ऋण पाउनकै लागि जब एक युवतीले बैंक म्यानेजरको अगाडि आफ्नो सबै कपडा खोलिन् ! (हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

रसियामा एक युवतीले ऋण लिनकै लागी यस्तो तरिका अपनाएकी छन् कि जुन तरिकाले सबै चकित पार्नेछ । काजानस्थित एक बैंकले ऋण नदिएपछि एक युवतीले बैंक म्यानेजरलाई फकाउन आफुले लगएको कपडा फुकालिन् ।

 

अडिटी सेन्ट्रलका अनुसार २५ वर्षे युलिया कुजमिना नयाँ कार किन्नका लागि बैंकसँग ऋण लिन चाहन्थिन् । यसका लागि उनले सबै फारम भरिन् तर बैंकले उनको निवेदन खारेज गरिदियो । ऋण प्रबन्धक (लोन म्यानेजर) सँग बिन्ती गरिन् तर आफूले ऋण नपाउने पक्का भएपछि कपडा फुकालेर फकाउने कोसिस गरिन् ।

रसियाको सोसल मिडिया साइट कोन्ताक्तेमा भाइरल भएको भिडियोमा देखिए अनुसार उनी नाम नखुलाइएको बैंकका ऋण प्रवर्तकको अगाडि बसिरहेकी छिन् । उनको निवेदन अस्विकार भएपछि उनी जुरुक्क उठ्छिन् र भटाभट आफ्नो लुगा खोल्न थाल्छिन् । उनले ती म्यानेजरलाई केही भनिरहेको पनि देख्न सकिन्छ । ती ऋण प्रबन्धक भने टाउको हल्लाउँदै अस्विकार गरिरहेका छन् ।

अन्त्यमा ब्रामा मात्रै देखिएकी कुज्मिनाले त्यो पनि खोल्छिन् । यति भइसक्दा पनि म्यानेजरले अस्विकार गरिरहे । त्यसपछि ती म्यानेजर आफ्नो डेस्कबाट उठ्छन्, नग्न ग्राहकको अगाडि जान्छन् उनको कोट जिम्मा लगाइदिन्छन् । त्यसपछि उनले ती ग्राहकलाई बैंक बाहिर जाने बाटो देखाइदिन्छन् ।

 

डेली मेलको रिपोर्ट अनुसार जब उनको भिडियो अनलाइनमा भाइरल भयो तब कुजमिनाले पत्रकारलाई भनिन्, ‘म निकै समस्यामा छु । जसले मेरो आलोचना गरिरहेका छन् उनीहरुलाई मेरो ठाउँमा बसेर सोचिदिन आग्रह गर्छु ।’ केही स्रोतले युलिया स्ट्रिपरको काम गर्ने दाबी गरेका छन् तर यसबारे पुष्टि हुन बाँकी छ । एउटा कुरा पक्का छ कि उनले ऋण पाइनन् ।

 

बैंक म्यानेजरको यस्तो क्रियाकलाप देखेर कतिले उनलाई ‘बोरिङ’ र ‘गे’ भने । यहाँ याद गर्नुपर्ने कुरा के छ भने, यो बैंक हो, जहाँ जताततै क्यामरा लगाइएका हुन्छन् । यी म्यानेजरले ‘स्मार्ट’ तरिकाले घटनाको सामना गरेका हुन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...