यूएईमाथि नेपालको १४५ रनको फराकिलो जित



हाम्रो इकोनोमि

 

 

दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईमाथि फारकिलो जित हात पारेको छ।

शनिबार युएईमा जारी दोस्रो खेलमा  नेपालले युएईलाई १४५ रनको फराकिलो अन्तरले पराजित गरेको हो।

पहिलो खेल जितेको युएईविरुद्ध जित हात पार्दै नेपाल बराबपरमा पुगेको हो।

टस जितेर ब्याटिङ रोजेको नेपालले युएईलाई २४३ रनको लक्ष्य दिएको थियो।

जवाफी ब्याटिङमा उत्रिएको युएइले १९.३ ओभरमा सबै विकेट गुमाउँदै जम्मा ९७ रनमात्र जोड्न सफल भएको थियो।

नेपालको जितमा सोमपाल कामी र सन्दीप लिामिछानेले विशेष योगदान दिए। युएईविरुद्ध सोमपालले पाँच विकेट लिए भने अर्का खेलाडी सन्दीपले एकै ओभरमा तीन विकेट लिँदै नयाँ रेकर्ड राखे।

नेपालका लागि ज्ञानेन्द्र मल्लले ४४, विनोद भण्डारी २१, दीपेन्द्रसिंह ऐरी १०, पवन शरार्फ ८, पारस खड्का २१, शेख २९, रोहितले अर्धशतक पूरा गर्दै ५५ रनको योगदान दिए।

राहित अर्धशतक बनाउँदै अन्तराष्ट्रिय क्रिकेटमा अर्धशतक बनाउने कान्छो क्रिकेटर बने।

तयस्तै नेपालका लागि करण केसीले १८, सोमपाल कामीले २, सन्दीप लामिछाने १३ र ललित राजवंशी ३ रनको योगदान गरेका थिए।

नेपाल र युएईबीच अन्तिम म्याच सोमबार हुनेछ।

प्रतिक्रिया दिनुहोस
सरकारले ओली, देउवा र प्रचण्डको सम्पत्ति छानबिन गर्ने

    तीन पूर्वप्रधानमन्त्रीको सम्पत्ति छानबिन प्रक्रिया अघि बढेको छ । पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर...

ट्रम्पविरुद्ध लाखौं जनता सडकमा, ३ हजारभन्दा बढी स्थानमा प्रदर्शन

    अमेरिकाका प्रमुख सहरदेखि साना गाउँहरूसम्म राष्ट्रपति डोनाल्ड ट्रम्प र उनको प्रशासनका...

पूर्वमन्त्री दीपक खड्का पक्राउ

  नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दीपक खड्का पक्राउ परेका छन् ।...

अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...