पूर्वराजा ज्ञानेन्द्र र नेपाली काँग्रेस सरकार बिरुद्ध आन्दोलन गर्ने तयारीमा



 

पूर्वराजा ज्ञानेन्द्र र नेपाली काँग्रेसले सरकार बिरुद्ध सँगै आन्दोलन गर्ने तयारीमा लागेको बुझिएको छ , सरकारविरुद्ध कांग्रेस सडकमा उत्रँदैछ भने ज्ञनेनद्र देशव्यापी भ्रमणमा निस्केका छन ।पछिल्लो समय काँग्रेस राप्रपा र ज्ञानेन्द्र नजिकँदै छन ।

 

हेर्नुहोस क कस्को कस्तो छ बिरोधका कार्यक्रम

दुई हप्ता भन्दा बढी समय पोखरामा बिताएर फर्केको एक महिना पुग्दा नपुग्दै पूर्वराजा ज्ञानेन्द्र शाह आज अपरान्ह ४ बजे सिमरा प्रस्थान गर्दैछन्।सिमरालाई केन्द्र बनाएर वरपरका जिल्ला भ्रमणका लागि पत्नी कोमल शाहसहित उनी त्यसतर्फ प्रस्थान गर्न लागेका हुन्।

 

सिमरा रहँदा बालसखा तथा सल्लाहकार प्रभु शमशेर राणाको निवासमा रहने गरेका उनी यसपटक पनि त्यहीँ रहनेछन्।आज अपरान्ह ४ बजे हवाई मार्गबाट सिमरा प्रस्थान गर्ने उनी त्यहाँ कति समय रहने भन्ने तय भएको छैन।

 

स्थलमार्गबाट झापा

केही दिन सिमरामै रहेर उनी त्यतैबाट पूर्वी तराईको झापाको दमकस्थित आफ्नो चियाबगानमा जानेछन्।‘झापा जाने कार्यक्रम छ, तर कहिले जाने भन्ने तय छैन’ निर्मल निवास स्रोतले भन्यो, ‘उहाँ सिमराबाट स्थलमार्ग हुँदै झापा जानु हुनेछ।’

२ पुषमा हवाई मार्गबाट पोखरा पुगेका पूर्वराजा शाह काठमाडौँ फर्कंदा चाहिँ स्थलमार्ग प्रयोग गरेका थिए।निकटस्थहरुसँगको कुराकानीमा पूर्वराजा शाहले आफूलाई हवाई मार्ग भन्दा स्थलमार्ग रमाइलो लाग्ने बताउने गरेका छन्।

 

पुष दोस्रो साता नेकपा प्रवक्ता नारायणकाजी श्रेष्ठसँगको कुराकानीमा पनि उनले आफूलाई हवाई भन्दा स्थलमार्ग मन पर्ने बताएका थिए।‘खाने आराम गर्ने र सौचालयको व्यवस्था भए काठमाडौँ–पोखराका लागि स्थलमार्ग नै राम्रो छ’ श्रेष्ठसँग उनले भनेका थिए।

 

मुलुक गणतन्त्रमा प्रवेश गरिसकेपछि सहज सत्ता हस्तान्तरण गरेका पूर्वराजा शाहले स्थलमार्गमा सर्वसाधारणको न्यानो स्वागत पाउने गरेका छन्।१९ जेठ ०५८ मा दरवार हत्याकाण्ड भएका बेला पोखरामा रहेका उनी झापाबाट स्थलमार्ग हुँदै पोखरा पुगेका थिए।झापामा केही दिन बिताएर चितवन हुँदै उनी पोखरा प्रस्थान गरेका थिए। त्यसको एकाध दिनमै दरवार हत्याकाण्ड हुन पुगेको थियो।

 

झापा साइनो
पूर्वराजा गत सालपनि दमकस्थित हिमालयन टि गार्डेनमा लामो समय रहेर राजनीतिक भेटघाट गरेका थिए।ती भेटघाटमध्ये राप्रपाका तीनै घटकहरुका दोस्रो तहका नेताहरुसँगको भेटघाट निकै चर्चित भएको थियो।आफूसँग भेटका लागि काठमाडौँबाटै झापा पुगेका तीनै घटकका नेताहरुलाई उनले एकताका लागि सुझाव दिएका थिए।त्यसपछि राप्रपाका घटकहरुबीच एकता प्रक्रिया सुरु भएपनि त्यसले अहिलेसम्म मूर्तरुप लिन सकेको छैन।

 

सरकारविरुद्ध सडकमा उत्रँदै कांग्रेस

 

आफ्नो असहमतिका बीच संसदले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक पारित गरेपछि रुष्ट बनेको नेपाली कांग्रेस सरकारविरुद्ध सडक संघर्षमा उत्रने भएको छ।

 

सरकारको कार्यशैलीविरुद्ध आज (आइतबार) उसका भ्रातृ संगठनहरू तरुण दल, महिला संघ र नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा संयुक्त विरोध जुलुस निकाल्दैछन्।

 

यसअघि शनिबार पनि नेविसंघका कार्यकर्ताले स्विट्जरल्यान्डबाट फर्केका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विमानस्थलमै कालो झन्डा देखाएका थिए।

 

तर पार्टीका तर्फबाट गरिने विरोधका कार्यक्रमबारे भने आज बस्ने केन्द्रीय समितिको बैठकले तय गर्ने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए।

 

‘आज भ्रातृ संगठनहरूले विरोध प्रदर्शन गर्ने कार्यक्रम छ,’उनले भने, ‘आज दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बस्दैछ, त्यसमा हामी नेविसंघको महाधिवेशनलगायत आन्तरिक विषयका साथै संसदमा सरकारले देखाएको कार्यशैलीविरुद्ध कसरी उत्रने भन्ने विषयमा पनि छलफल गर्नेछौं।’

 

प्रतिपक्षी दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद् बैठक बोलाएर विभिन्न आयोगमा प्रमुख नियुक्ति गरिएको, संसद्‌मा प्रतिपक्षले राेस्ट्रम घेराउ गर्दासमेत सभामुखबाट संसद्‍को कारबाही अघि बढाइएको, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाका नाममा स्थापित अस्पताललाई संघ मातहतबाट हटाइनुले सरकार प्रतिपक्षलाई निषेध गरेर अघि बढ्न खोजेको कांग्रेसको आरोप छ।

तनहुँमा स्थापित गिरिजाप्रसाद कोइराला श्वासप्रश्वास केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई संघ मातहतबाट हटाउने निर्णय नसच्याए संसद्मा अवरोध जारी राख्ने पनि कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस
१३ अंकले बढ्यो नेप्से, १० अर्बको कारोबार

    बिहीबार सेयर बजारको परिसूचक नेप्से १३.९५ अंक बढेको छ । यो

नारायणगढ–बुटवल सडकखण्डको काम मंसिरभित्र सुरु गर्न प्रधानमन्त्रीको निर्देशन

    प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणगढ–बुटवल सडकखण्डको विस्तारको काम आउँदो मंसिरभित्र सुरु

एमाले इलाम अधिवेशन, अध्यक्षमा ३ जना आकांक्षी

    नेकपा एमालेको इलाम को ११औँ अधिवेशन आजबाट सुरू हुँदैछ । भोलिसम्म

एमालेको जागरणसभा तयारी, संयोजन समिति गठन

    नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले मङ्सिर ७ गते काठमाडौँमा गर्न लागेको जागरणसभा