महिला नै माग्छन् अस्थायी साधन, दराजमा थन्किने अस्थायी साधन एकैछिनमा सकिंदै



हाम्रो इकोनोमि

 

 दुई वर्षअघि कण्डमको नाम सुन्ने बित्तिकै मुख छोपेर भाग्ने जाजरकोटका ग्रामीण क्षेत्रका महिला तथा पुरुषमा अहिले प्रयोग दर बढेको छ । महिला स्वयंसेविका र स्वास्थ्य संस्थाको निरन्तर जागरणका कारण ग्रामीण क्षेत्रमा अस्थायी साधन प्रयोग गर्नेको संख्या बढेको हो ।

 

सञ्चार माध्यमको पहुँच गाउँगाउँमा बढ्नु र सङ्घसंस्थाले निरन्तर जनसंख्या नियन्त्रण गर्न विभिन्न सुरक्षित उपाय खुलेर सिकाउन थालेपछि अहिले अस्थायी साधन प्रयोग गर्नेको संख्या बढेको स्थानीय तहका स्वास्थ्य शाखाले जानकारी दिएका छन् ।

 

बारेकोट गाउँपालिका स्वास्थ्य स्वास्थ्य तथा सरसफाइ शाखाका प्रमुख वीरराज सिंहका अनुसार पहिले–पहिले पुरुष मात्र अस्थायी साधन माग्न स्वास्थ्य संस्था आउने गर्थे, अहिले महिला पनि खुलेर अस्थायी साधन मागेर लिने गरेका छन् । जिल्लाका अधिकांश महिला स्वयंसेविकामार्फत वितरण हुँदै आएको अस्थायी साधन कसैले नलिँदा पहिले दराजमा थन्किने गरेकामा अहिले एकैक्षणमा वितरण हुने गर्दछ ।

 

विभिन्न यौनजन्य रोगबाट बच्नदेखि सन्तानका रहर पुगेका महिला तथा पुरुषले बढी प्रयोग गर्ने गरेको नलगाड नगरपालिका स्वास्थ्य शाखाले जनाएको छ । पहिलेको भन्दा अहिले ह्वात्तै माग बढेको स्वास्थ्यकर्मी बताउँछन् । निजी मेडिकलमा समेत अस्थायी साधनको बिक्री दर बढेको बारेकोट सिलिङगीका रामबहादुर शाहीले बताए ।

 

जिल्लाका विभिन्न ठाउँमा हुने स्वास्थ्य शिविरमा कपटी, नरप्लान्ट र परिवार नियोजन गर्ने महिला तथा पुरुषको संख्या बढी नै आउने गरेको प्रमुख सिंहले जानकारी दिए । धेरै सन्तान जन्माउँदा पढाउन र दैनिक आवश्यकता पूरा गर्न समस्या परेको भन्दै ग्रामीण क्षेत्रमा स्थानीयवासी कम सन्तान जन्माएर राम्रो शिक्षा, स्वास्थ्य र खाना दिन सके राम्रो हुने तर्क गर्न थालेका छन् ।

 

अहिले विद्यालयमा समेत प्रजनन् स्वास्थ्यका विषयमा शिक्षक तथा अभिभावकबीच छलफल हुने गरेको पञ्च भयार माध्यमिक विद्यालयका नलगाड–८ शिक्षक वीरबहादुर खत्रीले बताए । खत्रीले भने, ‘धुलिखेलमा स्वास्थ्य शिक्षा कसरी पढाउने भन्ने विषयमा तालीम लिएपछि मलाई थप ऊर्जा पैदा भएको छ र सबै शिक्षक तथा विद्यार्थीलाई खुलेर छलफल गराउने जागरण पैदा भएको छ ।’

 

जिल्लाभरि स्वास्थ्य पढाउने शिक्षकलाई धुलिखेलमा स्वास्थ्य विषय कसरी शिक्षण गर्ने भन्ने विषयमा व्यापक छलफल गरिएको थियो । एउटा शिक्षकको काम विद्यालयमा मात्र पढाउनु मात्र, नभई समाज सुधारको नाइके भएर अगाडि बढ्नु पनि हो भन्ने मान्यता आत्मसात् गर्न खत्रीको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...