भेनेजुयला प्रकरणले नेकपामा विवाद,ओली प्रचण्डबीच आरोप प्रत्यारोप



हाम्रो इकोनोमि

 

नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र फेरि आपसी असमझदारी चुलिएको छ । प्रधानमन्त्री एवम् नेकपाका आधा अध्यक्ष केपी शर्मा ओली स्वीजरल्याण्ड रहेका बेलामा पार्टीका अर्का आधा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड (एक अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष प्रचण्ड) ले भेनेजुएलाका सन्दर्भमा पे्रेस विज्ञप्ति जारी गरेपछि ओली प्रचण्डसंग रिसाएका हुन् ।

 

आफूसँग कुनै सरसल्लाह नै नगरी भेनेजुएलाको आन्तरिक मामिलामा अमेरिका र उसका सहयोगी राष्ट्रबाट भएको हस्तक्षेपको निन्दा गर्दै हतारिएर प्रचण्डले प्रेस विज्ञप्ति जारी गरेको भन्दै ओली प्रचण्डसंग रिसाएका हुन् ।  प्रचण्डको पछिल्लो विज्ञप्तिले अमेरिकासंग नेपालको बन्दै गरेको थप सुमधुर सम्बन्धमा असर पर्न सक्ने भन्दै नेकपाभित्र आरोप प्रत्यारोप भैरहेको बुझिएको छ ।

 

इन्डोनेसिया प्यासिफिकका क्रममा नेपाल र अमेरिकाबीच निकटता भइरहेका बेलामा प्रचण्डले विज्ञप्ति जारी गरेर अमेरिकाको विरोध जनाएपछि प्रचण्ड ओली सम्बन्धमा दरार आएको हो ।

 

यो विज्ञप्ति जसले ल्यायो सम्बन्धमा दरार  
प्रचण्डले भेनेजुएलामा गहिरिएको राजनीतिक संकटको विषयमा कडा विज्ञप्ति निकालेका थिए । उनले भेनेजुएलामा लोकतान्त्रिक तरिकाले निर्वाचित राष्ट्रपति निकालोस मदुरोको विरुद्धमा अमेरिकाले साम्राज्यवादी नीति लिएको भन्दै त्यसको निन्दा गरेका थिए ।  भेनेजुएलाको आन्तरिक मामिलामा हस्तक्षेप गरी अमेरिकाले साम्राज्यवादी नीति लिएको आरोप उनको छ ।

 

जुवान गुआइडोले आफैलाई राष्ट्रपति घोषणा गर्नु र त्यसको अमेरिका लगायतका राष्ट्रले तत्कालै समर्थन गर्नुले प्रजातान्त्रिक ढंगले निर्वाचित भेनेजुएलाका राष्ट्रपति र जनता विरुद्ध त्यहाँ ग्रान्ड डिजाइन प्रष्ट भएको प्रचण्डले आरोप लगाएका छन् ।

 

उनले वक्तव्यमा यो साम्राज्यवादी कु र आन्तरिक मामिलामा हस्तक्षेप अस्वीकार्य भएको जनाउँदै उनले वक्तव्यमा अमेरिकाले भेनेजुएलामा अमानवीय आर्थिक नाकाबन्दी गरेर शुन्यता र हिसांको अवस्था ल्याई सैनिक हस्तक्षेप गर्ने प्रयास एक दशक अघिदेखि नै गरेको आरोप समेत लगाएका छन् ।

 

देशको नीतिमाथि नै प्रश्नचिन्ह
यो विज्ञप्तिले नेपालको अमेरिका नीति के हो भन्ने प्रश्नचिन्ह खडा गरेको छ । एकातिर प्रधानमन्त्री ओली अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसंग भेटेर नेपाल–अमेरिका सम्बन्ध थप मजबुद बनाउने प्रयासमा देखिन्छन् भने अर्कातर्फ सत्ताधारी दलकै आधा अध्यक्ष विज्ञप्ति निकालेर अमेरिकी हस्तक्षेपको विरोध गरिरहेका छन् ।

 

सरकारले विदेश नीतिमा सजग रहेको भनिरहँदा यसरी प्रचण्डले निकालेको विज्ञप्तिले नेकपाभित्र मात्र हैन समग्र नेपाललाई नै सोच्न वाध्य पारिएको विश्लेषण विज्ञहरुले गर्न थालेका छन् ।

 

ओली सरकारले केवल छिमेकी राष्ट्रहरु भारत र चीनसंगको सम्बन्ध बनाउन लागिपरेको र दोहोरो भूमिका खेलिरहेको आरोप लागिरहँदा प्रचण्डको विज्ञप्ति, ओलीको योजना र आपसमा देखिएको टकरावले नेकपालाई त ध्वस्त पार्ने छ नै अमेरिकाको नेपाल हेराइमा समेत गम्भीर असर पर्ने संकेत देखिएको छ ।

 

भेनेजुएलाको विषयमा अहिले नेपालले बोल्न आवश्यकसमेत नभएको तर्क पनि गरिएको छ । भेनेजुएलाको विषयमा प्रतिक्रिया दिएर प्रचण्डले आफ्नो खुट्टामा बञ्चरो हानेको समेत विश्लेषण हुन थालेको छ ।

 

विज्ञप्ति स्वविवेकले कि नियतवश ? 
प्रचण्ड नेकपाका आधा अध्यक्ष भए पनि पार्टीले निकाल्ने विज्ञप्तिमा उनको हस्तक्षेप कमै हुँदै आएको छ । उनले यसमा चासो समेत राखेको पाइँदैनथियो ।

 

तर एक्कासी शुक्रबार उनले निकालेका विज्ञप्ति अनपेक्षित थियो । उनी आफै पनि त्यति स्वस्थ्य थिएनन् । घरमै आराम गरेर बस्न चिकित्सकले सुझाव दिइरहेका सन्दर्भमा प्रचण्ड कसरी आक्रामक भए भन्ने प्रश्न टड्कारो बनेको छ ।

 

प्रचण्डले विदेशनीतिका विषयमा त विज्ञप्ति निकाल्ने गरेकै थिएनन् । अपर्झट आएको विज्ञप्तिबारे एक नेकपाका केन्द्रीय सदस्यले भने –हामी अलमलमा परेका छौं यो कसरी भयो ?

 

उनको भनाइबाट पनि स्पष्ट हुन थप मद्धत गर्छ कि यो प्रचण्डको स्वविवेकले नभइ नियतवश गराइएको हो । प्रचण्डलाई यसरी उचालेर फाइदा कसलाई हुन सक्छ ? यो गम्भीर विषय हो ।

 

अमेरिकाले नेपाललाई हतियार संगसंगै सैन्य अभ्यासमा समेत पछिल्लो समय सघाउन खोजिरहेको सन्दर्भमा कसले यसरी नेपालीको भावनामाथि खेल्यो भनेर चर्चा हुन थालेको छ ।

प्रतिक्रिया दिनुहोस
ओली निवास गुण्डुमा ढले जगन्नाथ थपलिया

    बागमती प्रदेशका एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया हिजो राति अध्यक्ष...

सुनसरीमा गोली लागेका रवीन्द्र मेहताको निधन

    सुनसरीको कप्तानगञ्ज घटनामा गोली लागेका २२ वर्षीय रवीन्द्र मेहताको निधन भएको...

पहिरोले अरनिको राजमार्ग अवरुद्ध

    अरनिको राजमार्ग अन्तरगत सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-२, लिपिङमा पहिरो खस्दा सडक पूर्ण...

नबिल बैंक एजुकेशन हब पुतलीसडकमा सञ्चालन

    नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन हब’ सञ्चालनमा ल्याएको...