३८ क्वीन्टल सुन तस्करीका सहयोगी श्यामकृष्ण श्रेष्ठले १४ करोड ६१ लाख भ्रष्टाचार गरेको आरोपमा पक्राउ



 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थल भन्सारका एक रेडियो अपरेटरविरुद्ध १४ करोड रुपैयाँ भन्दा बढीको ‘अकुत’ आर्जनसम्बन्धी मुद्दा चलाएको छ।

 

अख्तियारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सारमा लामो समयदेखि रेडियो अपरेटर (सुनको जाँच गर्ने मेशिन चलाउने) का रुपमा कार्यरत श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध १४ करोड ६१ लाख २४ हजार रुपैयाँको अकुत मुद्दा चलाएको हो  ‘श्रेष्ठले १४ करोड ६१ लाख २४ हजार रुपैयाँ गैरकानुनी सम्पत्ति (अकुत) आर्जन गरेको अभियोगसहित विशेष अदालतमा मुद्दा दर्ता भएको हो।

 

श्रेष्ठको आम्दानी

२०५३–१२–०५ देखि अनुसन्धान अवधिसम्ममा श्रेष्ठको पारिश्रमिक बचत १८ लाख १६ हजार ९४८ भएको छ। उनले निजी तथा सगोलसदस्यको नाममा विभिन्न बैंक तथा वित्तीय संस्थाका नामबाट कर्जा लिएको देखिन्छ। उनले लिएको कर्जा रकम तीन करोड ४७ लाख ७६ हजर चार सय ३९ रुपैयाँ रहेको छ।

 

ज्ञानकृष्ण श्रेष्ठले अवकाश हुँदा लिएको औषधी उपचार सुविधा तीन लाख ७३ हजार ३६९ रुपैयाँ रहेको छ। उनको तलब  ज्ञानकृष्ण श्रेष्ठको तलब २० लाख ४६ हजार ७०९ रुपैयाँ रहेको छ भने पेन्सन १० लाख ३६ हजार ९९५ रुपैयाँ रहेको छ। श्रेष्ठले विदेश भ्रमण गरी प्राप्त गरेको ६० हजार दुई सय २५ रुपैयाँ देखिन्छ भने सन्ध्या श्रेष्ठको पारिश्रमिक तीन लाख ७६ हजार ८१ रुपैया रहेको छ।

 

रामकृष्ण श्रेष्ठको पारिश्रमिक बचत १४ लाख ३९ हजार ८६७ रुपैयाँ छ। उता रविना प्रधानांगको पारिश्रमिक बचत १२ लाख ६१ हजार चार सय २१ रुपैयाँ रहेको छ।

 

तारादेवी श्रेष्ठको पारिश्रमिक बचत पाँच लाख ३३ हजार ६ सय ७५ रुपैयाँ देखिन्छ भने जग्गा बिक्रीबाट दुई करोड ७९ लाख ७३ हजार ६ सय ८३ रुपैयाँ रकम जम्मा भएको देखिन्छ। उता फ्ल्याट बिक्रीबाट एक करोड ५७ लाख ८७ हजार ३२० रुपैयाँ जम्मा भएको देखिन्छ र घरबहाल आयबाट ३४ लाख रुपैयाँ प्राप्त गरेको देखिन्छ।

 

च्वामु श्रेष्ठले पदमा रहेर प्राप्त गरेको कमिसन नौ हजार सात सय ८० रुपैयाँ मात्र हो उनले  सवारी साधनहरु बिक्रीबाट ५४ लाख १६ हजार तीन सय १० रुपैयाँ गरी उनले वैधानिक रुपमा नौ करोड ६३ लाख आठ हजार ८ सय २७ आर्जन गरेको देखिन्छ।

 

च्वामु श्रेष्ठले निजकी जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा आफूले गैर कानूनी रुपमा आर्जन गरेका सम्पत्ति बदनियत साथ राखेको तथा लुकाएको अख्तियारले दाबी गरेको छ।  नेपाल सरकारको जुनियर कर्मचारीका रुपमा कार्यरत रहेर पनि श्रेष्ठले करोडौँ अवैध सम्पत्ति जोडेको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

 

अनुनुसन्धानबाट उनले आफू र आफ्नो परिवारको नाममा समेत सम्पत्ति लुकाएको भेटिएपछि हदैसम्मको सजाय माग राखेर अख्तियारले मुद्दा चलाएको हो।  उनलाई भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० (२) अनुसार दुई वर्षसम्म कैद, भ्रष्टाचार वापतको चल अचल सम्पत्ति सबै जफत र १४ करोड ६२ लाख रुपैयाँ बराबर नै जरिवाना गर्न अभियोग पत्रमा अख्तियारले माग गरेको छ।

 

लगानी कताकता ? 
उनले २०५३ देखि अनुसन्धान अवधिसम्ममा जग्गा खरिदमा दुई करोड ४६ लाख ३९ हजार तीन सय २५ रुपैयाँ खर्च भएको छ। घर निर्माणमा तीन करोड ८६ लाख १५ हजार आठ सय ८९ रुपैयाँ खर्च भएको छ। उनले अध्ययन खर्चमा १० लाख ३८ हजार चार सय तीन रुपैयाँ खर्च गरेको देखिन्छ।

 

उनले नमोबुद्द एग्रो प्रालि नामक कम्पनीमा गरेको लगानी पाँच करोड ४७ लाख ६८ हजार रुपैयाँ खर्च भएको छ ऋ ऋणको सावाँ व्याज भुक्तानीमा तीन करोड ७४ लाख ४४ हजार आठ सय ६ रुपैयाँ लगानी भएको देखिन्छ।

 

उनले सवारी साधन खरिदमा दुई करोड २६ लाख १६ हजाररुपैयाँ खर्च गरेका छन् । उनको बैंक मौज्दात ८६ लाख १८ हजार २७८ रहेको छ। घरबहाल कर तिरेको तीन लाख  ५५ हजार ४१४ रुपैयाँ बुझाएका छन्।  बकस तथा अंशबण्डा गर्दा तिरेको दस्तुर ७१ हजार ९५० रुपैयाँ हो भने फ्ल्याट खरिदमा ९२ लाख २२ हजार ७५० रुपैयाँ लागेको छ। उनले शेयर खरिदमा ३५ हजार खर्च गरेका छन्।

 

यसरी उनले कुल १९ करोड ७४ लाख ५५ हजार ८१६ खर्च तथा लगानी गरेको देखिन्छ। तर उनको स्रोत खुलेको आय भने ९ करोड ६३ लाख ८ हजार ८२७ रुपैयाँ हो। अख्तियारका अनुसार उनले १० करोड ११ लाख ४६ हजार ९ सय ८८ रुपैयाँ गैरकानुनी रुपमा आर्जन गरेको दाबी गरेको छ।

 

उनको स्रोत नखुलेको सम्पत्तिबाट बढी बढाउन गरेको चार करोड ४९ लाख ७७ हजार चार सय ९० गरेर अख्तियारले उनीविरुद्ध १४ करोड ६१ लाख २४ हजार ४७८ रुपैयाँ बिगो दाबी गरेको छ।

 

श्रेष्ठविरुद्ध अख्तियारले  भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा१५, दफा १६ (ग) तथा दफा २९ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) बमोजिम जरिवाना र कैद सजाय हुनेगरी मुद्दा दायर गरेको हो ।

 

अख्तियारले भ्रष्टाचार गरी गैरकानूनी आर्जन गरेको चल अचल सम्पत्तिहरू साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १६ (ग), दफा २९ र प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (२) र दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ (ख) बमोजिम जफत हुन मागदाबीसहित मुद्दा दायर गरेको हो ।
 

सुन तस्करीका सहयोगी

श्रेष्ठ तत्कालीन डिआइजी नवराज सिलवाल केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी) मा रहँदा काठमाडौँको तिलगंगाबाट बरामद गरिएको तस्करीको ३३ केजी सुन प्रकरणमा पनि मुछिएका थिए। दुबई हुँदै भित्र्याएको सुन रेडियो अपरेटर श्रेष्ठसहितले विमानस्थल भन्सारबाट निकाल्न मद्दत गरेको तथ्य प्रहरी अनुसन्धानबट खुलेको थियो।

 

यो प्रकरणमा रेडियो अपरेटर श्रेष्ठसँगै भन्सारका अन्य कर्मचारी एक्सरे मेशिन टेक्निसियन राज ढकाल, प्रध्युम्नहरी श्रेष्ठ र गंगा भुर्तेलले सघाएको खुलेको थियो।

 

३८ क्वीन्टल सुन तस्करीमा मुछिएर पक्राउ परेका मोरङको उर्लाबारीका चूडामणि उप्रेतीको समूहसँग श्रेष्ठको पनि संलग्नता रहेकाले त्यसमा पनि जोडेर हेरिएको छ। सरकारका एकजना जुनियर कर्मचारीले यति धेरै पैसा कमाएको श्रोत केलाउने प्रयासमा अहिले अख्तियार जुटेको छ।

प्रतिक्रिया दिनुहोस
एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

    बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ