अन्तर्राष्ट्रिय विमानस्थलमा उडान अवतरण बन्द, दिउँसोमात्र खुल्ने अनुमान



हाम्रो इकोनोमि

 

मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सबै उडान अवतरण बन्द भएको छ । अहिले काठमाडौं उपत्यकामा सिमसिम वर्षा भइरहेको छ र भिजिबिलिटी एकदमै कम छ ।

 

त्यसैले विहानैदेखि अन्तर्राष्ट्रिय र राष्ट्रिय उडान अवतरण बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रवन्धक राजकुमार क्षेत्रीले जानकारी दिए । उनले भने, ‘एयरपोर्ट पूरै क्लोज छ । कुनै पनि उडान अवतरण हुन सकेको छैन ।’

 

टाढाबाट आएका विमानहरु नजिकको एयरपोर्टमा डाइभर्ट भएको र नजिकका एयरपोर्टबाट काठमाडौं हुने उडान रोकिएको उनले जानकारी दिए ।

 

मौसमविद समिर श्रेष्ठका अनुसार एयरपोर्ट क्षेत्रमा पानी पर्न रोकिए पनि भिजिबिलिटी १ सय मिटरमा झरेको छ । तर उडान अवतरणका लागि १५ सय मिटरसम्म भिजिबिलिटी चाहिने भएकाले उडान अवतरण हुन सकेको छैन । उडान हुन नसक्दा बिहानै एयरपोर्ट पुगेका यात्रुहरु बिचल्लीमा परेका छन् ।

 

मौसमविदका अनुसार काठमाडौंको आकाश दिउँसोतिर खुल्ने अनुमान छ । मौसमविद श्रेष्ठले अनलाइनखबरसँग भने, ‘हिजोको सिस्टम बाँकी रहेकाले काठमाडौंमा मौसम बदली भएको हो । देशको मध्य र सुदूरपश्चिममा पनि बदली छ । त्यो बादल पनि पातलिँदै गएको छ । दिउँसोतिर घाम लाग्छ ।’

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...