काठमाडौं क्षेत्र नं ४ का सांसद गगन थापा संसदमा कराए तर आफ्नै निर्वाचन क्षेत्रमा हराए



हाम्रो इकोनोमि

 

काठमाडौं क्षेत्र नम्बर ४बाट प्रतिनिधि सभ सदस्यमा निर्वाचित गगन कुमार थापा संसदीय कार्यमा बढी ब्यस्त हुँदा उनको निर्वाचन क्षेत्रका विकास निर्माणका कामहरुमा असर पुगेको छ।

२०७० शाल को निर्वाचन भन्दा निकै कम अन्तरले निर्वाचित बनेका थापाले आफ्नो निर्वाचन दौरान यो कार्यकाल आफू सांसद भन्दा पनि जनताको माझमा बढी रहने भन्दै मत मागेका थिए।

तर निर्वाचित भएको १ वर्ष भन्दा बढी भैसक्दा पनि उनी एकाध  कार्यक्रम र अभियान बाहेक देखिने गरि क्षेत्रमा नखटिएको जनताहरुले गुनासो गर्न थालेका छ्न।

आफ्नो निर्वाचन क्षेत्रमा खर्च हुने स्थानीय पुर्वाधार विकास कार्यक्रमको बजेट बिनियोजन प्रती पनि उनको आलोचना बढेको छ।यस सम्बन्धमा केही वडाहरुले राजनीतिक पुर्वाग्रह राखेर आफ्नो वडा रकम नराखेको भन्दै आरोप पनि लगाउदै आएका छन।

त्यस्तै लामो समय देखि अलपत्र रहेको सुवर्ण शम्शेर क्रीकेट मैदानमा उनले दिएको ६५ लाख बालुवामा बगेर जाने भन्दै स्थानीय चिन्तित बनेका छ्न भने बुढानिलकण्ठ -१० मा रहेको विवादित जग्गामा पार्क निर्माणका लागि छुट्टाएको रकमको सदुपयोग हुनेमा उनिहरुले शंका व्यक्त गरेका छ्न।सो जग्गामा अतिक्रमण भएको भन्दै नेपाली काङ्ग्रेस बुढानिलकण्ठका एक नेताले नगरपालिकामा निवेदन समेत दिएका छ्न।

उनले धेरै सभा र कार्यक्रमहरुमा प्राथमिकताका साथ उठाउदै आएको बुढानिलकण्ठ नगर अस्पताल निर्माण अहिले अनिस्चित वनेको छ भने बेलैमा चासो नदिदा सो अस्पताल निर्माणका लागी आएको रकम समेत फिर्ता भैसकेको छ।आफ्नो क्षेत्रको सामान्य बिशयलाई पनि संसदमा उठाउने उनले यस्तो गम्भिए बिसयमा नबोल्दा आश्चार्य लागेको एक स्थानीयले बताए ।नगर अस्पताल नबन्नुमा कस्को दोस हो ?त्यो थाहा पाउनु पर्ने भन्दै उनले अब सार्वजनिक कार्यक्रममा जवाफ माग्ने बताए ।

सांसद थापाले निकै प्राथमिकता दिने गरेको अर्को विषय धोविखोला कोरिडोर हो जुन अहिले पश्चिम तर्फ धमाधम बनिरहेको छ भने काठमाडौं -४ को सुरुवाती बिन्दु मै यसले  अबरोधको सामना गर्नु पारेको छ।

कोरिडोरमा पारेका पाथीभरा टोलका घरहरुको ब्यवस्थापन हुन नसक्दा यो निर्माण कार्य पूरा हुन सकेको छैन ।निर्वाचनको समयमा उनले यस क्षेत्रमा कार्यक्रम गरेरै समस्या समाधान गर्ने आश्वासन दिएको तर त्यस पश्चात् उनी एक पटक बाढी पसेको वेला बाहेक नआएको पाथीभरावासिको गुनासो रहेको छ।

आफ्नो निर्वाचन क्षेत्रमा रहेका १२ मध्ये ८ वडा रहेको बुढानिलकण्ठ नगरपालिका सङ समन्वय गर्न नसकेको सार्वजनिक रूपमा नै स्वीकार गरेका थापाले स्थानीय तह सङ सहकार्य गर्ने प्रयास गर्दा गर्दै पनि असफल बनेका छन ।

स्थानीय तह र प्रतिनिधि सभा सदस्य विचको यो असमझदारीले ठुला योजना र विकासमा असर पारेको छ भने यसले निर्माण हुँदै गरेका योजनाको स्वामित्व लिने अस्वस्थ प्रतिस्पर्धामा स्थानीय नेता तथा कार्यकर्तालाई पनि धकेलेको छ।

आफु अरु जस्तो मौन सांसद नभई सुनिने र देखिने सांसद बन्ने बताउदै आएका थापाले आफ्नो निर्वाचन क्षेत्रमा पर्याप्त समय नदिदा स्थानीयहरुले  टिभी र अन्तर्वार्तामा सुनिने चाही गरेको तर प्रत्यक्ष देख्न र भेट्न भने अर्को निर्वाचन पर्खनु पर्ने होकी ? भन्दै कटाक्ष गर्ने गरेका छन।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...