छोरी हराएको निवेदन लेख्दै गर्दा रामप्रसादलाई फोन : गुडियाको लास भेटियो



हाम्रो इकोनोमि

 

शनिबार साँझ बिराटनगर–८ वलुवाहीकी ११ बर्षीया रुपमती दास (गुडिया) लाई आमा मनिदेवीले भूजा किनेर ल्याउन २० रुपैयाँ दिएर पठाइन् । रातको ८ बज्नै लागेको थियो । घर नजिकैको पसलमा रुपमतीले भूजा पाइनन् ।

 

घर फर्किएर आमालाई पैसा फिर्ता दिइन् र छिमेकमा टिभी हेर्न भनेर निस्किइन् । बुबा रामप्रसाद रातको साढे ८ बजे घर फर्किँदा घरमा छोरी थिइनन् । ‘छिमेकमा सुतेकी छ होला भनेर राती खोजी गरिनँ,’ रामप्रसादले भने, ‘बिहान छिमेकमा जाँदा त्यहाँ थिइन ।’

 

बिहान साढे ५ बजेदेखि नै रामप्रसाद र उनको परिवारले छोरी खोजिरहेको थियो । घर नजिकै रहेको विराटेश्वर वृद्धाश्रम पस्ने गेट नजिकै चप्पल भेटियो तर, रुपमती त्यहाँ पनि थिइनन् । बिहान १० बजे भाइलाई लिएर रामप्रसाद छोरी हराएको रिपोर्ट लेखाउन जिल्ला प्रहरी कार्यालय आए ।प्रहरी कार्यालयमा निवेदन लेख्दै गर्दा छिमेकीको फोन आयो, ‘निवेदन लेख्नु पर्दैन, गुडियाको लास खोलामा भेटियो ।’

 

स्थानीय नारायण आधारभूत विद्यालयमा कक्षा १ मा अध्ययनरत रुपमतीलाई घरमा गुडिया भनेर बोलाउँथे । आत्तिँदै रामप्रसादले प्रहरीलाई सो कुरा सुनाए । तत्काल प्रहरी नायव उपरीक्षक कृष्ण खड्का नेतृत्वमा प्रहरी टोली घटना स्थल पुग्यो ।

 

खोलामा विभत्स अवस्थामा भेटिएको गुडियाको शव वृद्ध हजुरआमा सितादेवीले किनारामा निकालेकी रहिछन् । बालिकाको शव घरदेखि करिब ५०० मिटर पर सिंघिया खोलामा माछा मार्न जानेले देखेका थिए । शव भेटिएको स्थान विराटनगर महानगरपालिका–८ र कटहरी गाउँपालिका–२ को सिमा क्षेत्रमा पर्छ । दुबैतर्फ वस्ती पातलो छ । पानीमा तैरिरहेको अवस्थामा भेटिएकी बालिकाको मुखबाट रगत बगेको देखिन्छ ।

 

जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक मनोज केसीका अनुसार शवको पोष्टमार्टमका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटना संवेदनशील देखिएकाले अनुसन्धानका लागि छुट्टै टिम बनाइएको केसीले जानकारी दिए ।

 

घरछेउमा गँजडीको अड्डा

मृत अवस्थामा भेटिएकी बालिकाको घरदेखि उत्तर–पश्चिमतर्फ पशु बधशाला निर्माणधीन अवस्थामा छ । बधशाला पछिल्लो समय गाँजा सेवन गर्नेहरुको अड्डा बनेको स्थानीय बताउँछन् ।

 

स्थानीय युवा अगुवा महम्मद नसरुलले टोलमा युवाहरुको झुण्ड रातिसम्म बस्ने भएकाले निगरानीका लागि प्रहरीलाई पहिले नै आग्रह गरेको बताए । स्थानीय बिमला सहनीकाअनुसार लागुऔषध सेवन गर्नेहरुको हुलले राति–राति घरको छानामा ढुंगा हान्ने गरेका थिए ।

 

विप्लव माओवादीले अमेरिकी दूतावास घेर्यो

 

भेनेजुयलामा अमेरिकी हस्तक्षेपको विरोध गर्दै काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि धर्ना दिइएको छ ।
आइतबार काठमाडौंस्थित अमेरिकी दूतावास अगाडि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले  निर्वाचित सरकारलाई अपदस्थ हुनेगरी अमेरिकाले हस्तक्षेप गरेको भन्दै विरोध प्रर्दशन गरेको हो ।

 

प्रदर्शनकारीहरुले तत्काल भेनेजुयलामाथिको हस्तक्षेप बन्द गर्न पनि अमेरिकासँग माग गरेका छन् । भेनेजुयलाको स्वाधिनतामाथि हस्तक्षेप गरेकाले अमेरिकाविरुद्ध प्रर्दशन गर्नुपरेको विप्लव नेतृत्वको पार्टीको भनाई छ । घेराउ कार्यक्रममा नेकपाका जवस मोर्चासहितका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।

अमेरिकाले भेनेजुयलाका विपक्ष दलका नेता जुआन गुआईडोले राष्ट्रपति आफू भएको भनि गरेको स्वघोषणालाई अमेरिकाले मान्यता दिएको विरोधमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि विरोध गर्दै विज्ञप्ती जारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...