प्रियंकाले कुकुरलाई किनिदिएको ज्याकेटको मुल्य ६० लाख



हाम्रो इकोनोमि

 

बलिउड तथा हलिउड नायिका प्रियंका चोपडाले केही दिन अघि मात्र आफनो कुकुर डायना चोपडाका लागि जाडोमा झण्डै ५९ लाख नेपाली रुपैयाँ पर्ने ज्याकेट किनिदिएर अन्तराष्ट्रिय मिडियामा चर्चा बटुलेकी थिईन् ।

उनै प्रियंकाले फेरी पनि आफनो कुकुर डायनाका लागि महंगो रकममा ट्रयावल होम खरिद गरेकी छिन् ।

आफनो सन्तान जसरी माया गर्ने प्रियंकाले कुकुरका लागि सानो घर किनिदिएकी हुन् जसको मुल्यमात्र नेपाली ३ लाख २० हजार पर्न जान्छ ।

प्रियंकाले कुकुरलाई किनिदिएको ज्याकेटको मुल्य होसै उडाउँने सानो ब्याग जस्तै देखिने उक्त तस्बिर पोस्ट गर्दे प्रियंकाले लेखेकीछिन् “धन्यवाद ममि, डायनाको नयाँ घरका लागि जुन ट्रयावल होम हो ।

डायना यसलाई छोड्नै चाहादिनन्” ।

रोचक कुरा त के छ भने प्रियंकाले आफनो कुकुरको नाममा इन्स्टाग्रामसमेत खोलेकीछिन् जसमा फलोअर्स मात्र ९६.६ हजार रहेको छ ।

अब प्रियंकासंग पैसाको के कमी भो र उनले त आफनो जन्मदिनमात्र होईन कुकुरको समेत जन्मदिन मनाउँछिन् त्यो पनि केक काटेर ।

त्यतीमात्र होईन उनले कुकुरको लागि चिटिक्क परेको रुमसमेत बनाएकीछिन् ।

यतिबेला पति निक जोनससंगको बैवाहिक जीवनको आनन्द उठाईरहेकीछिन् ।

पछिल्लो अन्तिम पटक सन् २०१६ मा गंगाजल २ मार्फत बलिउड दर्शकमाझ देखिएकी प्रियंका त्यसपछि भने कुनै बलिउड फिल्ममा देखिएकी छैनन् ।

बलिउडमा कम तर हलिउडमा व्यस्त प्रियंका भर्खरै फोर्ब्स म्यागेजिन इण्डियाले सार्वजनिक गरेको सूचिमा समेत सबैभन्दा धनी कलाकारको रुपमा अटाएकी प्रियंकाको सम्पत्ति कति होला आफै अनुमान लगाउँनुस ।

प्रतिक्रिया दिनुहोस
चितवन १ मा एमालेका दावा दोर्जे लामाको अग्रता

    चितवन १ मा रास्वपाका हरि ढकाल पछि परेका छ । पछिल्लो...

खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...