पारस शाहलाई हृदयघात, नर्भिक अस्पताल भर्ना



हाम्रो इकोनोमि

 

पूर्वयुवराज पारस शाह नर्भिक इन्टरनेशल अस्पताल भर्ना भएका छन् । छाती दुख्ने समस्या आएपछि शाह सोमबार नर्भिक अस्पताल भर्ना भएका हुन् ।

शाहलाई नर्भिक अस्पतालको इमर्जेन्सीमा राखेर मुटुरोग विशेषज्ञ डा यादवदेव भट्टको टोलीले उपचार गरिरहेको अस्पतालले बताएको छ ।

उनलाई माइनर हृदयाघातको शंका चिकित्सकहरुले गरेका छन् ।  अहिले उनको स्वास्थ्यअवस्थाबारे परीक्षण भइरहेको र रिपोर्ट आउन बाँकी रहेको जनाइएको छ ।

अस्पतालका प्रेस संयोजक आरपी मैनालीले पूर्वयुवराज शाह भर्ना भएका तर उनको स्वास्थ्यअवस्थाबारे विस्तृत रिपोर्ट आइनसकेको बताए ।

केही बर्षअघि पनि उनलाई हृदयघात भएको थियो । त्यसबेला उनको बैङककको समितीवेद अस्पतालमा लामो समय उपचार गरिएको थियो ।  त्यसबेलानै उनको मुटुको धमनीमा स्टेन्ट राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...