पारस शाहलाई हृदयघात, नर्भिक अस्पताल भर्ना



हाम्रो इकोनोमि

 

पूर्वयुवराज पारस शाह नर्भिक इन्टरनेशल अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या आएपछि शाह सोमबार नर्भिक अस्पताल भर्ना भएका हुन् ।

शाहलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा राखेर मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पतालले बताएको छ ।

उनलाई माइनर हृदयाघातको शंका चिकित्सकहरुले गरेका छन् ।  अहिले उनको स्वास्थ्यअवस्थाबारे परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

अस्पतालका प्रेस संयोजक आरपी मैनालीले पूर्वयुवराज शाह भर्ना भएका तर उनको स्वास्थ्यअवस्थाबारे विस्तृत रिपोर्ट आइनसकेको बताए ।

केही बर्षअघि पनि उनलाई हृदयघात भएको थियो । त्यसबेला उनको बैङककको समितीवेद अस्पतालमा लामो समय उपचार गरिएको थियो ।  त्यसबेलानै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
पाल्पामा जिप दुर्घटना, तीन जनाको मृत्यु

    पाल्पामा जिप दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । अरूणखोलाबाट रामपुर...

आज ४ जना मन्त्रीको शपथ

    अन्तरिम प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दै छिन् । कार्कीले...

ओलीमाथि लगाइएका आरोपले राज्यसंयन्त्र ध्वस्त हुन्छ – रामकुमारी झाँक्री

     नेकपा एमालेकी नेतृ रामकुमारी झाँक्रीले भदौ २३ गतेको घटनाका सम्बन्धमा पूर्वप्रधानमन्त्री...

आज र भोलि नागढुंगा–मलेखु सडक खुला हुने

    दैनिक पाँच घण्टा आंशिक बन्द गरेर स्तरोन्नति भइरहेको नागढुंगा मलेखु सडकखण्ड...