जर्नेलको उजुरीपछि जर्नेलहरुको बढुवा रोकियो



हाम्रो इकोनोमि

 

नेपाली सेनाले सैनिक नियमावली २०६९ को परिच्छेद– ३ अनुसार सरुवा तथा बढुवा सम्बन्धी व्यवस्था बमोजिम उपरथी पदमा बढुवाको लागि २०७५ पुस २३ गते सिफारिस गर्न १५ दिने सूचना प्रकाशित गरेको थियो ।

पा“च जना सहायक रथीहरुको बढुवाका लागि  नेपाली सेनाले २०७५ पुस २३ गते १५ दिने सूचना प्रकाशित गरेको हो ।  वरिष्ठ सहायक रथीहरु मध्येबाट बढुवाका लागि सिफारिस भएकाहरुकाविरुद्ध उजुरी, दावी विरोध गर्ने व्यवस्था अनुसार १५ दिने सूचना प्रकाशित गर्ने सैनिक नियम रहेको छ । नेपाली सेनाका वरिष्ठ सहायक रथी मध्ये एक नम्बरमा रहेका शैलेन्द्र थापाले राजीनामा दिए ।

त्यस्तै वरिष्ठ मध्ये तीन नम्बरमा रहेका संजय सिंह भण्डारी १५ दिने सूचनाको बढुवा सिफारिसमा परेनन् ।  उनी स्नात्तकको शैक्षिक प्रमाणपत्रको विवादमा परेको कारणले गर्दा बढुवा सिफारिसमा पर्न सकेनन् । संजय सिंह भण्डारी बढुवा सिफारिसबाट बाहिरिएपछि  जुनियर सहायक रथी ताराध्वज पाण्डेको नाम बढुवाका निम्ति सिफारिस भएको थियो । तर, संजय सिंह भण्डारीले उपरथीमा आफ्नो बढुवा हुनुपर्ने भन्दै दावी गरेर प्रमाण प्रस्तुत गर्दै उजुरी दिएपछि सात दिनभित्र उजुरीकर्ताले जवाफ पाउनुपर्छ । अहिलेसम्म यस सम्बन्धमा कुनै निर्णय हुन सकेको थाहा भएको छैन ।

२०७५ पुस २३ गते १५ दिने सार्वजनिक सूचना जारी गरेको २०७५ माघ १३ गते तीन साता बितिसक्दा पनि उपरथी बढुवा सिफारिस रक्षा मन्त्रालयमा नपुग्दा बढुवा प्रक्रिया अगाडि बढ्न सकेको छैन । यसले गर्दा उपरथी भन्दा तलका सैनिक अधिकृतहरुको बढुवा प्रक्रिया समेत अवरुद्ध भएको छ ।

 

यस सम्बन्धमा बढुवा उजुरी छानविन गर्ने समिति (कोर्ट अफ इन्क्वायरी)ले निर्णय गर्न ढिलाई गर्दा नेपाली सेनाका उच्च अधिकृतहरुमा अन्यौल बढेको छ । सैनिक नियम अनुसार, सैनिक सचिवालय र कोर्ट अफ इन्क्वायरीले उजुरीको टुंगो लगाउनु पर्ने ब्यवस्था रहेको छ ।

 

उपरथी पदमा बढुवाका लागि  सिफारिसमा पर्ने  सहायक रथीहरुमा सर्वश्री बालकृष्ण कार्की, सरोज प्रताप राणा, अनन्त कार्की, सिताराम खड्का र ताराध्वज पाण्डे रहेका थिए । अब संजय सिंह भण्डारीको उजुरी र प्रमाण सही ठहर भएमा सहायक रथी ताराध्वज पाण्डेको बढुवा सिफारिस रद्द हुने छ ।

साँघु साप्ताहिक

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...