शाली नदी मेलामा लाेप हुन लागेको जाँतो, क्यामेरा देखेपछि दाल पिस्दै गरेकी युवती लाजले भुतुक्क



हाम्रो इकोनोमि

 

गत साेमबार (पौष शुक्लपूर्णिमा) देखि श्री स्वस्थानी व्रतकथा तथा माधवनारायणको पूजा आराधना शुरू भएकाे छ ।

प्रत्येक वर्ष पुस शुक्ल पूर्णिमादेखि स्वस्थानी व्रतकथा शुरू भई माघ शुक्लपूर्णिमाका दिन समापन हुने गर्दछ ।

यस अवसरमा काठमाडौँ उपत्यकाको उत्तर पूर्वी भेगस्थित १८ किमीको दुरीमा रहेको साँखुस्थित शाली नदीमा स्वस्थानी व्रतकथा तथा माधवनारायण मेला सुरु भएको छ ।

इतिहासकार श्रेष्ठलेका अनुसार माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखाली पुण्य कमाइने धार्मिक विश्वास छ ।

समितिका अध्यक्ष गोविन्दबहादुर श्रेष्ठले यस वर्ष माघ ७ गतेदेखि फागुन ७ गतेसम्म ३० लाख दर्शनार्थीले सहज रूपमा दर्शन गर्न सक्ने बताएका छन् ।

स्वस्थानी व्रत सँगसँगै साँखु वरपरका क्षेत्रहरूमा आन्तरिक तथा बाह्य पर्यटकहरूको समेत उल्लेख्य भ्रमण हुने हुँदा आर्थिक संकलनमा समेत महत्त्वपूर्ण स्थान रहेको पाइन्छ ।

एक महिना भरी साँखु शाली नदी जाने बाटो वरपरका क्षेत्रहरूमा विभिन्न किसिमका सामानहरूको किनबेच हुने गर्दछ ।

खाद्यान्न लत्ताकपडालगायत घरेलु सामग्रीहरूको व्यापार व्यवसाय हुनुका साथसाथै स्थानीय उत्पादनले समेत महत्त्व पाउने हुँदा मेला झनै आकर्षण बनेकाे देख्न ।

साना केटाकेटीदेखि लिएर बूढाबूढी सबैले केहि सामाग्री बेच्न राखेर बसेका छन् । शाली नदी वरपरका क्षेत्रहरूमा पूजाको सामाग्री, खाद्यान्न, खेलैन र विभिन्न धातुहरूको सामाग्री बेच्न राखेका छन् ।

यही माग ७ गते अर्थात् स्वस्थानी मेलाको सुरुआत भएकाे दिन हामी स्वस्थानी मेलाका व्रतालुहरूको फिटो खिच्न र स्वस्थानी मेलाको अवलोकन गर्न साँखुस्थित शाली नदीमा पुगेका थियौँ । त्यहाँ भक्तजनहरूकाे भिड लागेकाे थियाे ।

व्रतालुहरूले स्नान गरिहरेकाे थिए भने व्यापारीहरू आफ्नो व्यापार फैलाएर शाली नदी वरपर बसेकाे थिए । त्यहाँ कसैले मकै भुटिरहेका थिए, कसैले शंख बजाउँदै थिए ।

एक जना युवती भने जाँतोमा दाल पिस्दै थिए । गाउँघरमा समेत विद्युत् र डिजेलबाट चल्ने मिल विस्थापित गर्न लागेको जाँतोमा दाल पिस्दै गरेको देख्दा खुब रमाइलो लाग्यो । एक छिन् उभिएर उनले दाल पिसेको हेरौँ ।

उनले हामीतिर एक पटक हेरेर आफ्नो काम खुरुखुरु गर्न थालिन ।

विस्थापित हुन लागेको दाँतोमा दाल पिसिरहेको देखेपछि तस्बिर लिनको लागि मैले झोलाबाट क्यामेरा निकाले । क्यामेरा निकालेर उनको एउटा तस्बिर लिएसम्म थाहा भएन ।

जब उनकाे तस्वीर खिच्दा क्यामेराको आवाज आयो तब मात्रै उनले थाहा पाइन् मेरो फोटो खिच्यो भनेर ।

क्यामेराको आवाजले गर्दा उनले दाेस्राे पटक हामी तिर हेरिन्, जब क्यामेरा देखिन उनी लाजको भुतुक्क भइन् ।

फेरी उनको अर्को तस्बिर लिन मात्रै लागेकाे थिए, उनी नर्भस भएको देखिन्थी । उनले हामीलाई ‘तस्बिर नलिनुहोस्’ बाहिरी रूपमा भन्न नसके पनि उनले मनमा चाहिँ यिनीहरूले मेरो फोटो किन लिएको होला भन्ने भान भइरहेको थियो ।

फोटो खिच्दा उनले असहज मानेपछि तस्बिर लिन पनि उचित लागेन ।

उनको वरिपरि २४, २५ प्रकारको खाद्यान्न सामाग्री बेच्न राखिएको थियो ।

त्यो खाद्यान्न नाम सोध्या उनले आफ्नी आमालाई देखाउँदै भनिन्, ‘ममिलाई सोध्नुहोस् न।’ उनी आफ्नी आमा कमला श्रेष्ठ र भाइ अपर्ण श्रेष्ठसँग खाद्यान्न बेच्न बसेकी थिइन् ।

उनका भाइ अर्पण श्रेष्ठका अनुसार उनको नाम आहना श्रेष्ठ हो ।

जोडो बिदाको समयमा उनीहरू आफ्नी आमालाई व्यापारमा सहयोग गर्नका लागि आएका थिए ।

माघ १६ गतेमम्म आफ्नी आमालाई सहयोग गर्ने अपर्णले बताए ।

उनीहरू मंगलदया माध्यमिक विद्यालयमा अध्यन गर्दै गरेको अर्पणले बताए । उनका अनुसार १५ वर्षीया दिदी आहना कक्षा ९ मा र अर्पण कक्षा ६ मा अध्यनरत छन् ।

बेच्न ल्याएकाे सबै खाद्यान्न सामाग्री आफ्नै बारीमा उत्पादन गरेर कमलाले बताइन् । उनीहरूले खैरे भटमास, सोतो भटमास, जिम्बु, टिम्बुर, सिलाम, भाङ, आलस, मेथी, कालो दाल, जिरा, गुन्द्रुक, सिन्की, बकुँला, मकै, मकैको पिठो, बदाम, केराउ, मसेउरा, मस्तागे दाल, तितौरालगायतका खाद्यान्न सामाग्री बेच्न राखेको थिए ।

मेलाको सुरुआतमा व्यापार खासै नहुने कमलाले बताइन् । उनले भनिन् ‘व्यापार हो कहिले हुन्छ कहिले हुँदैन, सुरुमा खासै व्यापार हुँदैन, अन्तिमतिर अलि राम्रो हुन्छ ।’

त्यस्तै अर्का व्यापारी भुवन श्रेष्ठ पूजाको सामाग्री बेच्न राखेर बसेका थिए । एक महिनासम्म लाग्ने मेलामा पूजाको सामाग्रीलगायत फुल बेचेर एक लाखदेखि एक लाख ५० हजार कमाइ हुने उनकाे भनाइ छ ।

उनले पनि कमलाले जस्तै शुरूमा व्यापार कम हुने र अन्तिम तिर धेरै व्यापार हुने बताए । उनका अनुसार शुरूमा अलि थोरै तीर्थयात्रीहरु जाने र अन्तिम-अन्तिममा धेरै तीर्थयात्रीहरु जाने हुँदा शुरूमा थोरै र अन्तिममा धेरै व्यापार हुन्छ ।

शाली नदी पुग्नकै लागि राजधानीका विभिन्न रुटका गाडीहरू नियमित रूपमा चल्ने गर्दछन् भने देश तथा विदेशबाट आउने पाहुना तीर्थयात्रीहरुका लागि खाने, बस्ने र घुम्नेलगायतका कार्यक्रमहरू समेत स्थानीयहरूले गरिरहेका छन् । साँच्चै भन्नुपर्दा स्वस्थानी व्रतकै कारण स्थानीयहरूका लागि आर्थिक सङ्कलन गर्ने मेलोमेसो पनि रहेको छ भन्दा अत्युक्ति नहोला ।

 

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...