प्रहरी र कांग्रेसका युवा बिद्यार्थीबीच काँडेतार तानातान



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल बिद्यार्थी संघ र प्रहरीबीच काँडेतारको जुहारी जलेको छ ।

माइतिघर मण्डलाबाट सरकार विरोधी नारा लगाउँदै आएको नेपाल बिद्यार्थी संघ र प्रहरीबीच बानेश्वरमा काँडेतार तानातान भएको छ ।

प्रहरीले निषेधित क्षेत्रमा प्रवेश रोक्न काँडेतार लगाएको थियो । तर नेपाल बिद्यार्थी संघका कार्यकर्ताले काँडेदार फालिदिएका छन् ।

नेपाल बिद्यार्थी संघ र दरुण दलले संयुक्तरुपमा प्रर्दशन गरेका थिए ।

सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध चर्का नारा लगाउँदै उनीहरु बानेश्वर चोकमा पुगेका थिए ।

संसद भवन जाने बाटोमा प्रहरीले काँडेतार लगाएको थियो ।

प्रदर्शनकारीले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। प्रहरीले रोक्ने क्रममा काँडेतार तानातान भएको छ ।

चिकित्सा शिक्षा विधेयक जवरजस्ती पारित गरेको, आफ्ना नेताका नाममा रहेका अस्पतालहरु केन्द्र सरकार मातहत नल्याएको बताउँदै दुई भात्रृसंगठनहरु सडक उत्रेका छन् । सकडमा प्रहरीसँग जुहारी चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...