प्रधानमन्त्री ओली स्वदेश फिर्ता, भ्रमण सफल भएको दाबी



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डमा विश्व आर्थिक मञ्चको ४९ औं बैठकमा सहभागी भई शनिवार बिहान स्वेदश फर्किएका छन् ।डाभोस शहरमा आयोजित बैठकमा भाग लिन प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल गत आइतवार राति त्यसतर्फ प्रस्थान गरेको थियो ।

 

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भ्रमण सफल भएको बताए । उनका अनुसार बैठकमार्फत् नेपालले आफ्नो धारणा र योजना अन्तर्राष्ट्रिय समुदायसम्म पुर्याएको छ ।

 

मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’ विषयका २ बेग्लाबेग्लै छलफलमा विश्वका विभिन्न मुलकका नेतासँग सहभागी भएका प्रधानमन्त्री ओलीले नेपालमा हासिल भएको राजनीतिक स्थायित्व र आफू नेतृत्वको वर्तमान सरकारका सामाजिक, आर्थिक रुपान्तरणका प्राथमिकताबारे जानकारी दिएका थिए ।

 

उनले दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क) र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) जस्ता क्षेत्रीय संगठनसँगको साझेदारी र सहकार्यबाट क्षेत्रीय समझदारी र विकास प्रवद्र्धनमा योगदान पुग्ने अभिव्यक्ति दिएका थिए ।

प्रतिक्रिया दिनुहोस
अपरिपक्व ढंगले ओली-लेखक पक्राउ गरियो : पूर्वराष्ट्रपति भण्डारी

     पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले केपी ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ...

एमाले प्रदर्शनले माइतीघर क्षेत्र तनावग्रस्त

    आफ्ना अध्यक्षको पक्राउको विरोधमा नेकपा एमालेका कार्यकर्ताले गरेको प्रदर्शनको कारण माइतीघर...

बहालवाला न्यायाधीशको अध्यक्षतामा समिति गठन गर्न एमालेको माग

    नेकपा एमालेले जेनजी आन्दोलनका घटनाबारे छानबिन गर्न छुट्टै आयोग गठनको माग...

जनसंगठनलाई सडकमा उतार्ने एमालेको निर्णय, सार्वजनिक गर्‍यो विरोधका कार्यक्रम

   नेकपा एमालेले आफ्ना अध्यक्ष पक्राउको विरोधमा जनसंगठनहरूलाई सडकमा उतार्ने निर्णय गरेको छ...