गाेविन्द केसीकाे नाममा आन्दाेलित चिकित्सकलाई एकै पटक बर्खास्त गर्ने सरकारी तयारी



हाम्रो इकोनोमि

 

सरकारले डा गोविन्द केसीका नाममा अस्पताल बन्द गरी सडकमा उफ्रने चिकित्सकहरुलाई एकै पटक बर्खास्त गर्ने तयारी गरेको छ । शिक्षा विज्ञान तथा प्रबिधि मन्त्रालयले आफू मातहतको अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मी सेवा बन्द गरी गोविन्द केसीका नाममा सडकमा उफ्रेर बसेको भन्दै कारबाहीको तयारी थालेको मन्त्रालय स्रातले जनाएकाे छ ।

 

मन्त्रालयले कारबाहीको तयारी स्वरुप त्रिभुवन विश्वविद्यालयका उपकुलपति र शिक्षा अध्यक्षलाई पत्र लेखी तत्काल पठनपाठन र अस्पताल यथावत रुपमा सञ्चालन गराउन भन्दै निर्देशनात्मक पत्राचार गरेको छ । यसअघि मन्त्रालयकाे निर्दशनमा अनशनका नाममा कांग्रेस निकट चिकित्सकल गाडेकाे टेण्टसमेेेत हटाइएकाे छ ।

 

स्राेतका अनुसार शिक्षमन्त्री गिरीराजमणि पोखरेलको अध्यक्षतामा बसेको मन्त्रालयको बैठकले पठनपाठन र अस्पताल यथावत रुपमा सञ्चालन गराउनका लागि त्रिवीलाई पत्राचार गर्ने निर्णय गरेको थियो ।

 

अब निर्णय कार्यान्वयन नगरी केसीको नाममा अस्पताल जवर्जस्ती बन्द गराएर आन्दोलन गरे त्यस्ता चिकित्सक र स्वास्थ्यकर्मीलाई छानीछानी बर्खास्त गर्ने त्रिवी स्रोतले जनाएको छ । सेवाग्राहीलाई नै असर गर्ने गरी अस्पतालमा बन्द हड्ताल गर्नेलाई पहिचान गरी बर्खास्त गर्न मन्त्रालयले सहमति दिएको जनाएको छ ।

 

यसअघि साेमबार त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालले अस्पताल परिसरभित्र कुनै धर्ना, विरोध तथा बन्द हड्तालका कार्यक्रम नराख्न तथा नगर्न आग्रह गरेको थियाे । नेपाली कांग्रेस निकट चिकित्सकहरूले सोमबारबाट रिले अनशन सुरू गरेपछि अस्पतालले यस्तो  आग्रह गरेकाे हाे ।

अनशन, रिले अनशन तथा आन्दोलनले आम सर्वसाधारणको स्वास्थ्यको उपचारमा बाधा उत्पन्न हुने प्रति अस्पतालले सम्बन्धित पक्षको ध्यानाकर्षण गराउँदै नियमित स्वास्थ्य सेवा प्रदान गर्न आफ्ना स्वास्थ्यकर्मीलाई विज्ञप्तिमार्फत आग्रहसमेत गरेको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खड्काद्वारा आज यहाँ जारी विज्ञप्तिमा शिक्षण अस्पताल जस्तो सर्वसाधारण जनताको पहुँचमा रहेको अस्पतालमा स्वास्थ्य सेवा प्रभावित बनाउन नहुनेमा जोड दिइएको छ ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...