म स्विट्‍जरल्यान्ड बैंकका खाता हेर्न गएको होइन : प्रधानमन्त्री ओली



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू स्विट्‍जरल्यान्ड बैंकका खाता हेर्न नगएको बताएका छन्। भ्रमण सकेर शनिबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

 

स्विस बैंकमा ५५ नेपालीले गैरकानुनी ढंगले पैसा राखेको खुलासा भएको छ यसबारे केही कुरा भयो ? भन्ने एक पत्रकारको प्रश्नको जवाफ दिने क्रममा प्रधानमनत्री ओलीले यस्तो बताएका हुन्।

 

‘म स्विट्‍जरल्यान्ड बैंकका खाता हेर्न गएको होइन’, प्रधानमन्त्री ओलीले भने, ‘म स्विट्‍जरल्यान्ड गएको डाभोसमा अन्तर्राष्ट्रिय आर्थिक मञ्चको कार्यक्रममा सहभागी हुन हो।’

 

यो विषयमा प्रधानमन्त्री ओलीले हल्लाहरु कसरी आए भन्ने विषयमा समयले देखाउने उल्लेख गरेका छन्। ‘हल्ला कति सही र कति गलत छन् त्यलाई समयक्रमले देखाउँछ’, प्रधानमन्त्री ओलीले भने, ‘सरकारले संचार माध्यममा आएका कुराहरुको जानकारी लिएको छ।’

 

शुक्रबार राष्ट्रिय चिकित्सा शिक्षा विधेयक २०७५ संसदबाट पारित भएपछि डा. गोविन्द केसीले प्रधानमन्त्रीको राजीनामा मागेका छन्। यो विषयमा राखेको जिज्ञासाको जवाफमा प्रधानमन्त्री ओलीले तीन करोड जनतामा केही ठाउँका केही मानिसमा असन्तुष्टि हुनु सामान्य भएको बताए।

 

‘सरकारले गर्ने कामको पनि प्रक्रिया हुन्छ। अरुको पनि प्रक्रिया हुन्छ। तपाईंहरुले जस्तो धेरै चिन्ता गर्नुपर्ने आवस्था अहिले देशमा छैन’, प्रधानमन्त्री ओलीले डा. केसीतर्फ लक्षित गर्दै भने, ‘देशमा तीन करोड मान्छे छन्। केही मानिसमा असन्तुष्टि अलिअलि हुन सक्छन्, कसैलाई चित्त नबुझेको हुन सक्छ। यस्तै कुरालाई हामीले उधुम अब के के न असन्तुष्ट भयो भन्ने तर्फ लाग्नु हुँदैन।’

 

विश्व आर्थिक मञ्चको ४९औं बैठकमा सहभागी भएर प्रधानमन्त्री केपी ओली शनिबार स्वदेश फर्किंका हुन्न्। मञ्च बैठकमा नेपालको पछिल्लो राजनीतिक अवस्था एवम् विश्व अर्थराजनीतिबारे बहस भएको थियो। स्विट्जरल्यान्डको डावोसमा पुगेका प्रधानमन्त्री ओली दुई वटा औपचारिक सत्रमा सहभागी भए। उक्त अवसरमा उनले विश्व समुदायलाई नेपालमा लगानीका लागि आग्रह गरे।

 

उदघाटन सत्रमा सहभागिता मात्र जनाएका उनले ‘दक्षिण एसियाको रणनीतिक दृष्टिकोण’ र ‘लोकतन्त्रको भविष्यलाई आकार दिने’ नामक दुई सत्रमा मंगलबार र बुधबार आफ्ना धारणा राखेका थिए। यसका अतिरिक्त उनले साइडलाइन भेटवार्ता पनि गरे। अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रधानमन्त्री ओलीले नेपाल वकासमा अघि बढिसकेको र त्यसका लागि विश्व समुदायको लगानी आवश्यक रहेको बताए।

 

सामाजिक एवं आर्थिक रूपान्तरणका लागि सरकारले आफूलाई केन्द्रित गर्दै विकासको पाइला अघि बढाएको पनि उनको भनाइ छ। सरकार लोकतान्त्रिक विधिबाट निर्वाचनमा आएको र दिगो विकास एवं जनतामा समर्पित भएर काम गरिरहेको उनले बताए। सरकार प्रधानमन्त्री मातहत अधिकार केन्द्रित गर्न लागेको भन्ने जिज्ञासामा प्रधानमन्त्री ओलीले त्यस्तो नरहेको दाबी गरेका थिए।

 

अन्तर्राष्ट्रिय फोरममा नेपालमा लगानी वातावरण बनेको सन्देश दिनुलाई सकारात्मक मान्नुपर्ने कूटनीतिज्ञ एवं अर्थविद्हरूको भनाइ छ। आह्वानबाट मात्र लगानी नआउने विषयमा प्रधानमन्त्री सचेत हुनुपर्ने उनीहरूको सुझाव छ।

नेपालबाट प्रधानमन्त्री ओलीसँगै परराष्ट्रमन्त्री, अर्थमन्त्री, प्रधानमन्त्रीका दुई सल्लाहकार, योजना आयोगका उपाध्यक्ष र सरकारी अधिकारीसहित २४ जना सहभागी थिए।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...