आरजुले पैसा लिएको भन्दै प्लेन काण्डमा चुप लाग्न देउवाको उर्दी



 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस वाईडबडी जहाज खरिद प्रकरणमा भएको घोटालाबारे मौन बसेको छ। आईतबार बसेको कांग्रेस केन्द्रिय कार्य समितिको बैठकमा सभापति शेरबहादुर देउवाले यो विषयमा अब नबोल्न निर्देशन दिएको स्रोतको दाबी छ । आफ्नी पत्नी आरजुले प्लेन खरिदको कमिशन बुझेको र सालो त्यसको साझेदार भएको भन्दै देउवाले चुप लाग्ने निर्देशन दिएका हुन्।

 

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओली देश बाहिर रहेका बेला दोस्रो अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई उचालेर केन्द्रीय सदस्य बलराम बास्कोटाले अमेरिकाविरुद्ध विज्ञप्ति निकाल्न उक्साएको खुलासा भएको छ । बास्कोटा राष्ट्रिय सभाका सदस्य पनि हुन् ।

 

विज्ञप्ति जारी गर्न सल्लाह दिनेमा नेकपाका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पनि रहेको आरोप लागेको छ । दुई हप्ता अगाडि भेनेजुएलामा भएको कार्यक्रममा सहभागी भएका बास्कोटाले प्रचण्डलाई त्यहाँको कम्युनिस्ट सरकारका बारेमा जानकारी गराएका थिए ।

 

नेकपाका केन्द्रीय सदस्य बास्कोटाले दिएको गलत तथ्याङ्क र जानकारीको भरमा परेर भेनेजुएलाको समर्थन र अमेरिकाको विरोधमा प्रचण्डले विज्ञप्ति जारी गरेपछि अमेरिका रिसाएको छ । अमेरिकाले प्रचण्डको विज्ञप्तिका बारेमा नेपाल सरकारको आधिकारिक धारणा माग गरेको छ ।

 

परराष्ट्र मन्त्रालयमार्फत अमेरिकाले प्रचण्डको विज्ञप्तिका बारेमा जानकारी माग गरेपछि नेपाल सरकारलाई तनाव भएको छ । यस बारेमा के गर्ने भनेर प्रधानमन्त्री केपी ओलीले आफू निकटका नेताहरूसँग परामर्श थालेका छन् ।

 

प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले प्रचण्डले भेनेजुएलाको राजनीतिक विषयमा दिएको विज्ञप्तिका बारेमा आफूलाई कुनै जानकारी नरहेको बताएका छन् ।

 

‘मिडियामा प्रचण्डको विज्ञप्तिका बारेमा जानकारी पाएको हो । मसँग कुनै सरसल्लाह भएको छैन । मलाई कसैले आधिकारिक जानकारी पनि गराएको छैन’, रिमालले भने, ‘दुई अध्यक्षबीच विज्ञप्तिका बारेमा कुराकानी भएको बारेमा पनि मलाई जानकारी छैन ।’ विज्ञप्तिलाई लिएर दुई अध्यक्षका साथै पार्टीभित्र छलफल हुने प्रमुख राजनीतिक सल्लाहकार रिमालले बताए ।

 

प्रचण्डले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोको समर्थन र अमेरिकालगायत पक्षधर राष्ट्रको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेपछि यो प्रकरणले ठूलो रुप लिने देखिएको छ ।

 

नेकपाका केन्द्रीय सदस्य बास्कोटाले भेनेजुएलामा राजनीतिक संकट बढ्न थालेपछि त्यसमाथि वक्तव्य निकाल्न माहोल बनाउने पहल गरेका थिए । उनी दुई साताअघि राष्ट्रपति मडुरोको शपथग्रहण समारोहमा समेत सहभागी थिए ।

 

उनले त्यहाँ चुलिँदै गएको संकटबारे नेकपाले बोल्नुपर्ने सन्देश प्रचण्ड र वरिष्ठ नेता माधव नेपालसमक्ष पु-याएका हुन् । भेनेजुएलामा अमेरिकी हस्तक्षेप भएको, जननिर्वाचित राष्ट्रपतिलाई हटाउन खोजिएको कदमबारे नेताहरूलाई नेता बास्कोटाले ब्रिफिङ गरेका थिए ।

 

एउटा कम्युनिस्ट पार्टीले कुनै पनि हस्तक्षेपप्रति मौन बस्न नहुने भन्दै प्रचण्ड, नेता नेपाल र बास्कोटाबीच वक्तव्य दिने समझदारी बनेको थियो । वक्तव्यको भाषा कस्तो हुने र कसरी जारी गर्ने भन्ने टुंगो थिएन । वक्तव्य नेकपाकै एकजना नेताले बनाइदिएका हुन् । वक्तव्यको ड्राफ्ट गर्ने नेताको नाम खुलेको छैन ।

 

वक्तव्य जारी गर्ने विषयमा नेता नेपाल र अध्यक्ष दाहालबीच कुराकानी गर्ने नेतामा बास्कोटा नै भएको स्रोले जनाएको छ । बास्कोटाको भेनेजुएलालगायत मुलुकसँग हुने साना पार्टीको अलाइन्समा संलग्नता छ । आउँदो फेब्रुअरी २२ देखि २७ सम्म जनपक्षीय पार्टीको अन्तर्राष्ट्रिय सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै नेता माधव नेपाल र बाँस्कोटालगायत जाने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च

बुबा र भाइ मार्ने मिलनद्वारा प्रहरीमा आत्मसमर्पण

    बालकोटमा बुबा र भाइको हत्या गरी फरार रहेका मिलन आचार्य पक्राउ