कप्तान पारससहित नेपाली क्रिकेट टीमलाई बधाईको ओइरो



हाम्रो इकोनोमि

 

एकदिवसीय सिरिजमा पहिलो जित, पहिलो शतक, १६ वर्षे खेलाडीको विश्व कीर्तिमान, उत्कृष्ट सोमपाल साथै सबै खेलाडी र प्रशिक्षकको योगदान’ नेपाली क्रिकेट टिमका पूर्वकप्तान विनोद दासले सबैलाई सम्झँदै यसरी खुशी व्यक्त गरेका छन् ।

अहिले नेपाली महिला टिमका प्रशिक्षक रहेका दासले मात्रै होइन अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तिहरु, नेपाली राजनीतिज्ञ, कलाकारसहित सर्वसाधारणले पहिलो एकदिवसीय सिरिज र कप्तान पारस खड्काको शतकका लागि सामाजिक सञ्जालमार्फत बधाई दिइरहेका छन् ।

अफगानिस्तानका क्रिकेटर रसिद खानले ट्वीट गर्दै लेखेका छन्, ‘एकदिवसीय क्रिकेटमा नेपालको पहिलो शतक, हेर्दा पनि असाध्यै अदभूत, पारस तिम्रो पहिलो शतकका लागि खुशी छु ।’

आईसीसीले पनि कप्तान पारस खड्कासहित नेपाली क्रिकेटलाई पहिलो एकदिवसीय सिरिजका लागि बधाई दिएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पनि नेपाललाई पहिलो अन्तर्राष्ट्रिय सिरिजमा सफलता दिलाउने नेपाली क्रिकेट टोलीलाई धन्यवाद र बधाई दिएका छन् ।

उनले भनेका छन् ‘ एकदिवसीय क्रिकेटका कप्तान पारस खड्काले उत्कृष्ट प्रर्दशन गर्दै शतक बनाउने पहिलो खेलाडी हुन सफल भएकोमा र शनिवारको खेलमा रोहित पौडेलले सबैभन्दा कलिलो उमेरमा अर्धशतक बनाउने खेलाडीको विश्व रेकर्ड तोड्न सफल भएकोमा दुबै खेलाडीलाई बधाई दिँदै आगामि दिन अझै राम्रो प्रदर्शनको लागि उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’

ट्वीटरमा नागरिक गुनासा सुन्न बनाइएको हेलो सरकाले पनि आईसीसीको ट्वीट रिट्वीट गर्दै ‘नेपालले युएईसँग एकदिवसीय सिरिज जितेको छ ।

नेपाली क्रिकेटका लागि यो अर्को मिलको पत्थर र ऐतिहासिक क्षण हो ।

अब नेपाली टिम विस्तारै विश्व क्रिकेटमा परिचित देखिन थालेको छ ।

अभियान जारी रहोस्’ लेख्दै बधाई दिएको छ ।

ट्वीटरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ‘नेपाली क्रिकेट टिमलाई धेरै धेरै बधाई भन्दै पारस खड्कालाई मेन्सन गरेका छन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि ‘बधाई नेपाली टिमका खेलाडी साथीहरु’ भनेका छन् ।

नेपाली कांग्रेसका नेता गगन थापाले आईसीसीको ट्वीट रिट्वीट गर्दै बधाई दिएका छन् ।

युएईसँगको तीन खेलको एकदिवसीय सिरिजमा पहिलो खेल ३ विकेटले हारेको नेपालले दोस्रो खेल १ सय ४५ रनले र तेस्रो खेल चार विकेटले जितेको हो ।

तेस्रो एकदिवसीयमा २ सय ५५ रनको लक्ष्य पछ्याउँदा कप्तान खड्काले नेपालका लागि पहिलो शतक बनाएका थिए ।

उनले १ सय ९ बलमा १ सय १५ रन बनाएका थिए ।

नेपालले अब युएईसँग तीन खेलकै टी ट्वान्टी सिरिज खेल्ने छ ।

प्रतिक्रिया दिनुहोस
टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...

संसद् पुनर्स्थापना नै लोकतन्त्र फर्काउने उपाय : राजन भट्टराई

    नेकपा (एमाले) का सचिव तथा काठमाडौं क्षेत्र नं ४ का प्रतिनिधिसभा...

सरकार निर्वाचन सार्ने षडयन्त्रमा छ : एमाले

    नेकपा (एमाले) का उपाध्यक्ष एवं निर्वाचन परिचालन कमिटीका संयोजक रामबहादुर थापाले...