बिहेको भोज खान कांग्रेस नेता हेलिकोप्टरमा सवार !



हाम्रो इकोनोमि

 

 

रामेछाप जिल्लाका नेपाली कांग्रेसका केहि नेताहरु बिहेको भोज खान हेलिकोप्टर चार्टर गरेर गए पछि पार्टी भित्रैबाट विरोध सुरु भएको छ ।

रामेछाप जिल्ला उमाकुण्ड गाउँपालिका उपाध्यक्ष उर्मिला कार्कीको देवरको बिवाह भोजको लागि आएको निमन्त्रणामा नेपाली कांग्रेस रामेछापका पूर्वसभापति रामचन्द्र खड्का, नेपाली काँग्रेसको तर्फबाट रामेछाप प्रदेशसभा ‘क’ का प्रत्यासी जितबहादुर मगर, अर्नुजकुमार केसी, महाधिवेशन प्रतिनिधि भरत चौलागाई र विनिता खड्का हेलीकप्टर चढेर रामेछापको गुम्देल पुगेका हुन् ।

पार्टीका नेताहरु विवाहको भोज खान हेलीकप्टर चढेर गएपछि काँग्रेसकै नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जाल मार्फत खुलेरै आलोचना गरेका छन् । काँग्रेसकै एक कार्यकर्ताले त रामेछाप कांग्रेसका नेताहरुले विपीको सिद्धान्तलाई तिलान्जली दिएको आरोप लगाएका छन् ।

रातदिन मेहनत गरेर काम दर्ता हामी काँग्रेसका कार्यकर्ताहरुलाई दुई छाक टार्न मुस्कील छ तर नेताहरुलाई विवाहको भोज खान जानको लागि हेलीकप्टर चढ्ने पैसा कहाँबाट आयो ? काँग्रेस कार्यकर्ताले प्रश्न समेत गरे ।

नेपाली काँग्रेसले महामानव विपी कोइरालाको आदर्श र सिद्धान्तलाई बेवास्ता गर्दा निर्वाचनमा नराम्रोसँग पराजित भएको र यस्तै गतिविधि आगामी दिनमा पनि होदोरिएमा कांग्रेसको अस्तित्व नै संकटमा पर्ने समेत बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...