यूएईमाथि नेपालको १४५ रनको फराकिलो जित



हाम्रो इकोनोमि

 

 

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि फारकिलो जित हात पारेको छ।

शनिबार युएईमा जारी दोस्रो खेलमा  नेपालले युएईलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

पहिलो खेल जितेको युएईविरुद्ध जित हात पार्दै नेपाल बराबपरमा पुगेको हो।

टस जितेर ब्याटिङ रोजेको नेपालले युएईलाई २४३ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको युएइले १९.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ९७ रनमात्र जोड्न सफल भएको थियो।

नेपालको जितमा सोमपाल कामी र सन्दीप लिामिछानेले विशेष योगदान दिए। युएईविरुद्ध सोमपालले पाँच विकेट लिए भने अर्का खेलाडी सन्दीपले एकै ओभरमा तीन विकेट लिँदै नयाँ रेकर्ड राखे।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ४४, विनोद भण्डारी २१, दीपेन्द्रसिंह ऐरी १०, पवन शरार्फ ८, पारस खड्का २१, शेख २९, रोहितले अर्धशतक पूरा गर्दै ५५ रनको योगदान दिए।

राहित अर्धशतक बनाउँदै अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बने।

तयस्तै नेपालका लागि करण केसीले १८, सोमपाल कामीले २, सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रनको योगदान गरेका थिए।

नेपाल र युएईबीच अन्तिम म्याच सोमबार हुनेछ।

प्रतिक्रिया दिनुहोस
कुमारी बैंकको २६औँ साधारणसभा सम्पन्न, सेयरधनीलाई ५५ करोड नगद लाभांश

    कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले...

लक्ष्मी सनराइज बैंकको सीईओमा सुमेद भट्टराई नियुक्त

    लक्ष्मी सनराइज बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुमेद भट्टराई...

नबिल बैंकद्वारा नयाँ नोट वितरण सुरु

    नेपालीहरूको प्रमुख चाड बडादसैँलाई लक्षित गर्दै नबिल बैंक लिमिटेडले ग्राहकका लागि...

वाणिज्य बैंकहरुले दुई महिनामा कमाए १७ अर्ब ८१ करोड

    वाणिज्य बैंकहरुले चालु आर्थिक वर्ष २०८२/८३ को दुई महिनामा १७ अर्ब...