कांग्रेसको भ्रातृ संस्था बन्दै नेपाल चिकित्सक संघ, मुक्ति श्रेष्ठज्यू, पार्टी भन्दा माथि उठ्ने कि ?



हाम्रो इकोनोमि

 

सरोज थापा 

नेपाल चिकित्सक संघ नेपालको सबै भन्दा पुरानो पेशागत संस्था २००८ सालदेखि निरन्तर अविच्छिन्न चिकित्सा क्षेत्रमा काम गर्दै आएको मात्रै होइन देशका विभिन्न आन्दोलनमा भाग लिदै आएको छ । चाहे त्यो २०४६ सालको जनआन्दोलन होस चाहे २०६२/०६३ काे जनआन्दोलनमा होस । तर पछिल्लो समयमा नेपाल चिकित्सक संघले आफ्नो पुरानो छबि कायम गर्न असफल भएको छ एउटा पार्टीको भ्रातृ संगठनको रूपमा विकशित गर्दै लगिएको कारण निकै कमजोर हुँदै गएको छ। हामीले देखेउ केहि दिन अगाडि चिकित्सक संघको बैठकमा कांग्रेस समर्थित चिकित्सक बाहेक अरुलाई बोलन समेत दिइएन । यसले पनि प्रमाणित गर्दछ की नेपाल चिकित्सक संघ नितान्त कांग्रेसको पिछलग्गू भएकोछ ।

 

मानिस चेतनशील प्राणी भएकोले उसँग बिचार हुन्छ र चेतनशील ब्यक्तिले नै हो नेतृत्व लिने । जब एउटा स्वतन्त्र पेशागत संगठनको नेतृत्व गरिन्छ त्यो नेतृत्वमा रहँदासम्म नेतृत्व पनि स्वतन्त्र रहनुपर्छ । तर पछिल्लो समयमा त्यस्तो देखिन्न नेपाल चिकित्सक संघको बर्तमान अध्यक्ष मुक्तिराम श्रेष्ठ नेपाली कांग्रेसको महासमिति सदस्य हुन भने गत निर्वाचनको समयमा नेपाली कांग्रेश को केंद्रीय निर्वाचन परिचालन समितिमा बसेर काम गर्नुभयो ।

 

त्यो बेला कांग्रेस बाहेक अरु बिचार बोकेका डाक्टरहरुले मन अमिलो बनाउनुपर्यो । मुक्ति श्रेष्ठ कम्तिमा पनि चिकित्सक संघको अध्यक्ष रहँदासम्म कांग्रेसको सक्रिय राजनीतिबाट अलग हुनु पर्ने थियो तर उहाँ आज पनि कांग्रेसको सक्रिय नेता हुनुहुन्छ यसले गर्दा आम चिकित्सक बीच उहाँप्रतिको विस्वासको संकट परेको छ।

 

 

चिकित्सक संघका बिषयमा पनि गम्भीर प्रश्न उठेको छ । संसदीय समितिमा जब चिकित्सा शिक्षा विधेयक छलफलको क्रममा थियो त्यस चिकित्सा शिक्षा बिधेकको बिषयमा चिकित्सक संघले के–के संशोधन हाल्यो यो बिषयमा आफ्ना सदस्यसँग कति पटक बैठक छलफल गर्यो । चिकित्सक भने सम्मानित बौद्धिक बर्ग हो यसले छलफल गर्नुपर्ने थिएन र ? गोबिन्द केसीका माग नै मेरा माग जस्तो गर्यो कांग्रेस र चिकित्सक संघले यसले आम चिकित्सकहरुलाई नेतृत्वप्रति असन्तुष्ट बनायो । अहिले पनि चिकित्सक संघले आफ्ना माग के हुन भनेको छैन । खाली डाक्टर केसीको जीवन रक्षाको निम्ति भनेर कांग्रेसका राजनीतिक मुद्दा अगाडि सारेको देखिन्छ । चिकित्सक संघले तत्काल प्रस्ट पार्नुपर्ने कुराहरु

 

१) डाक्टर केसी ले उठाए को द्वन्द्धकालीन मुदामा चिकित्सक संघ को धारण के हो ?
२) संसद सदस्यहरुलाई प्रयोग गरेको भाषामा समर्थन की बिरोध ?
३) प्रधानमन्त्रीको राजीनामाको समर्थन की बिरोध ?
४) प्रधानमंत्री माथि उहाँको स्वास्थ्य औषधि आदि को बिषय मा केसीसँग समर्थन की बिरोध ?
५) मेडिकाल कलेजलाई 10 बर्ष भित्र ग़ैरनाफामूलक बनाउने बिषयमा समर्थन की बिरोध ?

 

यी बिषय मा नेपाल चिकित्सक संघ ले तुरुन्त आफ्ना धारणा प्रस्ट पार्नु पर्यो होइन भने कांग्रेश को एजेन्डा मा चिकित्सक संघले गरेको आन्दोलमा चिकित्सक आउनु पर्ने जरूरी हुन्छ भन्ने छैन । अध्यक्षले ध्यान दिनु पर्ने कुरा अब भाबी चिकित्सकहरुले हजुरको नाम अमिलो मनले लिने छन अझै पनि समय छ हजुर अहिले पनि कांग्रेस भन्दा माथि उठनुस ।

 

नेपाल चिकित्सक संघ प्रधानमंत्री माथि लागेको रोग औषधिको विषयमा नबोलेको देख्दा गजब लागेको छ । कुनै एउटा डाक्टरले बोलेको कुरालाई अर्को डाक्टरले समर्थन गर्नुपर्छ। यस्त गम्भीर विषयमा किन नबोलेको चिकित्सक संघमाथि प्रश्न उठेको छ । की यी बिषयमा पनि डाक्टर केसी बोलेको ले उहाँको बोली नै सत्य हो भन्ने धारणा हो । यस्त कुरामा किन मौन छ चिकित्सक संघ बर्तमानमा देखिएका यस्त गम्भीर कुराले आम चिकित्सकलाई आफ्नो पेशागत संगठन को भविष्यको बिषयमा चिन्तित बनाएको छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...