प्रतिपक्षीको नाराबाजीकाबीच राष्ट्रिय चिकित्सा शिक्षा विधेयक राष्ट्रिय सभाबाट पारित



 

प्रतिनिधि सभामा पनि सोमबार प्रतिपक्षी दल नेपाली काँग्रेसको नाराबाजीकाबीच राष्ट्रिय सभाको बैठकमा राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ विचार गरियोस् भन्ने प्रस्ताव राष्ट्रिय सभाबाट स्वीकृत भएको छ । सोमबार तेस्रो पटक बसेको संसद बैठकमा काँग्रेस सांसदहरुले उठेर विरोध जनाईरहँदा राष्ट्रिय सभा अध्यक्ष गणेश तिमल्सिनाले संसदको कारबाही अघि बढाउन निर्देशन दिएपछि काँग्रेस सांसदहरु रोष्ट्रममा पुगेर नाराबाजी सुरु गरेका हुन् ।

 

त्यतिबेलासम्म आफ्नै सिटमा बसिरहेका काँग्रेस सांसदहरु अध्यक्षले सो निर्देशन दिएसँगै रोष्ट्रममा पुगेर नाराबाजी गर्न सुरु गरेका थिए । अध्यक्ष तिमल्सिनाले सभाका सचिव राजेन्द्र फुयाललाई प्रतिनिधि सभाबाट पारित भएको राष्ट्रिय चिकित्सा शिक्षा विधेयक सहितको सूचना टेबुल गर्न समय दिएर बैठक आधा घण्टाको लागि स्थगित गरेका थिए ।

 

सोमबारको तेस्रो बैठकमा बैठकमा समेत विरोध गरेको प्रतिपक्षी दलका सांसदहरुले आफूहरुको माग पूरा नभएसम्म विरोध जारी राख्ने निर्णय गरेपछि प्रतिनिधि सभामा सभामुख कृष्णबहादुर महराले पनि जवर्जस्ती बैठक अघि बढाएका थिए । सोही प्रक्रियाले राष्ट्रिय सभाका अध्यक्षले पनि जवर्जस्ती संसदीय प्रक्रिया अघि बढाएका हुन् ।

 

तेस्रो बैठकमा काँग्रेस सांसद राधेश्याम अधिकारीले आफ्नो विचार राखिसकेपछि काँग्रेस सांसदहरुले फेरि उठेर विरोध जनाएका थिए । पछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरे । त्यतिबेलासम्म काँग्रेस सांसदहरुले रोष्ट्रममा पुगेर नाराबाजी गरिरहेका थिए । नाराबाजीकै बीच अध्यक्ष तिमल्सिनाले सबै प्रक्रिया पु¥याएर चिकित्सा शिक्षा विधेयक पारित भएको घोषणा गरी अर्काै बैठक १७ माघसम्मको लागि स्थगित गरेका छन् ।

 

७ दिन अघि काँग्रेसको अवरोधको कारण नै बस्न नसकी ७ दिनको लागि स्थगित गरेको बैठकक बिहान ११ बजेको लागि बैठक बोलाईएको थियो । सो बैठक सुरु भएसँगै काँग्रेस सांसदहरुले उठेर विरोध गरेका थिए । पछि काँग्रेस मन्त्रीहरुले आफूहरुको माग पूरा नभएको कारण अझैपनि आफूहरुको अवरोध जारी रहेको बताएका छन्।

 

गत सोमबार नेपाली काँग्रेसले दोस्रो पटक बोलाईएको संसद् बैठकमा पनि अवरोध गरेको छ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले आफ्नो माग पूरा नभएसम्म संसद् चल्न नदिने रणनीति अनुरुप दोस्रो पटक पनि बैठक अवरुद्ध गरेको हो ।

 

काँग्रेसको अवरोध पछि राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमल्सिनाले सोमबारका सबै कार्यसूचीहरु स्थगित गर्दै आगामी बैठक अर्को सोमबार अर्थात् माघ १४ गतेसम्मको लागि स्थगित गरेका थिए ।

 

काँग्रेसले केही साता अघि मन्त्रिपरिषदमा पठाईएको विभिन्न ११ वटा स्वास्थ्य संस्थाहरुमध्ये ९ वटा स्वास्थ्य संस्थाको अनुमती स्वीकृति गरेको तर, काँग्रेसका सभापतिद्वय गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा खुलेका स्वास्थ्य संस्थाहरुलाई अनुमतीको स्वीकृति नदिएको भन्दै संसद अवरोध गरिरहेको छ ।

साथै, चिकित्सा क्षेत्रको सुधारको लागि अनसनरत डा। गोविन्द केसीसँगको सहमति विपरित चिकित्सा शिक्षा विधेयकको विरोध र केसीको माग पूरा गर्ने माग सहित काँग्रेसले संसद अबरुद्ध गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं : ईश्वर पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग

एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च