२०७६ सालको पात्रो तयार भयो , कुन चाड कहिले पर्‍यो हेर्नुहोस



हाम्रो इकोनोमि

 

 

पञ्चाङग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ। समितिको ६ दिन अघि बसेको बैठकले पात्रो तयार गरेको हो। पात्रो अनुसार २०७६ सालको दसैं असोज १२ गतेदेखि शुरु हुने छ। बिसं २०७५ सालको तुलनामा आगामी वर्षको दशै १२ दिन अघि सरेको छ। पात्रो अनुसार १८ गते फुलपाती ,१९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ।

तिहार कातिक १० गतेदेखि शुरु हुने भएको छ । १० गते लक्ष्मीपुजा, ११ गते गोवर्धन र म्ह पुजा र १२ गते भाइटीका रहेको पञ्चाङ निर्णायक समितिका अध्यक्ष प्राडा रामचन्द्र गौतमले जानकारी दिए।

 

कातिक १६ गते छठ परेको छ । बैशाख २१ गते मातातीर्थ औशी, २४ गते अक्षय तृतीया, जेठ ४ गते बुद्धजयन्ती, साउन २० गते, नागपञ्चमी ३० गते र जनैपुर्णिमा भदौ ५ गते परेको छ।

 

आगामी वर्ष भदौ ६ गते कृष्ण जन्माष्टमी र सुदुरपश्चिममा मनाइने गौरा पर्व एकै दिन परेको छ । तर सुदुरपश्चिमका मानशखण्ड पञ्चाङग निर्णायक समितिले भदौ २० गते गौरापर्व उल्लेख गरेर पात्रो सार्वजनिक गरेको समितिले जनाएको छ।

 

आगामी वर्ष गौरा पर्व कहिले मनाउने भन्ने विषयमा विवाद देखिएको छ । तर समितिका अध्यक्ष प्राडा गौतमले विद्धानहरुले महिनौ अध्ययन गरेर निकालेको साइत नै मान्य हुने दाबी गरे। ‘भदौ ६ गते गौरापर्व र कृष्णजन्माष्टमी हो, यसमा दुविधामा पर्नुपर्ने छैन,’ गौतमले भने।

 

समितिले आगामी वर्षका लागि १३ संस्थालाई पात्रो छाप्न स्विकृत दिइसकेको छ । समितिले सिद्धिलक्ष्मी, तोयानाथ, हिमाल, अठोला, तारकेश्वर, सुर्य, आकाश दर्शन, वगलामुखी, शुभ, वावा गोरखनाथ, किर्ति र सिद्धी संस्थालाई पात्रो छाप्न स्विकृत दिएको अध्यक्ष गौतमले जानकारी दिए।

 

राजधानीबाट बालिका अपहरण, ८ घण्टापछि सकुशल उद्दार

काठमाडौंको कोटेश्वर महादेवस्थानबाट अपहरणमा परेकी २ वर्षीया बालिकालाई प्रहरीले ८ घण्टापछि सकुशल उद्दार गरेको छ । अपहरणकारी भने फरार रहेका छन् ।

 

जनकपुर स्थायी घर भएकी डा. बबिता साहकी २ बर्षकी छोरी सन्दिज्ञा साह शुक्रबार बिहान ८ बजे अपहरणमा परेकी हुन् । घटनालगत्तै परिवारले प्रहरीलाई खबर गरेपछि महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी होविन्द्र बोगटीसहितको टोली खोजी कार्यमा खटिएको थियो ।

 

अपहरणकारीले बालिकालाई कोटेश्वर हुँदै जोरपाटी र जोरपाटीबाट बौद्धको जाम्बो डाँडा पुर्याएको पत्ता पाएपछि सोही अनुसार प्रहरी टोली उक्त ठाउँमा परिचालन भयो ।

 

‘अपहरणकारीले बालिकालाई अघिअघि र प्रहरी पछिपछि हुँदै अन्त्यमा अपहरणकारीले तिलगंगास्थित गणेश होटल अगाडि पुर्याए । त्यसपछि अपहरणकारीले बालिकालाई सडकमै छाडेर भागे’ काठमाडौं प्रहरी परिसरका प्रवक्ता समेत रहेका बोगटीले भने, ‘झण्डै आठ घण्टापछि बालिकालाई सकुशल उद्दार गरेका छौं । अपहरणकारीको खोजीकार्य जारी छ ।’

 

प्रहरीले अपहरणकारी जनकपुरकै मनिषकुमार गुप्ता रहेको जनाएको छ । गुप्ताले बालिकालाई किन अपहरण गरे भन्ने अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस
खामेनी शनिबार नै मारिएको पुष्टि, ४० दिन शोक घोषणा

    इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले...

नेपालमा कुनै पनि आवरणमा मिसाइलको धुँवा प्रवेश नगरोस् : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कुनै पनि आवरणमा मिसाइलको...

इरानको एक विद्यालयमा मिसाइल खस्दा १०८ जनाको मृत्यु

     अमेरिका र इजरायलले संयुक्त रुपमा दक्षिणी इरानको एक विद्यालयमा गरेको आक्रमणबाट...

इरानका सर्वोच्च नेता खामेनी मारिएको ट्रम्पको दाबी

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वोच्च नेता अली खामेनी मारिएको दाबी...