विज्ञान भन्छ – वैवाहिक जीवनभन्दा एकल जीवन उत्तम हुन्छ



हाम्रो इकोनोमि

 

मुदायिक मूल्य मान्यता पालना गर्नुपर्ने यो समाजमा ‘एकल व्यक्ति’ जहिले पनि जिज्ञासाको विषय बन्न पुग्छ।

एकल व्यक्तिलाई यो समाजले हेर्ने दृश्टिकोण पनि फरक हुन्छ! एकातर्फ इन्टरनेटभरी नै एक्लै हुनेहरूले गुनासो गरिरहेका छन् भने अर्कोतर्फ सा रा विश्व नै भ्यालेन्टाइन दिवसलाई भव्य रूपले मनाउने तरखर गरिरहेका छन्।

यसैक्रममा, ‘साइकोलोजी टुडे’मा प्रकाशन भएको अनुसन्धानको एक रिपोर्टले भने एकल हुनुका केहि फाइदाहरूलाई टिपोट गरेको छ।

विज्ञहरू भन्छन्, एकल व्यक्तिहरूले कुनै पनि जटिल मुद्दामामलालाई विवाहित व्यक्तिले भन्दा सजिलो तरिकाले हल गर्न सक्दछन्।

सायद यो कुरा ठीकै हुन सक्छ, किनभने विवाहितले जस्तो एकल व्यक्तिले भावनात्मक झञ्झटलाई बेहोर्नुपर्दैन र वैकल्पिक ढङ्गले जुनकुनै अवस्थालाई पनि सामना गर्न सक्दछ।

हुन पनि हो, अधिकांश विवाहित व्यक्तिहरू आफ्नै परिवारको उत्तरदायित्व निर्वाह गर्नमै व्यस्त हुने गर्छन्।

पुराना साथीहरू अनि परिवारका जेष्ठ सदस्यहरूसँग समय बिताउन पाउँदैनन्। तर ठ्याक्कै विपरीत, एकल व्यक्तिलाई पारिवारिक बोझले ओगटेको हुँदैन।हुन त एकल व्यक्तिका साथीको जमात त्यति ठूलो हुँदैन, तर जति पनि साथीसङ्गी हुन्छन्, उनीहरूसँगको नाता एकदमै प्रगाढ हुन्छ।

“अधिकांश एकल व्यक्तिहरू रचनात्मकता र मौलिकतामा ध्यान दिने खालका हुन्छन्” शान्त वातावरण रुचाउने एकल व्यक्तिले आफ्नो समयलाई कुनै रचनात्मक तथा बौद्धिक काममा लगाउने गर्छन्, जसले गर्दा उनीहरूको जीवन हरेक पक्षबाट समृद्ध हुन्छ।“कसै को अनुमतीबिना नै स्वतन्त्र भएर हिँड्न पाउने व्यक्ति भनेको एकल व्यक्ति नै हो” ल मानौँ, एक दिन तपाईँलाई कुम्लोकाम्लो बोकेर कतै यात्रा गर्न मन लाग्यो, अनि तपाईँ विवाहित हुनुहुन्छ। अब भन्नुहोस्, के तपाईँले त्यस्तो गर्ने स्वतन्त्रता पाउनुहुन्छ? तर यदि तपाईँ एक्लो हुनुहुन्छ भने तपा‌ईँलाई कसले रोक्न सक्छ र?एकल जीवन बिताउन पाउनु एक प्रकारको आशिर्वाद नै मान्न सकिन्छ। तर समाजले यो कुरा बुझ्दैन।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा दीपचन्द्र रेग्मी

    ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा दीपचन्द्र रेग्मी...

खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा बोल्न निषेध

    राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)ले प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन...