रविको विवाह वैशाख तेस्रो साता, अमेरिकामा रहेका छोरीहरू बाबुको बिहेमा आउछन ?
रवि र निकिताले आगामी वैशाखको तेस्रो साता औपचारिक रूपमा विवाह गर्दैछन् । विवाह कसरी गर्ने योजनामा हुनुहुन्छ ? भन्ने प्रश्नमा रवि भन्छन्, ‘अहिले नै विवाह कसरी गर्ने भन्ने योजना बनाएको छैन ।
जे होस्, सामान्य तरि काबाट परम्परागत मूल्य–मान्यताको अधीनमा रहेर निकिताजीको सिउँदो भर्नेछु ।’रविले इशासँगको पारपाचुके गरेपनि इशातर्फका दुई छोरीको सम्पूर्ण जिम्मेवारी आफैंले लिएको बताएका थिए ।
यद्यपि रविले अमेरिकामा रहेका छोरीहरूलाई आफ्नो विवाहमा बोलाउँ छन् कि बोलाउँदैनन्, कौतूहलता छ ।
यही विषयमा रवि भन्छन्, ‘मैले यो विषयमा सोचेको पनि छैन, मेरै छोरी हुन्, उनीहरूले चाहे भने आफ्नो बाबुको विवाहमा सरिक हुन सक्छन् ।’
रबि संग कोर्ट म्यारिज गरे पछी के भन्छिन त निकिता उनकै सब्द मा स्हाम्रो चिनजान भएको करिब ९ महिना भयो, तर विवाह गर्ने निर्णयमा पुगेको चाहिँ त्यस्तै ३ महिनाजति भयो ।
हामी दुवै जनालाई राम्रोसँग चिन्ने एक जना दाइ हुनुहुन्थ्यो । उहाँलाई हाम्रो व्यक्तिगत जीवनका बारेमा राम्रो जानकारी थियो । त्यसपछि उहाँले हामी दुई जनाले विवाह गर्दा राम्रो हुन्छ भन्नु भयो । दुवै जना एक्लै भएको र प्रोफाइल पनि मिल्ने भएकाले विवाह गर भन्नुभयो ।
त्यसपछि हामीले एक–अर्काको परिवारसँग सल्लाह र्गयौं अनि परिवारको सहमतिमै अहिलेका लागि कोर्ट म्यारिज र्गयौं ।मलाई रविजीको केयरिङ एकदमै मन पर्छ भने सरल स्वभाव अनि अन्डरस्ट्यान्डिङ जस्ता कुराले मेरो मन जित्यो ।म श्रीमानसँग छुट्टिएर बसेको त करिब ७–८ वर्ष भैसकेको थियो, तर मैले २ वर्षअघि मात्र डिभोर्स फाइल गरेको थिएँ ।
त्यसको प्रोसेसिङ एकदमै लामो हुँदो रहेछ । हामीले ९ महिनाअघि मात्र सहमतिमै डिभोर्स गरेका हौं ।एउटी छोरी छिन् । उनी अहिले १० वर्षकी भइन् ।रविजीको पनि पर्सनल लाइफ पहिलेदेखि नै डिस्टर्ब छ ।
त्यसैले अब हामीले एक–अर्कालाई बुझ्ने, आफ्नो परिवारलाई बलियो बनाउने, अरुको अघि सधैं राम्रो बन्ने प्रतिबद्धता गरेका छौं ।यो बाध्यता हो । हामी वैशाखमा विधिवत् रूपमा विवाह गर्ने योजनामा थियौं, तर रविजी सँग मेरो नाम जोडिएर अनेक टीकाटिप्पणी हुन थालेपछि हामी कोर्ट म्यारिज गर्न बाध्य भएका हौं ।हामीले ज्योतिषीलाई चिना देखायौं । ज्योतिषीले अहिले नै विवाह गर्न राम्रो साइत नजुरेको र वैशाखको तेस्रो साता विवाह गर्दा उत्तम हुन्छ भनेपछि हामीले वैशाखमा विवाह गर्ने निर्णय गरेका थि यौं । कोर्ट म्यारिज गरे पनि हामी वैशाखको तेस्रो साता हिन्दू परम्पराअनुसार विवाह गछौं । डेट भने फाइनल भएको छैन ।


