नुपर्छ । यस्ता क्रिम प्रयोग गर्दा छालाको लेयर ड्यामेज हुन थाल्छ । र, छालामा कुनै असर पर्दैन।

हाइड्रोक्युनान

छालाको रङमा निखार ल्याउन क्रिममा ब्लिचको प्रयोग गरिन्छ । तर, यस्तो प्रडक्ट लामो समय प्रयोग गर्दा छाला उल्टै कालो हुन थाल्छ । यसैको कारण हो जापान, अस्टेलिया र युरोपमा ब्लिचिङ क्रिम प्रडक्ट ब्यान्ड गरिएको । स्किन निकै सेन्सिटिभ हुने भएकाले राम्रोसँग जाँच गरेर मात्र क्रिमको प्रयोग गर्न आवश्यक हुन्छ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...