प्रहरी र कांग्रेसका युवा बिद्यार्थीबीच काँडेतार तानातान



हाम्रो इकोनोमि

 

नेपाली कांग्रेसको भात्रृ संगठन नेपाल बिद्यार्थी संघ र प्रहरीबीच काँडेतारको जुहारी जलेको छ ।

माइतिघर मण्डलाबाट सरकार विरोधी नारा लगाउँदै आएको नेपाल बिद्यार्थी संघ र प्रहरीबीच बानेश्वरमा काँडेतार तानातान भएको छ ।

प्रहरीले निषेधित क्षेत्रमा प्रवेश रोक्न काँडेतार लगाएको थियो । तर नेपाल बिद्यार्थी संघका कार्यकर्ताले काँडेदार फालिदिएका छन् ।

नेपाल बिद्यार्थी संघ र दरुण दलले संयुक्तरुपमा प्रर्दशन गरेका थिए ।

सरकार र प्रधानमन्त्री केपी शर्मा ओलीबिरुद्ध चर्का नारा लगाउँदै उनीहरु बानेश्वर चोकमा पुगेका थिए ।

संसद भवन जाने बाटोमा प्रहरीले काँडेतार लगाएको थियो ।

प्रदर्शनकारीले नयाँ बानेश्वरको निषेधित क्षेत्र तोड्ने प्रयास गरेका थिए। प्रहरीले रोक्ने क्रममा काँडेतार तानातान भएको छ ।

चिकित्सा शिक्षा विधेयक जवरजस्ती पारित गरेको, आफ्ना नेताका नाममा रहेका अस्पतालहरु केन्द्र सरकार मातहत नल्याएको बताउँदै दुई भात्रृसंगठनहरु सडक उत्रेका छन् । सकडमा प्रहरीसँग जुहारी चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
बैंकहरूको गैरबैंकिङ सम्पत्ति ४७ अर्ब नाघ्यो

    वाणिज्य बैंकहरूमा कर्जा असुली तथा धितो व्यवस्थापनसँग जोडिएको गैरबैंकिङ सम्पत्तिको आकार...

बजारमा चलनचल्तीको मुद्रा ९ खर्ब नजिक

    दसैँको चहलपहलसँगै नेपाली बजारमा नगदको प्रवाह उल्लेख्य रूपमा बढेको छ ।...

कुरिनटारमा ट्रक, बस र माइक्रो दुर्घटना हुँदा ११ जना घाइते

    चितवनको ईच्छाकामना–४ धारापानीस्थित पृथ्वी लोकमार्गमा ट्रक , बस र माइक्रो एकआपसमा...

पार्टीभित्रमा हार्नेलाई पनि क्षमताअनुसारको जिम्मेवारी दिन्छौँ : गगन थापा

    नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र जिम्मेवारी नपाएका नेता तथा कार्यकर्तालाई...