ऋण पाउनकै लागि जब एक युवतीले बैंक म्यानेजरको अगाडि आफ्नो सबै कपडा खोलिन् ! (हेर्नुहोस् भिडियो)



हाम्रो इकोनोमि

 

रसियामा एक युवतीले ऋण लिनकै लागी यस्तो तरिका अपनाएकी छन् कि जुन तरिकाले सबै चकित पार्नेछ । काजानस्थित एक बैंकले ऋण नदिएपछि एक युवतीले बैंक म्यानेजरलाई फकाउन आफुले लगएको कपडा फुकालिन् ।

 

अडिटी सेन्ट्रलका अनुसार २५ वर्षे युलिया कुजमिना नयाँ कार किन्नका लागि बैंकसँग ऋण लिन चाहन्थिन् । यसका लागि उनले सबै फारम भरिन् तर बैंकले उनको निवेदन खारेज गरिदियो । ऋण प्रबन्धक (लोन म्यानेजर) सँग बिन्ती गरिन् तर आफूले ऋण नपाउने पक्का भएपछि कपडा फुकालेर फकाउने कोसिस गरिन् ।

रसियाको सोसल मिडिया साइट कोन्ताक्तेमा भाइरल भएको भिडियोमा देखिए अनुसार उनी नाम नखुलाइएको बैंकका ऋण प्रवर्तकको अगाडि बसिरहेकी छिन् । उनको निवेदन अस्विकार भएपछि उनी जुरुक्क उठ्छिन् र भटाभट आफ्नो लुगा खोल्न थाल्छिन् । उनले ती म्यानेजरलाई केही भनिरहेको पनि देख्न सकिन्छ । ती ऋण प्रबन्धक भने टाउको हल्लाउँदै अस्विकार गरिरहेका छन् ।

अन्त्यमा ब्रामा मात्रै देखिएकी कुज्मिनाले त्यो पनि खोल्छिन् । यति भइसक्दा पनि म्यानेजरले अस्विकार गरिरहे । त्यसपछि ती म्यानेजर आफ्नो डेस्कबाट उठ्छन्, नग्न ग्राहकको अगाडि जान्छन् उनको कोट जिम्मा लगाइदिन्छन् । त्यसपछि उनले ती ग्राहकलाई बैंक बाहिर जाने बाटो देखाइदिन्छन् ।

 

डेली मेलको रिपोर्ट अनुसार जब उनको भिडियो अनलाइनमा भाइरल भयो तब कुजमिनाले पत्रकारलाई भनिन्, ‘म निकै समस्यामा छु । जसले मेरो आलोचना गरिरहेका छन् उनीहरुलाई मेरो ठाउँमा बसेर सोचिदिन आग्रह गर्छु ।’ केही स्रोतले युलिया स्ट्रिपरको काम गर्ने दाबी गरेका छन् तर यसबारे पुष्टि हुन बाँकी छ । एउटा कुरा पक्का छ कि उनले ऋण पाइनन् ।

 

बैंक म्यानेजरको यस्तो क्रियाकलाप देखेर कतिले उनलाई ‘बोरिङ’ र ‘गे’ भने । यहाँ याद गर्नुपर्ने कुरा के छ भने, यो बैंक हो, जहाँ जताततै क्यामरा लगाइएका हुन्छन् । यी म्यानेजरले ‘स्मार्ट’ तरिकाले घटनाको सामना गरेका हुन् । एजेन्सीबाट

प्रतिक्रिया दिनुहोस
कसैसँग गठबन्धन गर्दैनौं : प्रचण्ड

    नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले फागुन २१ गते हुने...

बाबुराम भट्टराईलाई पितृशोक

     पूर्व प्रधानमन्त्री एवं प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई पितृशोक...

टर्किस एयरको इन्जिनमा आगो लाग्यो, काेलकातामा आकस्मिक ल्याण्ड

    काठमाडौंबाट टर्कीको इस्तानबुलका लागि उडान भरेको टर्किस एयरलाइन्सको जहाजमा प्राविधिक समस्या...

एमालेको घोषणापत्रमा स्वतन्त्रता, स्वाभिमान, राष्ट्रियता, विकास र सुशासन आउँछ : ईश्वर पोखरेल

    नेकपा (एमाले) का नेता तथा काठमाडौं क्षेत्र नं ५ का प्रतिनिधिसभा...